• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

“हमासले हतियार नछाडेसम्म गाजाको युद्ध समाप्त हुँदैन”


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • गाजा सिटी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेटन्याहुले शनिबार एक सार्वजनिक वक्तव्यमा गाजामा जारी द्वन्द्वको अन्त्य हमासको निशस्त्रीकरण र गाजा क्षेत्रको असैनिकरण नभएसम्म सम्भव नहुने बताउनुभएको छ ।

    Advertisement

    उक्त टिप्पणी अमेरिकी मध्यस्थतामा भएको युद्धविराम सम्झौता कार्यान्वयनको क्रममा आएको हो, जस अन्तर्गत हमासले दुईजना इजरायली बन्धकका अवशेष फिर्ता गरेको छ ।

    प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अनुसार, ती शवहरू रेडक्रसको टोलीले ग्रहण गरी इजरायली सेनालाई हस्तान्तरण गरिएको हो । त्यसपछि ती अवशेषहरूको पहिचानका लागि इजरायल लैजाने तयारी गरिएको छ ।

    युद्धविराम कार्यान्वयनमा चुनौती

    युद्धविरामको पहिलो चरण कार्यान्वयन भइरहे पनि बाँकी शवहरूको फिर्ती प्रक्रिया ढिलो हुँदै गएको छ । इजरायलले राफा नाका खोल्ने निर्णय शव फिर्तीमा भएको प्रगतिसँग जोडेको छ ।

    नेटन्याहुले भन्नुभयो,“युद्ध अन्त्यका लागि दोस्रो चरण पूर्णरूपमा कार्यान्वयन हुनु आवश्यक छ । यसमा हमासले हतियार छोड्नु र गाजालाई असैन्य बनाउनु अनिवार्य छ । यो प्रक्रिया सहज या जटिल जुनसुकै भए पनि, सम्पन्न गरिनेछ ।”

    राफा नाका बन्द

    इजरायली प्रधानमन्त्रीको कार्यालयले राफा नाका अर्को सूचना नभएसम्म बन्द नै राखिने जनाएको छ ।

    “हमासले बाँकी बन्धकहरूको शव फिर्ता गर्ने र सम्झौताका अन्य बुँदाहरू कार्यान्वयन गर्ने कुराको आधारमा मात्र नाका खोल्ने निर्णय गरिनेछ,” वक्तव्यमा उल्लेख गरिएको छ ।

    हमासले भने नाका बन्द रहनुले शवको खोजी र हस्तान्तरणमा ढिलाइ गराउने भन्दै चिन्ता व्यक्त गरेको छ ।

    मानवीय अवस्थाको गम्भीरता

    संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता संयोजक टम फ्लेचर शनिबार गाजाको उत्तर क्षेत्रमा पुगेका थिए । उहाँले भन्नुभयो,“यस क्षेत्रमा पुगेपछि देखिएको विनाश हृदयविदारक छ । यो क्षेत्र लगभग पूर्ण रूपमा उजाड भइसकेको छ ।”

    उहाँले बताए अनुसार, युएन र अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी ६० दिनमा दैनिक एक लाखभन्दा बढी भोजन वितरण गर्ने, स्वास्थ्य सेवा पुनः सञ्चालन गर्ने, बालबालिकालाई विद्यालय फर्काउने,हिउँदको लागि अस्थायी टेन्टहरू उपलब्ध गराउने योजनामा काम गरिरहेका छन् ।

    हिंसा अझै जारी

    गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार शनिबार इजरायली ट्यांक आक्रमणबाट शाबान परिवारका (जना सदस्य ९२ पुरुष, ३ महिला, ४ बालबालिका) को मृत्यु भएको छ । अस्पतालमा आफ्ना परिवारजनको शोकमा डुबेकी उम मोहम्मद शाबानले भन्नुभयो,

    “मेरो छोरी, श्रीमान् र बच्चाहरू सबै मरे । तिनीहरूले के गल्ती गरेका थिएरु” इजरायली सेनाले भने उक्त सवारी ‘सुरक्षा रेखा नजिक आएको’ भन्दै कारबाही गरिएको जनाएको छ, तर क्षतिको विस्तृत विवरण भने दिएको छैन ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो
    जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान
    सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष
    भृकुटी सहकारीको साधारणसभा (फोटासहित)
    चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)
    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.