• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

गाजामा मानवीय सहायताबारे इजरायलमाथि संयुक्त राष्ट्रसङ्घको शीर्ष अदालतको फैसला आज


  •   बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
  • हेग । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे) ले बुधबार इजरायलको गाजामा मानवीय सहायता उपलब्ध गराउने दायित्वबारे ऐतिहासिक फैसला सुनाउँदैछ । गाजामा युद्धविरामपछि विभिन्न सहायता निकायहरूले राहत पुर्याउने प्रयास तीव्र पारेको बेला यो फैसला आउँदैछ ।

    Advertisement

    हेगस्थित आइसिजेसामु इजरायलले प्यालेस्टिनी जनताका लागि आवश्यक आपूर्ति र मानवीय सहायता सुनिश्चित गर्नुपर्ने कर्तव्यबारे सल्लाहकार राय माग गरिएको हो । संयुक्त राष्ट्रसङ्घले अदालतलाई कब्जा गर्ने शक्तिका रूपमा इजरायलले सहायता प्रवाह र आवश्यक सामग्रीको अवरोध हटाउने दायित्व स्पष्ट पार्न अनुरोध गरेको छ ।

    यो राय कानूनी रूपमा बाध्यकारी नभए पनि अदालतले यसलाई ‘गहिरो कानूनी प्रभाव र नैतिक अधिकार’ भएको बताएको छ । आइसिजेका न्यायाधीशहरूले गत अप्रिलमा विभिन्न देश र संस्थाबाट एक हप्तासम्म प्रमाण सुनेका थिए, जसको केन्द्रमा संयुक्त राष्ट्रसङ्घीय राहत एजेन्सी युएनआरडब्लुएको भूमिका रहेको थियो ।

    इजरायलले उक्त सुनुवाइमा भाग नलिए पनि विदेशमन्त्री गिदोन सारले त्यसलाई ‘इजरायलविरुद्धको व्यवस्थित उत्पीडन र वैधानिकतामाथिको आक्रमणको हिस्सा’ भनेर वर्णन गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “यो मुद्दा इजरायलको होइन, यो संयुक्त राष्ट्रसङ्घ र युएनआरडब्लुएको हो ।”

    इजरायलले सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणमा केही युएनआरडब्लुए कर्मचारी संलग्न भएको आरोप लगाउँदै उक्त एजेन्सीको इजरायली भूमिमा गतिविधि प्रतिबन्धित गरेको थियो । त्यसपछि फ्रान्सका पूर्व विदेशमन्त्री क्याथरिन कोलोनाको नेतृत्वमा गरिएको अनुसन्धानले केही ‘तटस्थता–सम्बन्धी समस्या’ फेला पार्‍यो । तर सन् २०२४ अप्रिलको रिपोर्टअनुसार इजरायलले ‘युएनआरडब्लुएको ठूलो सङ्ख्याका कर्मचारी आतङ्कवादी समूहका सदस्य हुन्’ भन्ने आरोपलाई पुष्टि गर्ने पर्याप्त प्रमाण प्रस्तुत गर्न सकेको थिएन ।

    आइसिजे सुनुवाइमा एक अमेरिकी अधिकारीले युएनआरडब्लुएको निष्पक्षता र हमाससँगको सम्भावित सम्बन्धबारे गम्भीर चिन्ता व्यक्त गरे ।

    अमेरिकी प्रतिनिधि जोश सिमन्सले भन्नुभयो, “इजरायलको दायित्व युएनआरडब्लुएलाई विशेष रूपमा मानवीय सहायता पुर्‍याउन अनुमति दिनु होइन ।” उहाँले गाजामा सहायता पुर्‍याउने अन्य माध्यमहरू पनि उपलब्ध रहेको तर्क गर्नुभयो ।

    प्यालेस्टिनी अधिकारी अम्मार हिजाजीले अदालतमा इजरायलले सहायता रोक्दै ‘भोकमरीलाई युद्धको हतियार’ का रूपमा प्रयोग गरिरहेको बताउनुभएको थियो ।

    युएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले आफ्नो एजेन्सीलाई करिब ६० लाख प्यालेस्टिनी शरणार्थीका लागि ‘जीवनरेखा’ का रूपमा वर्णन गर्नुभएको छ । एजेन्सीका करिब १२ हजार कर्मचारी अहिले पनि गाजामा कार्यरत छन् र हालैको युद्धविरामपछि पुनर्निर्माणमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएका छन् । युद्ध सुरु भएदेखि ३७० भन्दा बढी युएनआरडब्लुए कर्मचारी मारिएको एजेन्सीले जनाएको छ ।

    आइसिजेको निर्णयको पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी० का मध्यपूर्व प्रवक्ता अबीर एटेफाले युद्धविरामपछि ५३० ट्रक गाजामा प्रवेश गरेको जानकारी दिनुभयो । ती ट्रकहरूले करिब छ हजार ७०० टन खाद्यान्न पुर्याएका थिए । यो दुई हप्ताका लागि झण्डै पाँच लाख जनाका लागि पर्याप्त हुने बताइएको छ । उहाँका अनुसार अहिले दैनिक करिब ७५० टन राहत सामग्री गाजामा पुग्दैछ, जुन युद्धविरामअघि भन्दा बढी भए पनि डब्लुएफपीको दैनिक दुई हजार टनको लक्ष्यभन्दा अझै धेरै कम छ ।

    इजरायलले गाजामा आफ्नो सैन्य अभियानका कारण अन्तर्राष्ट्रिय कानूनअन्तर्गत अनेकौँ मुद्दाको सामना गरिरहेको छ । सन् २०२४ जुलाईमा आइसिजेको अर्को सल्लाहकार रायले इजरायलद्वारा प्यालेस्टिनी भूमिको कब्जा ‘अवैध’ भएको र सकेसम्म छिटो अन्त्य हुनुपर्ने निष्कर्ष दिएको थियो ।

    अदालत हाल दक्षिण अफ्रिकाले दर्ता गरेको मुद्दा पनि हेर्दैछ । उक्त मुद्दामा इजरायलले गाजामा गरेको कार्यले सन् १९४८ को संयुक्त राष्ट्रसङ्घीय नरसंहार महासन्धिको उल्लङ्घन गरेको छ भनिएको छ ।

    यसबीच, हेगको अर्को अदालत अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका कमान्डर मोहम्मद देइफविरुद्ध युद्ध अपराध र मानवता विरोधी अपराधका अभियोगमा गिरफ्तारी वारेन्ट जारी गरेको छ । इजरायलले देइफ युद्धको प्रारम्भमा आफ्नै हवाई आक्रमणमा मारिएको दाबी गरेको छ ।

    बुधबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.