• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

‘कामरेड जलजला’ उपन्यासबाट सिकेको पाठ


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    सबैभन्दा पहिले पाठ आन्दोलन उठाउने, त्यसको नेतृत्व चयन गर्ने, आन्दोलनको व्यवस्थापन गर्ने र त्यसलाई निरन्तरता दिएर विजयसम्म पुर्‍याउन गरिएको सजीव प्रयत्न भएको पाइयो ।

    खिराकोटको आन्दोलनको सुरुआत आफ्ना दैनिक आवश्यकतासँग जोडिएको समस्याबाट भएको थियो । त्यो आन्दोलन महिलाले प्रत्यक्ष रूपमा आफ्ना दैनिक समस्यासँग जोडिएको आन्दोलन थियो । त्यसको उठान सामान्य किसिमका गाउँले महिलाले गरेका थिए । त्यो आन्दोलन महिलाले ब्यहोरेका घाँसदाउरा र दैनिक जीवनसँग जोडिएको सामस्या विरुद्ध उठाइएको आन्दोलन थियो । बाटोमा हिँड्न, घाँसदाउरा गर्ने, रुखको विनाश गरिएको कारणले आन्दोलन उठाउन बाध्य भएका थिए । दिनानुदिन घाँसदाउरा गर्न जाँदा भइरहने कुराकानी र छलफल गर्दागर्दै आएको निष्कर्षको परिणाम थियो । ग्रामीण वर्गसङ्घर्षका नमुना थियो ।

    खरिढुङ्गा उत्खनन् गर्न ठेक्का लिएको ठेकेदार विरुद्ध भए पनि सरकारी कर्मचारी र पुलिससँग सम्बन्धित आन्दोलन थियो । सामान्य किसिमले इमानदार गाउँले महिला मालती देवीको नेतृत्वमा अघि बढाइएको आन्दोलन थियो । नेतृत्व छनौटसमेत कुनै ठुलो सम्मेलन वा भेलाको औपचारिकताविना नै चयन गरिएको थियो । मर्कामा परेका महिलाबाट इमानदारिता र दृढताको आधारमा र स्वाभाविक रूपमा नेतृत्व चयन गरिएको थियो । त्यस आन्दोलनको निरन्तरता महत्त्वपूर्ण पक्ष हो । त्यो आन्दोलनबाट खरिढुङ्गा उत्खनन् कार्य बन्द गराउन सफलता मिलेको थियो ।

    धेरै आन्दोलनको ध्वंसात्मक पक्ष बलियो हुने र रचनात्मक पक्ष कमजोर हुने गर्दछ तर खिराकोटको आन्दोलनको रचनात्मक पक्ष पनि उत्तिकै उच्च किसिमको थियो । काटिएका रुखको ठाउँमा वृक्षरोपण गरिएको थियो । रुख हुर्काएर जङ्गल बनाइएको थियो । त्यसबाट पुरै गाउँले समाजको दैनिक जीवनमा सकारात्मक प्रभाव परेको थियो ।

    तीन वर्षसम्म अविछिन्न रूपमा आन्दोलन गरेर त्यो आन्दोलनलाई विजयको रूपमा सफल पारिएको थियो । खरिढुङ्गा उत्खनन् बन्द भएको थियो र ठेक्का खारेज भएको थियो । त्यो आन्दोलनले निरन्तरताको प्रयत्न र विजयको उदाहरण प्रस्तुत गरेको छ ।

    अर्काे महत्त्वपूर्ण राजनैतिक आन्दोलन प्युठानको रातामाटा, जसलाई विजयनगर पनि भनिन्छ, त्यहाँ सुरु गरेर तीन महिनासम्म सञ्चालन गर्दै अन्तिम एक हप्तामा ग्रामीण वर्गसङ्घर्ष सञ्चालन गरेको विजय आन्दोलन हो । त्यो आन्दोलन जनता प्रशिक्षण शिविरको ब्यानरमा सुरु गरिएको थियो । त्यो प्रशिक्षण शिविरबाट नेपाल कम्युनिस्ट पार्टी प्युठान जिल्ला समितिसमेत गठन गरिएको थियो । सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक प्रशिक्षण गरिएको त्यो शिविरको अन्तिम हप्तामा सामन्ती समाजका जालीफटाहा, जिम्माल, मुखिया विरुद्ध उनीहरूका कीर्ते तमसुकका कागज जलाउने र ज्यादती गरेर कब्जा गरेका घरजग्गा र पशुसमेत फिर्ता गराउने सफलतासहित २०१० फागुन २४ गते विजय आन्दोलनको रूपमा समापन गरिएको थियो ।

    त्यो ग्रामीण वर्गसङ्घर्षको ज्वलन्त उदाहरणका पक्षधर किसान पक्षविपक्ष भएका थिए । तिनै पक्ष विपक्षबिच खालि सङ्घर्ष मात्र भएको थिएन, कूटनीतिक तरिका पनि प्रयोग गरिएको थियो । छलफलमा शिविरको योजनाअनुसार निर्णय हुन नसक्ने देखिएको अवस्थामा भोलि छलफल गर्ने भनेर स्थगित गर्ने, एकातिर आफ्नो कारबाही प्रकृयालाई शक्तिको बलमा कायम पार्न तयारी पनि बढाइएको थियो । एक हप्तासम्म छेक्ने, थुन्ने, तर्साउने सामरिक महत्त्वका ठाउँमा पालेपहरा बसेर सूचना आदानप्रदान गर्ने सबै काम गरिएको थियो । त्यो आन्दोलनको अवस्था पढ्दा लाग्छ, समाजका पीडित वर्ग र पीडक वर्गबिचको सङ्घर्षबाट न्याय दिलाउने फैसला सजिलै हुन सक्दैन । सत्तासिन वर्ग र शासित वर्ग आमनेसामने भई गर्ने सङ्घर्ष जीवनमरणको सङ्घर्ष हुन्छ ।

    अधिकार भन्ने कुरा प्रचलित व्यवस्था र सांस्कृतिक अवस्थाभन्दा माथि हुन सक्दैन । सामन्ती व्यवस्था प्रचलित भएको अवस्था थियो । गाउँगाउँमा शासन चलाएर बसेका सामन्ती जालीफटाहाहरू त्यस समयमा आफ्नो पक्षमा जनमत बलियो बनाएर आफ्नो अस्तित्व जमाएको अवस्था थियो । बलप्रयोगसहितको दमन र उदारता दुवैको प्रयोग गरेर आफ्नो स्थिति बलियो बनाएका जालीफटाहा थिए । गाउँमा हैकम जमाएर बसेका जालीफटाहालाई कारबाही गर्ने सफल प्रयत्न ठुलो प्रशंसनीय काम थियो । त्यो कारबाहीको विजयबाट शोषित–उत्पीडितमा परेका किसानको मनोबल उच्च भएको थियो । आफूमाथिको शोषण र शासन अन्यायपूर्ण भएको अवस्थामा सङ्गठित विद्रोहको राँको बाल्ने प्रेरणा प्राप्त भएको थियो । त्यो विजयमा समापन भएको शिविरमा ४० जना लडाकु जवान सहभागी भएका थिए तर अन्तिम हप्ताको कारबाही गर्ने सिलसिलामा आफ्ना पक्षपाती करिब १०० जना गाउँले किसान परिचालित भएका थिए ।

    धेरै पुस्ता पहिलेदेखि स्थापित भई निरन्तर शोषण र ज्यादतीमा अडेको समाज थियो । त्यस्तो प्रतिकृयावादी समाजमा नयाँ किसिमले जबर्जस्तीसहितको नयाँ तरिकामा सङ्घर्ष गर्न शिविर परिचालन गरिएको थियो । त्यो व्यवस्था विरोधी सङ्घर्ष गर्दा अस्तित्व बचाउनमा नै पूरा शक्ति लगाउनुपर्ने पनि थियो ।

    शिविर व्यवस्था विरोधी थियो; प्रचलित राजनीति विरोधी थियो र परम्परागत संस्कृतिको पनि विरोधी थियो । त्यो प्रशिक्षण संस्कृतिको पनि विरोधी थियो । त्यो प्रशिक्षण शिविर उच्च सिद्धान्त, उच्च राजनीति र उच्च किसिमको साङ्गठनिक संरचनाको आधारमा सञ्चालन गर्ने उद्देश्यसहित सञ्चालन भएको थियो । त्यो शिविरको प्रयोगात्मक सङ्घर्षमा अलिकति पनि सर्तकतामा कमी भएको भए त्यो प्रशिक्षण शिविरको अस्तित्व नै सङ्कटमा पर्ने थियो । समाजमा शिविरको औचित्य साबित हुन सक्ने थिएन । त्यसकारण शिविरको प्रयोगात्मक अभ्यासको विजयसहित औचित्य सावित गराउन सक्ने काम उच्च महत्त्वको काम थियो ।

    उपन्यासबाट सिकेको अर्काे महत्त्वपूर्ण पाठ मायाप्रेमको कथा हो । मायाप्रेम पनि पार्टी र क्रान्तिका लागि समर्पण भावसहितको एकतामा आधारित समाज निर्माण गर्न अप्ठेरो चुनौतीको सामना गर्नु दुवै सहमत थिए । पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने अप्ठेरो चुनौतीको सामना गर्न दुवै सहमत थिए । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न अप्ठेरो र अरूले गर्न नसक्ने काम गर्न पनि दुवै तयार थिए ।

    कामरेड जलजला र अजित दुवैले एकअर्काेलाई मायाप्रेम गर्दथे । त्यो मायाप्रेम सँगसँगै पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता पनि दुवैमा थियो । उनीहरू जीवनभर सँगसँगै काम गर्ने र जस्तोसुकै कठिन र प्रतिकूल अवस्थामा समेत विचलित नहुने प्रणसहितको मायाप्रेमको बन्धनमा बाँधिएका थिए । प्रचलित व्यवस्था र राजनीति विरोधी पार्टी भएकाले भूमिगत पार्टी थियो । जनताका बिच पार्टीको काम गर्नुपर्दथ्यो तर प्रहरीप्रशासनको धरपकडबाट बचेर । उनीहरूको एकता उच्च सिद्धान्तसहितको प्रतिबद्धतामा थियो । एउटा शोषणरहित समानतामा आधारित समाज निर्माण गर्ने र त्यस्तो समाजको नेतृत्व आफूहरूले गर्ने उद्देश्यसहितको मायाप्रेम थियो । पार्टीको निर्णयाअनुसार कामरेड जलजला थबाङ गाउँमा गएर ९–१० महिनासम्म भूमिगत कार्यकर्ता भएर काम गरेकी थिइन् । पार्टीलाई जनतामा स्थापित गराउने प्रयत्न गरेकी थिइन् । उनको कामबाट त्यहाँका जनता सन्तुष्ट थिए । उनलाई दिल्लीमा रहेर पार्टीको काम गर्ने नयाँ जिम्मेवारी दिइएको थियो । दुर्गम गाउँमा रहेर पार्टीको कठिन जिम्मेवारी पूरा गरेको हुनाले अब दिल्लीमा रहेर विदेशी भाइचारासँग पार्टीलाई स्थापित गराउने र त्यसैको तयारीस्वरूप उच्च शिक्षा अध्ययन र प्रमाणपत्रको लागि परीक्षा पनि दिने सल्लाह भएको थियो । अर्काेतिर उनीहरूको सुनन्दा छात्रवृत्तिमा पिएचडी गर्ने विद्यार्थी थिइन् । उनले कामरेड जलजलालाई भेट्नकै लागि पश्चिम नेपाल र कुमाऊँ गढवालको इतिहास विषय छानेकी थिइन् ।

    सुनन्दालाई सानैमा गाउँको धनी केटा हरिसँग थैचो सम्झौता गरिएको थियो । थैचो भनेको केटाकेटी सानै उमेरमा भएको समयमा विवाह गरिदिने सम्झौता हो, जुन त्यो गाउँमा गर्ने गरिन्थ्यो । सुनन्दाको विवाह गर्ने उमेर पुगेपछि थैचो सम्झौताको विरुद्धमा उभिइन् । सुनन्दा आफू गान्धीवादी थिइन । भैरहवा जेलमा परेको समयमा माक्र्सवादी साहित्यको अध्ययन गरेपछि गान्धीवादीबाट माक्र्सवादी–लेनिनवादी विचारको पक्षपाती भएकी थिइन । उनलाई संशोधनवादी विचार भएका डा. जगदीशले पनि माया गर्थे र विवाह गर्ने विचारसहित विवाहको प्रस्ताव पठाएका थिए । सुनन्दाले डा. जगदीशलाई कम्युनिस्ट मान्थिन् र विवाह गर्ने कुरालाई अन्यथा मानिनन् । डा. जगदीशले सुनन्दा माक्र्सवादी–लेनिनवादी भएको थाहा पाएका थिइनन् । गान्धीवादी भएको मानेर उनलाई र खुसी पार्न विवाहपछि गान्धीवादी पनि हुन सक्ने कुरा बताए ।

    सुनन्दाले कम्युनिस्टबाट संशोधनवादी र त्यहाँबाट गान्धीवादी पनि हुन सक्ने कुरा अत्यन्त अवसरवादी भएको अर्थ लगाइन् । त्यस्तो अवसरवादी व्यक्तिसँगको वैवाहिक सम्बधले जीवन सफल हुन नसक्ने मानेर विवाहको प्रस्ताव अस्वीकार गरिन् ।

    विवाहको प्रस्तावको अस्वीकृतिपछि पनि डा. जगदीश लाचार भई सुनन्दाप्रति आकर्षित भइरहे । सुनन्दाले पार्टीको सदस्यताका लागि कामरेड जलजलालाई दर्खास्त दिएकी थिइन । कामरेड जलजलाको मृत्यु भइसकेकोले आफ्नो सदस्यताको खोजी गर्न अजितलाई खोजेर जीवनभर पार्टी र क्रान्तिको पक्षमा काम गर्ने निश्चय गरिन् । सुनन्दाले कामरेड जलजलाको प्रेमी अजितलाई कामरेड जलजलाले आफूलाई छाडेर गएको नासोका रूपमा सम्झिएकी थिइन् । अजितलाई भेटेर आफू पनि जीवनभर पार्टीले दिएको जिम्मेवारीअन्तर्गत पार्टी र क्रान्तिको पक्षमा काम गर्ने निश्चयसाथ अगाडि बढिन् । मायाप्रेमको अर्काे शृङ्खला सुरु भयो र अजितसँग विवाह पनि भयो ।

    उपन्यासमा देखिएको मायाप्रेम उच्च आदर्शमा आधारित मायाप्रेम थियो । पार्टी र क्रान्तिको लागि जीवन अर्पण गर्ने दृढ विचारसहितको माया प्रेम थियो ।

    महिला र पुरुषबिच विवाह गर्ने मानव मात्रको नैसर्गिक अधिकार हो । प्रकृतिले दिएको जिम्मेवारी भए पनि मानवले लामो समय पहिलेदेखि विवाह गर्ने विभिन्न नियमकानुन बनाएका छन् । समाजको भौतिक परिस्थिति, सांस्कृतिक अवस्था र प्रचलित व्यवस्थाअनुसार मान्छे वैवाहिक सम्बन्धमा बाँधिन्छन् । वैवाहिक सम्बन्ध राख्नुपर्ने अरू धेरै कारण भए पनि आफूजस्तै नयाँ सन्तान नन्माएर हुकाई छाड्ने मुख्य जिम्मेवारी हो ।

    उपन्यासमा वैवाहिक जीवनका उद्देश्य त्यसको अतिरिक्त समाजमा भएका शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध समानतामा आधारित समाजवादी समाज निर्माण गर्न क्रान्ति सम्पन्न गर्ने उद्देश्यलाई प्रमुख मानिएको छ । त्यही उद्देश्यलाई पूरा गर्न विवाह भइसकेका व्यक्तिले र ती व्यक्तिसँग अर्की महिलाले वैवाहिक सम्बन्ध राखेका छन् । त्यो विवाहको लागि नियम, कानुन व्यवस्था र पार्टीसमेतले विरोध गरेर निष्काशन गरेको अवस्थामा पनि उनीहरूको सम्बन्ध कायम रहेको छ । प्रेम गरेकी महिलाको मृत्युले समेत विवाहलाई रोक्न सकेन ।

    यी सबै हुनुका कारण क्रान्ति र पार्टीलाई मुख्य उद्देश्य बनाउने हो । वैवाहिक सम्बन्धमा बाँधिएपनि आफूलाई दुवैले राखेको पार्टी र क्रान्तिप्रतिको समर्पणभाव नै हो । अजितले पहिले गरेको विवाहलाई त्याग गरे भने सुनन्दाले विवाह गरिन् । ती दुवै प्रेमीको विवाह नभई नछाड्ने निश्चित उद्देश्यको कारण पार्टी र क्रान्तिप्रति समर्पण भाव नै थियो । व्यक्तिगत जीवन त सबैको हुन्छ । व्यक्तिगत जीवनलाई आधार बनाएर विवाह हुन्छ । यो उपन्यासमा भएको मायाप्रेम व्यक्तिगत जीवनलाई भन्दा समाजवादी व्यवस्था निर्माण गर्ने क्रान्तिभन्दा बढी काम गरेको छ । विवाह भएपछि उपन्यास समाप्त भएको छ ।

    उपन्यासमा निष्काशनमा परेर घर बस्न नपाएका अपाङ्गता भएका र वृद्ध भएका मान्छेको सजीव चित्रण गरिएको छ । छोराछोरी जन्माउने, हुर्काउने र विवाह गरिदिने काम पूरा गरेपछि आफूहरू घरबाट निष्काशनमा परेका आमाको कारुणिक चित्र प्रस्तुत गरिएको छ । आमाले आफ्ना छोराछोरीलाई आत्मैदेखि माया गर्छन् । आफूले आफ्ना अनेकन् दु:खकष्ट सहेर पनि निस्वार्थ भावले हुर्काउँछन् । आफूले पुरस्कार वा कुनै प्रतिफलको आशा गरेका हुन्नन्, आफ्नो वा कर्तव्य सम्झन्छन् तर बुढेसकालमा न त छोराबुहारी वा छोरीज्वाइँले न त राज्य, सरकार अथवा अरू कुनै सङ्घसंस्थाले उनीहरूको स्याहारसुसारको जिम्मा लिन्छन् । समाजमा आमाले आफ्ना छोराछोरीप्रति गरेको निस्वार्थ सेवाजस्तै राज्यले र त्यसअन्तर्गतका सङ्घसंस्थाले पनि काम गर्ने भएको भए पूरै मानव समाज आमामय हुने थियो । समाज धेरै सुखी र आनन्दमय हुने थियो ।

    ठिक त्यस्तै आमामय समाज निर्माण गर्नका लागि कम्युनिस्ट पार्टी र समाजवादी व्यवस्था हो किनभने वर्तमान समाजमा व्यक्तिगत सम्पत्तिको स्वार्थले गर्दा शोषण दमन र अन्य अत्याचार हुन्छ । सम्पत्ति एक जनाले कमाएर कमाइने अथवा व्यक्तिगत स्वामित्वमा दर्ता गरेर आफै उत्पादन हुने होइन । धेरै जना मान्छेले काम गरेर मात्र उत्पादन र वितरण हुने हो । त्यसैले आमूल परिवर्तनका लागि जनवादी सङ्घर्ष, क्रान्ति, समाजवाद र समानताका लागि जीवनभर काम गर्ने महान् उद्देश्य चाहिन्छ । त्यसैका लागि सबैले विनास्वार्थ र फलको आशा नगरीकन आफ्नो योगदान थप्न समाजलाई आमामय बनाउनुपर्छ । त्यसैका लागि सडकको महान् यात्रामा लागेका अपाङ्ग जोडीसँग सम्पर्क, सम्बन्ध र सहानुभूति राखेर उनीहरूको मन जित्ने काम पनि उपन्यासको अन्तिम अङ्ग भएको छ तर वर्तमान समाजमा उनीहरूको अपमानबाहेक अरू केही हुन्न ।

    व्यावहारिक जीवनमा पनि उपन्यासका लेखकले अहिले पनि एकानब्वे वर्षको उमेरमा आफू जुन उद्देश्यका लागि जीवन सुरु गरे, त्यसप्रति इमानदारीपूर्वक समर्पणभावसहित काम गरिरहेको बताउनुहुन्छ । देशमा धेरै पार्टी पनि छन् । कम्युनिस्ट र नाम गरेका पार्टी पनि धेरै छन् तर निर्धक्क भएर म इमानदारीपूर्वक सुरु गरेको उद्देश्यमा समर्पणभावसहित लागको छु भन्न सक्ने अवस्थामा अरू छैनन् । भनाइमा र कामगराइमा एकरूपता देखाउन सक्ने अवस्थामा अरू भएको पाइन्न तर उहाँले गर्ने काम र भन्ने कुरामा एकरूपता कायम गर्न सक्नुभएको छ । एकता अनेकता, टुटफुट, गुटउपगुट अल्पमत–बहुमत जस्तोसुकै अनुकूल र प्रतिकूल अवस्थामा पनि निर्धक्क भएर काम गरिरहनु भएको छ । परिवारमा मात्र होइनन, पार्टीमा समेत नयाँ पुस्ताले आफ्नो जीवनभरका लागि योजना बनाएर लाग्न/लगाउन निकै मिहिनेत, खर्च गरिसक्नु भएको छ । त्यति मात्र होइन, सफलता पनि पाउनुभएको छ तर त्यो सफलता कति पुस्तासम्म कायम रहन्छ ? त्यो भविष्यले बताउने कुुरा हो ।

    उहाँको जीवनभरको समर्पणभाव उदाहरीण त छ तर नयाँ वातावरणमा नयाँ पुस्ता कसरी प्रस्तुत हुन्छौँ ? त्यो अहिल्यै बताउन नसके पनि कामगराइको आधारमा अनुमान गर्न भने सकिन्छ । विवाहले दिउँसोको सङ्केत गर्न सकिन्छ भनेझैँ दर्जनौँ साथीहरूले त्यस्तै किसिमले तयारी गरिरहेको बुझ्न अप्ठेरो पर्दैन । उपन्यासले पनि धेरै पुस्तासम्म गर्नुपर्ने उदाहरण प्रस्तुत गरेको छ । चन्द्रसिंह गढवालीजस्तै एक्लै भएर अघि बढ्न त सकिन्न तर पनि पार्टी बनाउने निरन्तर प्रयत्नले केही सकारात्मक काम अवश्य गर्छ । पार्टी बनाउन भौतिक परिस्थितिले केही काम गर्ने भए पनि समूहको मातहतमा आफू बस्न सक्ने र सानोठुलो जस्तो भए पनि सामूहिक जिम्मेवारी पूरा गर्ने संस्कृतिको विकास नगर्दासम्म पार्टी बन्न सक्दैन । त्यसैको लागि प्रयत्न सबैले गर्नु आजको आवश्यकता पनि हो ।

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.