• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

१४ वर्षपछि पूर्वी टिमोर आसियानको ११औँ सदस्य राष्ट्रको रूपमा सामेल


  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • क्वालालम्पुर । पूर्वी टिमोर १४ वर्ष लामो प्रतीक्षा र अभियानपछि आइतबार दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) को ११औँ सदस्य राष्ट्रका रूपमा औपचारिक रूपमा सामेल भएको छ ।

    Advertisement

    पूर्वी टिमोरका प्रधानमन्त्री जानाना गुस्माओ मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित आसियान शिखर सम्मेलन र हस्ताक्षर समारोहमा सहभागी हुनुभयो । उहाँले अन्य आसियान नेताहरूसँग एकताको प्रतीकस्वरूप हात जोडेर सामूहिक तस्बिर खिचाउनुभयो ।

    “यो केवल एउटा सपना साकार भएको होइन, यो हाम्रो लचिलोपन, दृढता र आशाले भरिएको यात्राको शक्तिशाली पुष्टि हो”, समारोहमा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “यो अन्त्य होइन, यो हाम्रो राष्ट्रिय यात्राको नयाँ र प्रेरणादायी अध्यायको सुरुआत हो ।”

    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले पूर्वी टिमोरको सदस्यतालाई ‘आसियान परिवारको पूर्णता’ भनेर व्याख्या गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी टिमोरको यस समावेशले हाम्रो साझा भाग्य र क्षेत्रीय सम्बन्धको गहिरो भावनालाई पुनः पुष्टि गरेको छ । यस समुदायभित्र टिमोर–लेस्टेको विकास र यसको रणनीतिक स्वायत्तताले दृढ र स्थायी समर्थन पाउनेछ ।” हाल आसियानको अध्यक्षता मलेसियाले गरिरहेको छ ।

    पोर्तुगाली नाम टिमोर–लेस्टे पनि भनिने पूर्वी टिमोर दक्षिणपूर्वी एशियाको सबैभन्दा कान्छो देश हो । यसले २४ वर्षको इन्डोनेसियाली कब्जापछि सन् २००२ मा स्वतन्त्रता प्राप्त गरेको थियो ।

    देशका राष्ट्रपति जोस रामोस–होर्टाले आसियान सदस्यताका लागि लामो समयदेखि प्रयास गर्दै आउनुभएको थियो । उहाँको पहिलो कार्यकालमा सन् २०११ मा पहिलो पटक सदस्यताको औपचारिक आवेदन पेस गरिएको थियो । अब १४ वर्षपछि त्यो प्रयास सफल भएको हो ।

    पूर्वी टिमोरको सदस्यतालाई मलेसियाको आसियान अध्यक्षताकालको प्रमुख उपलब्धि मानिएको छ । यसअघि सन् २०२२ मा टिमोर–लेस्टेलाई क्षेत्रीय निकायमा पर्यवेक्षकको दर्जा दिइएको थियो, तर पूर्ण सदस्यता पाउन ढिलाइका कारणहरू विविध रहे । आर्थिक, पूर्वाधार र मानव स्रोतसम्बन्धी चुनौतीहरू प्रमुख थिए ।

    देश अझै पनि उच्च बेरोजगारी, गरिबी, कुपोषण र सामाजिक असमानताको समस्याबाट जुधिरहेको छ । यसको अर्थतन्त्र अत्यधिक रूपमा तेलमा निर्भर रहेको छ र अन्य क्षेत्रहरूमा विविधीकरण कमजोर छ । यस कारण कतिपय विश्लेषकहरूले आसियानको विकास एजेन्डामा टिमोर–लेस्टेले प्रभावकारी भूमिका खेल्न सक्ने क्षमतामाथि प्रश्न उठाएका छन् ।

    पूर्वाधार निर्माण, शिक्षाको स्तर र प्राविधिक जनशक्तिको अभावलाई पनि प्रमुख चुनौतीका रूपमा हेरिएको छ । यी क्षेत्रहरूमा सुधार नगरेसम्म आसियानको आर्थिक समुदायमा पूर्ण सहभागिता कठिन हुने विज्ञहरूको धारणा छ ।

    गत सेप्टेम्बरमा देशमा जनआन्दोलन समेत भड्किएको थियो । हजारौँ विद्यार्थी र युवा प्रदर्शनकारीहरूले संसद्का ६५ जना सदस्यका लागि टोयोटा प्राडो एसयुभी किन्ने र पूर्व सांसदहरूलाई आजीवन पेन्सन दिने योजना विरुद्ध सडकमा उत्रिएका थिए । दुई दिनसम्म चलेको प्रदर्शनपछि संसद्ले उक्त निर्णय रद्द गर्न बाध्य भएको थियो ।

    त्यसपछि पनि सांसदहरूको पेन्सन योजनाप्रति व्यापक जनआक्रोश देखिएको थियो, जसले जनमतको दबाबमा संसद्लाई पुनर्विचार गर्न बाध्य बनायो ।

    आसियान सन् १९६७ मा पाँच देश—इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्यान्डबाट सुरु भएको संगठन हो । विस्तार हुँदै जाँदा हालसम्म १० देश सदस्य रहेका थिए । सन् १९९९ मा कम्बोडिया यस क्षेत्रीय समूहमा अन्तिमपटक सामेल भएको थियो र अब २०२५ मा पूर्वी टिमोरको प्रवेशसँगै आसियान ११ सदस्यीय बनेको छ ।

    पूर्वी टिमोरको यो प्रवेश केवल क्षेत्रीय एकताको दृष्टिले मात्र नभई, ऐतिहासिक रूपमा पनि महत्वपूर्ण मानिएको छ—किनभने यसले दक्षिणपूर्वी एसियाको भू–राजनीतिक नक्सा पूर्ण बनाएको छ ।

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.