खिमराज चालिसे
चंडीगढ । भारतको हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको देउसीभैलो कार्यक्रम २२ अक्टुबर २०२५ का दिन भव्यरुपमा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घघाटन प्रमुख अतिथी मूल प्रवाह केन्द्रीय सदस्य एवं क्षेत्रीय अध्यक्ष तारा सोमरेले दिप प्रज्वलित गरि गर्नु भएको थियो।
प्रमुख अतिथि सोमरेले समारोहलाई सम्वोधन गर्दै– तिहार पारिवारिक रुपमा बहिनी र दाजुभाइको स्नेह, मिलन र सामाजिकरुपमा सदभाव अभिवृद्धिको चाड हो। दिपको उज्यालो संगै तिहारको देउसीभैलोले एकता सामाजिक सद्भाव र पुनर्मिलनको सन्देस प्रवाह गर्ने पर्व रहेको बताउनु भयो । सोमरेले यस्तो खुसीको पर्वको सांस्कृतिक पक्षको जगेर्ना गर्दै प्रगतिशील रुपांतरण अनिवार्य रहेको बताउनु भयो ।
कार्यक्रममा मूल प्रवाहका क्षेत्रीय सदस्य सुरेश क्षेत्री, महिला क्षेत्रीय सदस्यहरू सेती राना, चन्द्रा सोमरे, सीता पोख्रेल र कमला बगाले, सांस्कृतिक विभागका क्षेत्रीय सदस्य योगेन्द्र दर्लामी, सिटि एरिया ए का बिष्णु जिसी, सिटि बि एरियाका मन बहादुर घर्ती मगर, इन्ड्रष्ट्रीयल एरियाका रामु भुर्तेल, सांस्कृतिक बिभागका दिपा लम्तरी लगाएतको आतिथ्यता रहेको थियो ।
समारोहमा देउसीभैलो खेल्ने र मौलिक तथा प्रगतिशील गित तथा नृत्य प्रस्तुत भएको थियो । कार्यक्रममा सांस्कृतिक नगर विभागका कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो।
कार्यक्रममा नगर सचिव नारायण बिकको संचालन तथा बाबुराम पोख्रेलको अध्यक्षता एवं नन्द बहादुर लम्तरीको स्वागत मनतव्य रहेको थियो ।

