काठमाडौँ । किष्ट अस्पताल तनाव ग्रस्त बनेको छ ।
Advertisement
बिरामीको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको हो ।
मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्। प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ ।
घटना कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।
आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए ।