कालाआम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कालाआम्ब नगरको आयोजनमा देउसीभैलो समिक्षा कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम अक्टुबर २६, २०२५ का दिन केन्द्रीय सदस्य खिमराज चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न पारिएको हो ।
Advertisement
चालिसेले सभालाई सम्वोधन गर्दै तिहारमा खेलिने देउसीभैलोको महत्व बारे प्रकाश पार्नु भएको थियो । सभालाई राधिका कंवरले पनि सम्वोधन गर्नु भएको थियो ।
कार्यक्रम सरिता खत्रीको संचालनमा तथा नगर अध्यक्ष बलराज काल्चेको अध्यक्षतामा सम्पन्न भएको हो ।
हालसालै स्थापना गरिएको नगर समितिले यस वर्षको दिपावलीमा व्यापक नेपाली जनजनका घरमा देउसीभैलो पुर्याएको थियो ।
