• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

भारत–तालिबान नजिकिँदै, पाकिस्तानको तीव्र असन्तोष


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • काबुल । अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामाबादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ ।
    पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गर्नुभयो भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’ जस्तो व्यवहार गरेको आरोप लगाउनुभयो ।
    सन् १९४७ मा ब्रिटिश शासनको अन्त्यसँगै भएको विभाजनपछि भारत र पाकिस्तान कट्टर प्रतिद्वन्द्वी बनेका हुन् । यी दुवै मुलुकले बारम्बार युद्ध र एकअर्कामाथि आतङ्कवादको आरोप आदानप्रदान गर्दै आएका छन् ।
    तर पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध कमजोर हुँदै गए पनि पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई सहज रूपमा बढ्दै गएको रूपमा हेरेको छ ।
    गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकी नयाँदिल्ली पुगेपछि भारत–तालिबानबीचको कूटनीतिक निकटता औपचारिक बन्यो । यो सन् २०२१ मा तालिबान पुन: सत्तामा फर्किएपछि उच्चस्तरीय तालिबान नेताको भारत भ्रमण हो ।
    भारतले मुत्ताकीका लागि रातो कार्पेट ओछ्याएको दिनै काबुल र पाकिस्तान सीमासँगै बजार क्षेत्रमा विस्फोट भएको थियो ।
    अफगान विशेषज्ञ वाहिद फकिरीका अनुसार भारत–तालिबानको यो मेलमिलापले पाकिस्तानलाई तीव्र प्रतिक्रिया दिन बाध्य बनाएको हो । उहाँका शब्दमा, “नयाँदिल्लीले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान र अफगानिस्तानबीचको तनाव झन् बढाउने उद्देश्य राखेको छ ।”
    त्यो विस्फोटको जिम्मेवारी कसैले नलिए पनि तालिबान सरकारले इस्लामाबादमाथि ‘अभूतपूर्व आक्रमण’ गरेको आरोप लगायो र त्यसको प्रतिशोधस्वरूप आक्रमण गर्याे ।
    यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै मुलुकबीच वर्षौंयताकै भीषण हिंसा फैलियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ (आज) मा दोस्रो युद्धविराम सम्झौता गरिएको छ ।
    छिमेकीलाई दोष दिने प्रवृत्ति –
    एक समयका निकट सहयोगी अफगानिस्तान र पाकिस्तानबीचको सम्बन्ध अमेरिकी सेनाको फिर्ती र तालिबानको सत्तारोहणपछि चिसिँदै गएको हो ।
    इस्लामाबादले सुरुआती दिनहरूमा तत्कालीन गुप्तचर प्रमुख फैज हमीदमार्फत ‘सबै कुरा ठिक हुनेछ’ भन्दै आशावादी वक्तव्य दिएको थियो । तर पाकिस्तानमा बढ्दो आतङ्कवादी आक्रमणले त्यो विश्वास भत्कायो ।
    पाकिस्तानी अधिकारीहरूका अनुसार तालिबान सरकारले आतङ्ककारी समूहहरूलाई सुरक्षित आश्रय दिइरहेको छ । यी मध्ये पाकिस्तानी तालिबान (टिटिपी) र यसका सम्बद्धहरू मुख्य रूपमा सुरक्षा बलहरूमाथिका आक्रमणका लागि जिम्मेवार छन् ।
    पाकिस्तानी सुरक्षास्रोतका अनुसार अक्टोबर महिनामै अफगानतर्फबाट भएका आक्रमणमा १०० भन्दा बढी सुरक्षाकर्मी र प्रहरी अधिकारी मारिएका छन् ।
    यो हिंसाले पाकिस्तानमा अफगान शरणार्थीहरूलाई लक्षित गर्दै सामूहिक निर्वासन अभियानलाई तीव्र बनाएको छ ।
    पूर्व पाकिस्तानी कूटनीतिज्ञ मलिहा लोधीका अनुसार मुत्ताकीको नयाँदिल्ली भ्रमण ‘आक्रोश निम्त्याउने’ विषय त हो, तर पाकिस्तानका लागि ‘प्रतिशोधको कारण होइन’ ।
    उहाँले भन्नुभयो, “तालिबानले टिटिपीमाथि नियन्त्रण गर्न अस्वीकार गर्नु नै पाकिस्तानको वास्तविक असन्तोष हो ।”
    पाकिस्तानी सेनाले पनि भारतमाथि टिटिपीलाई समर्थन गरेको आरोप लगाएको छ तर भारतको विदेश मन्त्रालयले ती दाबीहरूलाई अस्वीकार गर्दै प्रतिक्रिया दिएको छ, “पाकिस्तानले आफ्नै असफलताको जिम्मेवारीबाट पन्छिन छिमेकीमाथि दोष थोपर्ने पुरानो बानी दोहोर्याएको छ ।”
    एकता र रणनीतिक परिवर्तन –
    भारत–तालिबान सम्बन्ध सुरुआती रूपमा भारतको हिन्दू राष्ट्रवादी सरकारका लागि ‘संवेदनशील’ विषय मानिएको थियो ।
    तर अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप (आइसिजी) का विश्लेषक प्रवीण डोन्टीका अनुसार मुत्ताकीले भारतप्रति ‘एकता’ देखाएपछि जनमत परिवर्तन भयो ।
    उहाँका अनुसार अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि मुत्ताकीले भारतप्रति ऐक्यबद्धता जनाउनुभयो । यसले उहाँलाई भारतभित्र केही लोकप्रियता दिलायो ।
    तर उक्त वक्तव्यमा काश्मीरलाई ‘जम्मू र कश्मीर, भारत’ भनेर उल्लेख गरिएकोले पाकिस्तानलाई झन् आक्रोशित बनाएको छ ।
    भारत भ्रमणको अन्त्यमा नयाँदिल्लीले काबुलस्थित आफ्नो कूटनीतिक कार्यालयलाई पूर्ण दूतावासमा स्तरोन्नति गर्ने घोषणा गर्याे ।
    विश्लेषकहरूका अनुसार यस कदमले तालिबान सरकारलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने दिशातर्फ ठूलो कदम चालिएको हो — यद्यपि यो प्रक्रिया अझै लामो छ ।
    अहिलेका लागि यो सम्बन्ध तालिबानका लागि राजनैतिक विजय हो भने भारत–पाकिस्तान–अफगानिस्तान त्रिकोणीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत भएको सङ्केत हो ।

    Advertisement

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.