• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

जापानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति पुर्‍याउन नयाँ कार्गो यान सफलतापूर्वक प्रक्षेपण


  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • टोकियो । जापानको अन्तरिक्ष एजेन्सीले आइतबार आफ्नो सबैभन्दा शक्तिशाली फ्ल्यागशिप एच–३ रकेटको सफल प्रक्षेपण गरेको छ । यसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आपूर्ति पुर्‍याउने पहिलो मिसनका लागि नवीनतम मानव रहित कार्गो अन्तरिक्ष यान एचटिभी–एक्स–१ बोकेको  छ ।

    Advertisement

    जापान एरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) ले एचटिभी–एक्स–१ सफलतापूर्वक उडान भरेको पुष्टि गर्दै जापानको दक्षिणी क्षेत्रमा अवस्थित तानेगासिमा अन्तरिक्ष केन्द्रबाट गरिएको प्रक्षेपणको करिब १४ मिनेटपछि रकेट लक्षित कक्षामा प्रवेश गरेको जनाएको छ । यानलाई योजनाबद्ध रूपमा अलग गरी निर्धारित कक्षामा स्थिर राखिएको र यदि सबै कुरा योजना अनुसार भयो भने केही दिनभित्रै आइएसएसमा पुग्ने अपेक्षा गरिएको छ ।

    हाल आइएसएसमा कार्यरत जापानी अन्तरिक्ष यात्री किमिया युईले यसलाई बिहीबार बिहान रोबोटिक हातद्वारा समात्ने तयारी गरिरहनुभएको छ ।

    एचटिभी–एक्स, जाक्साको अघिल्लो मानव रहित एच–२ ट्रान्सफर भेहिकल (कनोटोरी वा ‘स्टर्क’) को उत्तराधिकारी हो । यसले सन् २००९ देखि सन् २०२० सम्म आइएसएसमा नौ सफल मिसन पूरा गरेको थियो । नयाँ कार्गो यानले अघिल्लाभन्दा ठूलो पेलोड बोक्न सक्षम छ र कम तापक्रममा भण्डारण आवश्यक पर्ने प्रयोगशाला नमूनाहरू समेत सुरक्षित रूपमा पठाउन सक्छ ।

    यो अन्तरिक्ष यान आइएसएसमा छ महिनासम्म जडान रहन र आवश्यक आपूर्ति पुर्‍याएपछि स्टेसनबाट फोहोर पुनः ल्याउन डिजाइन गरिएको छ । मिसन पूरा भएपछि यसले करिब तीन महिनासम्म कक्षीय उडानमा रहँदै प्राविधिक अनुसन्धान गर्नेछ ।

    आइतबारको सफल प्रक्षेपणले एच–३ रकेटको सबैभन्दा शक्तिशाली संस्करणको डेब्यू पनि संकेत गरेको छ, जसमा चारवटा बुस्टर र ठूलो फेयरिङ (पेलोड कम्पार्टमेन्ट) प्रयोग गरिएको छ । जाक्साका अध्यक्ष हिरोशी यामाकावाले यस प्रक्षेपणलाई ‘अन्तरिक्ष आपूर्तिमा जापानको स्वतन्त्र क्षमताको प्रतीकात्मक ठूलो उपलब्धि’ भन्दै ‘स्वायत्त अन्तरिक्ष गतिविधिको ठोस आधार’ का रूपमा वर्णन गर्नुभएको छ ।

    एच–३ रकेटको विकास तथा सञ्चालनमा जिम्मेवारी वहन गर्ने मित्सुबिसी हेभी इन्डस्ट्रिजका अन्तरिक्ष व्यवसाय विभाग प्रमुख इवाओ इगाराशीले जापानले ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै समयमै पेलोड डेलिभरी गर्ने आफ्नो विश्वसनीयता प्रमाणित गरेको बताउनुभयो । उहाँका अनुसार कम्पनीले आगामी वर्षहरूमा आफ्नो प्रक्षेपण सुविधा विस्तार गर्ने योजना बनाएको छ ।

    एच–३ रकेटले हालै मात्र अन्तिम उडान सम्पन्न गरेको जापानको पुरानो मुख्य एच–२ए रकेटलाई प्रतिस्थापन गरेको हो । नयाँ फ्ल्यागशिप मोडेल विश्वव्यापी अन्तरिक्ष बजारमा अधिक लागत–प्रतिस्पर्धी बन्नका लागि डिजाइन गरिएको हो । सन् २०२३ मा पहिलो प्रयास असफल भएपछि एच–३ ले लगातार छ सफल उडान पूरा गरेको छ ।

    जापानले आफ्नो अन्तरिक्ष कार्यक्रमलाई राष्ट्रिय सुरक्षाको प्रमुख आधार मान्दै स्थिर र व्यावसायिक रूपमा प्रतिस्पर्धी अन्तरिक्ष यातायात क्षमताको विकासलाई दीर्घकालीन प्राथमिकता दिएको छ ।

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.