• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अर्जेन्टिनाका राष्ट्रपति मिलेईको चुनावी जितपछि सुधारको वाचा


  •   सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
  • अर्जेन्टिना । अर्जेन्टिनाका राष्ट्रपति जेभियर मिलेईले आइतबार सम्पन्न मध्यावधि आमनिर्वाचनमा आफ्नो दलको ऐतिहासिक जितपछि राष्ट्रलाई ‘निर्णायक मोड’ मा पुगेको बताउँदै राज्यको आकार घटाउने र अर्थतन्त्रलाई पूर्ण रूपमा उदारीकरण गर्ने आफ्नो एजेन्डालाई अघि बढाउने वाचा गर्नुभएको छ ।

    Advertisement

    मिलेई नेतृत्वको ला लिबर्टाड अवान्जा (एलएलए) पार्टीले प्रतिनिधिसभा र सिनेटका लागि भएको निर्वाचनमा ४०.८४ प्रतिशत मत प्राप्त गर्दै ठूलो जीत हासिल गरेको छ । यसले विगतका अवरोधहरू पार गर्दै पुनरुत्थान गरेको भन्दै लगानीकर्ताहरूले यस परिणामलाई नजिकबाट हेरिरहेका थिए ।

    ५५ वर्षीय राष्ट्रपति मिलेईले ब्युेस आयर्समा आयोजित विजय समारोहमा समर्थकहरूलाई सम्बोधन गर्दै भन्नुभयो, “आज हामी एउटा निर्णायक विन्दुमा पुगेका छौँ — आजबाट महान् अर्जेन्टिनाको निर्माण सुरु भएको छ ।” उहाँले यस निर्वाचनले ‘अर्जेन्टिनाको इतिहासकै सबैभन्दा सुधारवादी संसद्’ ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेईलाई बधाई दिँदै उहाँलाई ‘अद्भुत काम गरिरहनुभएको छ’ भनेर प्रशंसा गर्नुभयो ।

    आइतबार सम्पन्न मतदानमा प्रतिनिधिसभाका आधा र सिनेटका एक तिहाइ सिटका लागि प्रतिस्पर्धा भएको थियो । मिलेईले आफ्नो दलले प्रतिनिधिसभामा सिट सङ्ख्या ३७ बाट बढाएर १०१ र सिनेटमा छ बाट बढाएर २० पुर्‍याएको बताउनुभयो ।

    दोस्रो विश्वयुद्धपछि देशको राजनीतिमा बारम्बार सत्तामा पुगेको मध्य–वामपन्थी पेरोनिस्ट आन्दोलन यस पटक ३१.६४ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो । विपक्षीहरूलाई मिलेईले भन्नुभयो, “धेरै अर्जेन्टिनीहरू पछाडि फर्कन होइन, अगाडि बढ्न चाहन्छन् ।”

    दुई वर्षअघि सत्तामा पुग्नुभएका मिलेईका लागि यो निर्वाचन उहाँको आर्थिक सुधार कार्यक्रमप्रतिको जनसमर्थनको पहिलो राष्ट्रिय परीक्षा थियो । उहाँले लामो समयदेखि सङ्कटमा परेको अर्जेन्टिनाको अर्थतन्त्रलाई ठूलो र पीडादायी सुधारमार्फत पुनर्जीवित गर्ने वाचा गर्नुभएको थियो ।

    तर मतदाताले मतदान गर्नुअघि देशको मुद्रा पेसोमाथि दबाब बढेको थियो । यो अवस्थालाई सामना गर्न राष्ट्रपति ट्रम्पको सहयोगमा ४० अर्ब डलर बराबरको अमेरिकी वित्तीय सहायता प्याकेज अर्जेन्टिनाले प्राप्त गरेको थियो । वासिङ्टनले सहयोगसँगै चेतावनी दिएको थियो—यदि मिलेईको सुधार कार्यक्रम कमजोर भयो भने सहायता सीमित हुन सक्नेछ ।

    ट्रम्पले सोमबार सञ्चारमाध्यमसँग भन्नुभयो, “राष्ट्रपति मिलेईप्रतिको हाम्रो विश्वास अर्जेन्टिनाका जनताले उचित ठहराएका छन् ।”

    ब्युनस आयर्समा एलएलएको विजय समारोहमा सयौँ समर्थकहरू नाचगान, आलिङ्गन र आँसुका साथ उत्सवमा सहभागी भएका थिए । “म अत्यन्तै उत्साहित छु, यति ठूलो समर्थनको अपेक्षा गरेको थिइनँ”, ३८ वर्षीय मार्केटिङ सल्लाहकार फाकुन्डो क्याम्पोसले भन्नुभयो, “यो खुसी अर्जेन्टिनाले जितेको अन्तिम विश्वकपको गोल जस्तै छ ।”

    ४५ वर्षीया स्वास्थ्य अधिकारी मारिया जिसस गलानले भन्नुभयो, “मिलेईको सरकारले केही सुधारका ठाउँ राखे पनि यसको ठूलो सम्भावना छ ।”

    यद्यपि चुनावअघि केही मतदाताले राष्ट्रपति मिलेईप्रति निराशा व्यक्त गरेका थिए । उहाँका नजिकका केही सल्लाहकारहरू भ्रष्टाचार घोटालामा मुछिएका थिए । तर धेरै मतदाताले पेरोनिस्ट आन्दोलनबाट टाढा रहन नै आफ्नो समर्थनको मुख्य कारण बताए ।

    यस निर्वाचनमा ६७।९ प्रतिशत मत खसेको छ । यो पछिल्ला चार दशकमा सबैभन्दा न्यून हो । यसले जनताको सम्पूर्ण राजनीतिक वर्गप्रतिको असन्तुष्टि झल्काएको विश्लेषकहरूले बताएका छन् ।

    सबैभन्दा अप्रत्याशित नतिजा ब्युनस आयर्स प्रान्तमा आएको छ । यहाँ अघिल्लो महिनाको स्थानीय निर्वाचनमा पेरोनिस्टहरूले जितेका थिए । तर यसपटक एलएलएले बलियो पुनरागमन गरेको छ ।

    “मिलेईको पार्टीलाई समर्थन गर्नु मेरो लागि उत्कृष्ट विकल्प होइन, तर म कसलाई अस्वीकार गर्न चाहन्छु भन्ने स्पष्ट छ”, ब्युनोस आयर्सकी ६९ वर्षीया पेन्सनभोगी एड्रियाना कोटोनियोले भन्नुभयो ।

    पूर्व टेलिभिजन विश्लेषक रहनुभएका मिलेईले पदभार सम्हाल्ने बित्तिकै दशौँ हजार सार्वजनिक क्षेत्रका रोजगारी कटौती गर्नुभयो, सार्वजनिक निर्माण योजनाहरू रोक्नुभयो, स्वास्थ्य, शिक्षा र पेन्सन खर्च घटाउनुभयो र देशव्यापी नियन्त्रणमुक्त सुधार अभियान अघि बढाउनुभयो ।

    आरम्भमा यी सुधारहरूका कारण लाखौँ नागरिक गरिबीमा धकेलिएको आरोप लागेको थियो तर मुद्रास्फीति दुई तिहाइले घटेपछि धेरैले राहत महसुस गर्न थालेका छन् । तथापि, आर्थिक वृद्धि सुस्त रहँदा उपभोग र उत्पादन मूल्यहरूमा सुधार देखिएको छैन ।

    गत महिना लगानीकर्ताहरूले अर्जेन्टिनाको पेसो बेच्न थालेपछि अमेरिकी प्रशासनले बजारमा हस्तक्षेप गर्दै मुद्रा सन्तुलन कायम गर्न सहयोग पुर्‍याएको थियो ।

    चुनावअघि, सरकारले पेसोको अवमूल्यन हुने आशङ्का चर्किएको थियो, तर अर्थमन्त्री लुइस क्यापुटोले मतदानको पूर्वसन्ध्यामा ती अड्कलबाजी अस्वीकार गर्दै भन्नुभयो, “सोमबार अर्को साधारण दिन मात्र हुनेछ । आर्थिक कार्यक्रम वा विनिमय दर प्रणालीमा कुनै परिवर्तन हुने छैन ।”

    अप्रिलमा तय गरिएको पेसो–डलर विनिमय दर ब्यान्ड यथावत् राख्ने सरकारको निर्णयले लगानीकर्तालाई केही स्थायित्वको सन्देश दिएको छ ।

    सोमबार, कार्तिक १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.