लोकेन्द्र पौडेल, चेन्नै ।
Advertisement
बैङ्गलोर उत्तरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील देउसीभैलो सम्पन्न भएको छ ।
दक्षिण भारत क्षेत्रीय सदस्य धर्म पहरीको प्रमुख आतिथ्यमा अक्टोबर १९, २०२५ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थी विभाग केन्द्रीय समितिका सन्तोषकुमार पहरी, क्षेत्रीय महिला विभागकी दुरा पहरी र नगर समितिका सदस्य निर्मला दाहालको आतिथ्य रहेको थियो ।
नगर समितिका अध्यक्ष ओमबहादुर दाहालको अध्यक्षता तथा सचिव तिलक केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा नगर सदस्य सीता कुँवरले शब्दबाट र सांस्कृतिक विभागका कलाकारले गीतसङ्गीतको माध्यमबाट स्वागत गर्नुभएको थियो ।