• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चीनको आरोप– अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गर्‍यो


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • बेइजिङ ।  जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ ।

    Advertisement

    चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको वक्तव्यमा यस आक्रमणले देशको नेटवर्क सञ्चार, वित्तीय प्रणाली र विद्युत् आपूर्तिमा समेत अवरोध पुर्‍याउने सम्भावना रहेको उल्लेख छ ।

    मन्त्रालयका अनुसार सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन ब्रान्डको सन्देश सेवामा रहेको कमजोरीको फाइदा उठाई राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीहरूको उपकरणबाट संवेदनशील सूचना चोरी गरेको थियो । तर मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन ।

    त्यसैगरी एनएसएले केन्द्रका विभिन्न आन्तरिक नेटवर्क प्रणालीहरूलाई लक्षित गर्दै ४२ प्रकारका ‘विशेष साइबर हतियार’ प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म एक प्रमुख समय प्रणालीमा घुसपैठ गर्ने प्रयाससमेत गरेको चीनको भनाइ छ । उक्त जानकारी मन्त्रालयले चिनियाँ सामाजिक सञ्जाल विच्याटमा प्रकाशित गरेको थियो ।

    वक्तव्यमा मन्त्रालयले आफूसँग प्रमाण रहेको दाबी गरे पनि ती प्रमाणहरू पोस्टमा सार्वजनिक गरिएको छैन । चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र रक्षा जस्ता प्रमुख क्षेत्रमा समय मापन तथा वितरण सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयले जोखिम न्यूनीकरणका लागि केन्द्रलाई विशेष सावधानी अपनाउन निर्देशन दिएको जनाएको छ ।

    “अमेरिकाले अरूलाई निरन्तर दोष लगाउँदै आफ्नै कार्यलाई ढाकछोप गर्न खोज्दै आएको छ । उसले बारम्बार चीनमाथि साइबर आक्रमणका झूट्टा आरोपहरू लगाइरहेको छ”, मन्त्रालयको वक्तव्यमा भनिएको छ ।

    यसअघि पनि पश्चिमी मुलुकहरूले चीनसँग सम्बन्धित ह्याकरहरूले सरकारी निकाय, सञ्चार माध्यम, व्यापारिक संस्था तथा अन्य संवेदनशील क्षेत्रहरूमा आक्रमण गरेको दाबी गर्दै आएका छन् । तर यसपटक चीनको वक्तव्यले व्यापार, प्रविधि र ताइवानसम्बन्धी विवादमा वासिङ्टन र बेइजिङबीचको तनाव अझ तीव्र बनाउन सक्ने सङ्केत देखाएको छ ।

    अमेरिकी दूतावासले भने चीनको यो आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।

    चिनियाँ वक्तव्यले अमेरिकालाई नै विश्वभर साइबर आक्रमणको सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा चित्रित गरेको छ ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.