हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा देउसीभैलो कार्यक्रम सम्पन्न पारिएको छ । कार्यक्रम अक्टोबर २६, २०२५ का दिन मध्य दक्षिण क्षेत्रीय समितिद्वारा संचालित उत्तर, मध्य र दक्षिण हैदराबाद नगर समितिको संयुक्त आयोजनामा सम्पन पारिएको हो ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजक्ँ केन्द्रीय अध्यक्ष प्रेम पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै केन्द्रीय सदस्य रतन सिंह बिक, कृष्ण बहादुर थापा, भिम बहादुर थापा, मध्य दक्षिण क्षेत्रीय समितिका कार्यवाहक अध्यक्ष खिम बहादुर बिक, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य राजु दुलाल, क्षेत्रीय सदस्य तथा क्षेत्रीय महिलाकी विभाग संयोजक पुष्पा पौडेल, क्षेत्रीय सदस्य तथा क्षेत्रीय रक्तिम विभागका संयोजक माया थापाले पनि अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
प्रमुख अतिथि प्रेम पौडेलले दिप प्रज्वलित गरी तालिका गढगढाहटका साथ कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पौडेलले सो सन्दर्भमा अगाडि बोल्दै देउसीभैलोको महत्व र भारत प्रवासमा नेपालीहरूको आफ्नो कला संस्कृति रितिरिवाजको जगेर्ना गर्नुका साथसाथै देउसीभैलोले नेपालको जनवादी आन्दोलनमा पुगेको सहयोगको बारे प्रष्ट्याउनु भएको थियो ।
अन्य अतिथिहरूले पनि देउसीभैलोको औचित्यताको बारेमा प्रष्ट्याउनुको साथै कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रम सुर्य बहादुर थापाको अध्यक्षत, तिलक रानाको सञ्चालन र उपस्थित जनमानसलाई शशि थापा र रक्तिमका कलाकार स्वागत गरिएको थियो ।
रक्तिम कलाकारहरूद्वारा भव्य रुपमा प्रगतिशील भैलो प्रदर्शनका साथै प्रगतिशील गित र नृत्यहरु प्रस्तुत गरिएको थियो ।