बाग्लुङ । बाग्लुङको ढोरपाटन नगरपालिका ९ फल्लेघरमा आइतबार बिहान गाडी दुर्घटना भएको छ ।
Advertisement
ढोरपाटन उपत्यका घुमेर फर्कने क्रममा लु ३ च ६८४७ नम्बरको स्कारपीयो जिप दुर्घटना हुँदा सवार दुईजना सामान्य घाइते भएको स्थानीय प्रशासनले बताएको छ । प्रशासनको अनुसार घाइतेको पहिचान खुलेको छैन ।
प्रशासनका अनुसार प्युठान हुँदै ढोरपाटन घुम्न आएको टोली ढोरपाटन घुमेर फर्कने क्रममा दुर्घटनामा परेको हो ।
जिपमा राष्ट्रिय गुठि संस्थानका अध्यक्ष, नेपाल सरकारका दुई जना सह सचिव सहितको टोली रहेको स्थानीय बिरबहादुर विश्वकर्माले बताउनु भएको छ ।
घटनाको विषयमा जानकारी प्राप्त भएसंगै थप अनुसन्धान र उद्धारका निम्ती प्रहरी टोली घटना स्थलमा गइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । जीप सालझण्डी ढोरपाटन सडकमा पल्टिएको हो ।