• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

दलाई लामा, खम्पा विद्रोह र वाङदी अप्रेसन


  •   सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
  • केरसिंह अदै ##

    Advertisement

    गत भदौ २३ र २४ गतेको जेएनजी आन्दोलनको बारेमा धेरै टीकाटिप्पणी भएका छन् । एकपछि अर्को गर्दै रहस्य खुल्दै गएको छ । यसमध्ये एउटाको तिब्बती मूलका नागरिकको जेएनजी आन्दोलनमा सहभागिता, त्यस क्रममा आन्दोलनमा पेस्तोल, खुकुरी, भाला बोकेर अराजक गतिविधि गरेको, कालो टिसर्टमा टी.ओ.बी. अर्थात् “तिबतियन ओर्जिनल ब्लड” लेखिएको लगाएका, हामीलाई हाम्रो देश चाहियोसम्म भनेका हुन्छन् । यस विषयमा बुझ्नका लागि दलाई लामाको बारेमा बुझ्नुपर्ने हुन् ।

    दलाई लामा चीनको एउटा धार्मिक उपाधि हो । पञ्चेन लामाको पनि धार्मिक परम्परा छ । धार्मिक विधिअनुसार पन्चेन लामा तयार गरिन्छ भने तिनै पन्चेन लामाले दलाई लामा नियुक्त गरी आधिकारिक र धार्मिक संस्कार सम्पन्न गर्दछन् । यो परम्परा चीनमा छ ।

    सन् १९४९ मा चीनमा माओत्सेतुङको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यति बेला तिब्बत स्वतन्त्र थियो । सन् १९५१ मा दलाई लामा र पञ्चेन लामाले चीनको केन्द्रीय सरकारसित सम्झौता गरे । सम्झौताअनुसार दलाई लामा तिब्बत स्थानीय सरकारको अध्यक्ष र राष्ट्रिय जनकङ्ग्रेसको स्थायी समितिको उपाध्यक्ष बनेका थिए भने पन्चेन लामा जनकङ्ग्रेसको स्थायी समिति सदस्य बनेका थिए तर सन् १९५९ मा दलाई लामाले पश्चिमा साम्राज्यवादीको इसारामा सशस्त्र विद्रोह गरे । उनको विद्रोहलाई भारतले स्वागत गर्‍यो । त्यति बेलादेखि उनी भारतमा बसेर स्वतन्त्र तिब्बतको गतिविधि गर्दै आएका छन् ।

    सन् १९५९ मा तिब्बतमाथि चीनले कब्जा जमायो । दलाई लामासहित केही तिब्बतीयन भुटान, भारत र नेपालको उत्तरी सीमाक्षेत्रमा शरणार्थीको रूपमा आए । नेपालमा रहेका तिब्बती शरणार्थी तिब्बतलाई मुक्त गर्न चिनियाँ सेनासँग छापामार युद्ध सञ्चालन गरे । वाङदीको नेतृत्वमा गठन भएको छापामार समूहलाई पश्चिमा मुलुकबाट मानवीय सहयोगका अतिरिक्त हातहतियारसमेत प्राप्त हुन्थ्यो ।

    यस्तो स्थितिमा चीनले नेपालमाथि सैनिक हस्तक्षेप गर्ने अवस्था आएको थियो । तिब्बतीयन छापामारले नेपालमा सेना, प्रहरीको हातहतियार खोस्ने, लुटपाट गर्ने, बलात्कार गर्ने, आतङ्क सिर्जना गरेका थिए । यिनीहरूलाई नियन्त्रण गर्न शाही सेना र प्रहरीको संयुक्त टोलीको प्रयासमा कारबाही सुरु भएको थियो । २०२८ सालमा दार्चुलामा तिब्बतीयन शरणार्थीका कमान्डर वाङदी मारिएका थिए । केही छापामार पक्राउ परेका थिए । केही भागेका थिए । त्यसपछि तिब्बती शरणार्थीलाई नेपाल–चीन सीमाक्षेत्रबाट हटाई काठमाडौँ–पोखरा सार्ने र उनीहरूलाई निशस्त्र पार्ने काम भएको थियो । यसलाई खम्पा विद्रोह भनिन्छ ।

    दलाई लामा अहिलेसम्म भारतमा भारतकै रेखदेखमा छन् । उनको स्वतन्त्र तिब्बत गतिविधिलाई भारत र अमेरिकाले आआफ्ना स्वार्थ पूरा गर्न काँधमा बन्दुक राखेका छन् । अमेरिकाले चीनलाई कमजोर पार्न, घेर्न फ्री तिब्बत गतिविधि, तिब्बतीयन शरणार्थी, तिब्बतीयन विद्यार्थीलाई सहयोग गर्दै आइरहेको छ । अमेरिकाको सिआइए, बारबरा फाउन्डेसन, हामी नेपाल नामक संस्थाद्वारा भित्री रूपमा स्वतन्त्र तिब्बतको वातावरण तयार पारिरहेका छन् । अहिलेको जेनजी आन्दोलनमा भएको तिब्बतीयन मूलका नागरिकले गरेको गतिविधिबाट पनि प्रष्ट हुन्छ ।

    नेपालमामा आफ्नो उपस्थिति जनाउन र चीनलाई घेर्न एमसिसी परियोजना आएको हो । यो मात्र नभएर अमेरिकाले नेपालमा क्रिस्चियन मिसनरीमार्फत साम्राज्य बढाइरहेको छ । नेपालको उत्तरी सीमासम्म चर्च बनाएको छ । नेपालमा १,८०० चर्च छन् ।
    अमेरिकाले बौद्ध धर्मको गुम्बा निर्माणमा समेत लगानी र सञ्चालनमा भूमिका रहेको खुल्दै आएको छ । भारत नेपालमा चिनियाँ प्रभाव रोक्न क्रियाशील छ । चीनको नाम सुन्दै उसको साटो जान्छ ।

    दलाई लामालाई दुई प्रकारले भारतले उपयोग गरिरहेको छ : प्रथम– चीनको विरोधमा गतिविधि गर्न, द्वितीय– दलाई लामाको मुखबाट गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्न लगाउने र पहिलो शिक्षा सारनाथ भारत भएको थियो भन्ने अभिव्यक्तिलाई प्रचार गर्नु । यसरी एकैपटक भारतले चीन र नेपाल विरोधी गतिविधि गरिरहेको छ ।

    यसरी दलाई लामाको काँधमा बन्दुक राखेर भारत, अमेरिका, युरोपियन युनियन चीन विरुद्ध बन्दुक पड्काउने योजना गरिरहेका छन् । दलाई लामा भारतमा बसेर उनीहरूको स्वार्थ पूरा गर्दैछन् । दु:खको कुरा, नेपालको भूमिबाट चीन विरोधी गतिविधि गरिरहेका छन् । चीनले पनि यो कुरा स्पष्ट बुझेको छ । हालै चीनले नेपालको लिम्पियाधुरा लिपुलेक सीमानजिकै सैनिक क्याम्प बनाएको, नेपाल–चीन बोर्डरमा चिनियाँ सेना तैनाथ गरेको, सैनिक गतिविधि बढाएको सञ्चारमाध्यममा आएका छन् ।

    यस्तो अवस्थामा नेपालले सही भूमिका खेल्न नसकेमा निश्चित रूपमा त्यसका गम्भीर दुष्परिणाम अगाडि आउनेछन् । त्यो अवस्थामा भारत र चीन आमनेसामने आउनेछन् । नेपाल युद्धभूमि बन्नेछ । यसकारण साम्राज्यवादीको चलखेल रोक्न, नेपालमा चीन विरोधी गतिविधि रोक्न सम्पूर्ण देशभक्त नेपाली जनता एक हुनुपर्दछ । राष्ट्र, राष्ट्रियताको रक्षा गर्न, मोर्चाबन्दी गर्नुपर्दछ । यो आजको राष्ट्रिय आवश्कता हो ।

    सोमबार, कार्तिक ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.