काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य ५ रुपैयाँ र डिजेलको मूल्य २ रुपैयाँ बढाएको हो ।
Advertisement
अब काठमाडौंमा पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ भने डिजेलको मूल्य ८७ रुपैयाँ पुगेको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।
