• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतीय साम्राज्यवादको चाहना ओलीलाई हटाएर दलाली गर्ने सरकारः मसाल


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीको आफूलाई अपदस्त गर्न भारत लागिपरेको भन्ने भनाईमा सत्यता रहेको जनाएको छ । भारतीय साम्राज्यवादले ओलीलाई हटाएर आफ्नो दलाली गर्ने सरकार बनाउन चाहेको मसालले स्पष्ट पारेको छ ।

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहले सोमबार विज्ञप्ति प्रकाशित गरी पहिलो प्रधानमन्त्रीत्वको कालमा चीनसितको सम्बन्धको विस्तारका कारण ओलीलाई अपदस्थ गरिएको घटनाको पुनरावृति हुनसक्ने औँल्याउनुभएको छ ।

    यस्तै, महामन्त्री सिंहले राष्ट्रियताप्रति ओलीको कतिपय अडान सही भएपनि एमसीसीको विषयमा ढुलमुल, अवसरवादी र सम्झौतापरस्त नीति अपनाएको बताउनुभएको छ ।

    यस्तो छ वक्तव्यको पूर्णपाठः
    ‘प्रधानमन्त्री ओलीको उनलाई प्रधानमन्त्रीबाट हटाउन चलखेल भइरहेको छ भन्ने उनको भनाइप्रति ने.क.पा.(मसाल)को ध्यान आकर्षित भएको छ । उनको त्यो भनाइमा सत्यता छ भन्ने हाम्रो पनि मत छ ।

    ओलीको यो भनाइमा पनि सत्यता छ कि उनको पहिलो प्रधानमन्त्रीत्वको कालमा उनले चीनसितको सम्बन्धको विस्तारका लागि नै पहलकदमी गरेको हुनाले भारतको ग्राइन्ड डिजाइनमा उनलाई प्रधानमन्त्री पदबाट अपदस्थ गरिएको थियो । अहिले पनि त्यसप्रकारको घटनाको पुनरावृत्तिको सम्भावनालाई पूरै अस्वीकार गर्न सकिन्न ।

    हामीले पहिलेदेखि नै यो स्पष्ट गर्दै आएका छौं कि वर्तमान सरकारले गणतन्त्र र धर्मनिरपेक्षताको पक्ष लिएकाले प्रतिगामी शक्तिहरु त्यसलाई अपदस्थ गर्न प्रयत्नशील छन् । भारतीय साम्राज्यवादले पनि त्यो कार्यमा सहयोग पु-याइरहेको छ । भेनेजुयलाबारे वर्तमान सरकारले केही सकारात्मक नीति अपनाएको हुनाले अमेरिका पनि ओली सरकारप्रति पहिलेदेखि असन्तुष्ट थियो । अहिले नक्सा प्रकरणबाट भारतीय शासकवर्गहरु वर्तमान सरकारप्रति धेरै नै क्रुद्ध भएका छन् । यसकारण वर्तमान सरकारलाई हटाउन उनीहरु पूरै लागिपर्ने कुरा स्पष्ट छ ।

    ओली सरकारले नक्सा प्रकरणमा स्वागतयोग्य नीति अपनाएको भएपनि एमसीसीलाई संसदबाट पारित गराउन त्यसले पूरै शक्ति लगाइरहेको छ । त्यसका पछाडि ओली सरकारको उद्देश्य अमेरिकी सरकारको समर्थन प्राप्त गरेर सत्तामा बसिरहने आशाले बढी काम गरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    तर शायद ओली सरकार यो बुझ्न असमर्थ छ कि उनी एमसीसीलाई संसदमा पारित गराउन सफल भएपनि अमेरिकी साम्राज्यवादको उनीप्रतिको नीति ‘युज एण्ड थ्रो’ नै हुनेछ । असार १६ गते भित्र एमसीसीलाई पारित गराउन नसकेको हुनाले अमेरिकाको दृष्टिमा ओली सरकार उसका लागि त्यति भरपर्दो शक्ति रहन गएको छैन । त्यो अवस्थामा नेपालप्रतिको आफ्नो साम्राज्यवादी वा इण्डोप्यासिफिक रणनीति पूरा गर्न त्यसले अर्को कुनै विकल्प खोज्ने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

    ओली सरकारले यो बुझ्नुपर्ने आवश्यकता छ कि कुनै साम्राज्यवादी शक्तिप्रति सम्झौतापरस्त नीति अपनाएर होइन, सही नीति र कार्यप्रणालीको आधारमा जनताको विश्वास प्राप्त गर्न सकेपछि नै उनीहरुको अस्तित्व रहन सक्दछ । त्यसरी विचार गर्दा वर्तमान सरकारले झन् पछि झन् गलत नीति अपनाउँदै गइरहेको छ । त्यसले गर्दा जनताको सरकारप्रतिको विश्वास कम हुँदै र त्यो कारणले त्यसको आधार पनि कमजोर हुँदै गएको छ । त्यो अवस्थामा ओली सरकारले स्वयम् आफ्ना गलत नीति र कार्यशैलीका कारणले देशभित्रका प्रतिक्रियावादी शक्तिहरु र साम्राज्यवादी शक्तिहरुलाई त्यसलाई अपदस्थ गर्नका लागि मार्ग प्रशस्त गर्ने काम गरिरहेको छ ।

    अमेरिकी साम्राज्यवाद वा भारतीय साम्राज्यवाद नेपालमा यस्तो सरकार चाहन्छन्, जसले उनीहरुको पूरै दलाली गरोस् । वर्तमान सरकारको चरित्र ढुलमुल, अवसरवादी र सम्झौतापरस्त छ । तर त्यो पूरै प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरुको दलाल भइसकेको छैन । त्यसैले त्यसले अमेरिकी वा भारतीय साम्राज्यवादको पूरै आवश्यकता पूरा गर्दैन । त्यो अवस्थामा उनीहरुका लागि यो सरकारको उपयोगिता ‘युज एण्ड थ्रो’ भन्दा बढी नभएको कुरा प्रष्ट छ ।

    हाम्रो पार्टीले वर्तमान सरकारको ढुलमुल, अवसरवादी र सम्झौतापरस्त चरित्र र त्यसका सबै गलत नीति र कार्यशैलीको दृढतापूर्वक सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छ । तर अर्कातिर हाम्रो पार्टीले वर्तमान सरकारलाई प्रतिक्रियावादी र दुश्मनशक्ति पनि मान्दैन । त्यसले गणतन्त्र, धर्मनिरपेक्षता र नक्सा प्रकरणमा लिएको अडानलाई सकारात्मक रुपमा लिएको छ । नेकपाको विदेशी महिलालाई ७ वर्षमा वैवाहिक अंगीकृत नागरिकता दिने अडानलाई पनि हाम्रो पार्टीले सकारात्मक रुपमा लिएको छ, जब कि उक्त प्रश्नमा नेका र मधेशवादीले त्यो प्रश्नमा एकदम राष्ट्रघाती दृष्टिकोण अपनाएका छन् । उक्त कारणहरुमाथि विचार गर्दा पनि नेकपाको सरकार नेका, राप्रपा वा मधेशवादीहरु जस्तो प्रतिक्रियावादी नभएको कुरा बुझ्न पनि गाह्रो पर्दैन । त्यसैले हामीले वर्तमान सरकारलाई समर्थन गर्ने आफ्नो नीतिलाई अहिले पनि कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौं ।

    हाम्रो यो स्पष्ट मत छ कि नेकपाको सरकारलाई अपदस्थ गर्ने देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरुको षडयन्त्र सफल भयो भने देश प्रतिगमनतिर जानेछ । त्यसैले वर्तमान सरकारका सबै गलत नीति र कार्यशैलीका विरुद्धको संघर्षलाई कायम राख्दै वर्तमान नेकपाको सरकारलाई अपदस्थ गर्ने सबै देशी र विदेशी प्रतिक्रियावादी शक्तिहरुको सबै प्रयत्नहरुबाट आफूलाई अलग राख्ने पनि हाम्रो नीति हुनेछ ।

    यो सबैलाई थाहा भएको कुरा हो कि कालापानी, लिपुलेक, लिम्पियाधुरा तथा नक्सा प्रकरण समेतबारे वर्तमान सरकारले लिएको अडानका कारणले भारत सरकार र त्यहाँका सञ्चार माध्ययमहरुले वर्तमान सरकारका विरुद्ध कडा प्रहार गरिरहेका छन् । त्यही क्रममा उनीहरुले नेकपाको सरकारलाई हटाउन पूरा शक्ति लगाउने कुरा प्रष्ट नै छ ।

    यो बताइरहनुपर्ने आवश्यकता छैन कि देशका सबै प्रतिक्रियावादी शक्तिहरुले भारतीय साम्राज्यवादको त्यस प्रकारको प्रयत्नलाई सफल पार्न पूरै साथ दिने छन् । प्रश्न ओली सरकार वा नेकपाको सरकार रहन्छ वा रहन्न भन्ने मुख्य होइन, उनीहरुको त्यसप्रकारको प्रयत्न सफल भए देशको राजनीति वा स्थिति कुन दिशामा जानेछ ? त्यो मुख्य प्रश्न हो । हाम्रो पार्टीले गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षता तथा देश र जनताका वृहत्तर हितका विरुद्ध जाने सबै देशी वा विदेशी शक्तिहरुका प्रयत्नहरुको सम्झौताहीन प्रकारले विरोध गर्दै आएको छ र गर्दै पनि जानेछ ।’

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.