टोकियो । जापान नेपाली एकता समाजका संस्थापक सदस्य मिलन सापकोटाको नोबेम्बर ५, २०२५ का दिन जापानको ओसाकास्थित नारा केनमा ४६ वर्षको उमेरमा निधन भएको छ ।
Advertisement
सापकोटा गल्कोट नगरपालिका ९ रिष्मीमा जन्म भई नवलपरासीको देवचुली नगरपालिका १७ बसन्तपुरमा स्थायी बसोबास गर्दै आउनुभएको थियो ।
उहाँले हाल रोजगारीको शिलशिलामा जापान ओसाकाको नारा केनमा बिगत १६/१७ बर्षदेखी काम गर्दै आउनुभएको थियो । मिलनका श्रीमती र एक छोरी सँगै छन् भने दुई छोरी र एक छोरा नेपालमा रहेका छन् ।
उहाँको अन्त्येष्टि नोबेम्बर ८, २०२५ का दिन गरिने पारिवारिक श्रोतले जनाएको छ ।