• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘अजय शर्माको नाम जोडेर मसाललाई बदनाम गर्ने प्रयास खेदजनक’


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले पार्टी छोडेर गएका योगेन्द्र ढकाल, अर्थात् अजय शर्माको नाम जोडेर मसालको बदनाम गर्न खोजिएको भन्दै खेद प्रकट गरेको छ ।

    Advertisement

    योगेन्द्र ढकालकोे एमसीसीलाई समर्थन गर्दै रातोपार्टी अनलाइनमा प्रकाशित अन्तर्वार्तालाई लिएर मसाल नेताले एमसीसीको समर्थन गरेको भन्ने भरत दाहालको अभिव्यक्तिप्रति मसालले खेद प्रकट गरेको हो ।

    पार्टी प्रवक्ता रामप्रकाश पुरीले सोमबार विज्ञप्ति प्रकाशित गरी ढकाल ७/८ महिना अघि नै मसाल छोडेर गइसकेको स्पष्ट पार्नुभएको छ ।

    नेकपा (मसाल) निकट अखिल नेपाल बुद्धिजीवी संघका पूर्व महासचिवसमेत रहेका ढकालले पार्टी छोडेर गएपनि सम्मानित बामपन्थी बुद्धिजीवी रहने अपेक्षा गरिएको भन्दै प्रवक्ता पुरीले पार्टीलाई दक्षिणपन्थी बताएर पार्टी छोडेका ढकालको वैचारिक पतनप्रति दुःख प्रकट गर्नुभएको छ ।

    यस्तो छ, वक्तव्य
    ‘यू–ट्युवमा एउटा अन्तर्वार्तामा भरत दाहालले प्रकट गरेको असत्य र भ्रामक भनाइबारे प्रकाश हाल्नका लागि यो प्रेस नोट जारी गरिएको छ ।

    उनले आफ्नो अन्तर्वार्तामा हाम्रो पार्टीका महामन्त्री मोहनविक्रम सिंहको नाम उल्लेख गर्दै यो बताएका छन् : ‘मसालले एमसीसीको धेरै विरोध गर्दछ तर मसालका एकजना नेताले एमसीसीको समर्थन गरेर लेखेको एउटा लेख मैले पढेको छु ।’ नाम नखुलाएको भएपनि उनले उल्लेख गरेको लेख रातो पाटीमा प्रकाशित योगेन्द्र ढकाल, अर्थात् अजय शर्माको भएको कुरा प्रष्ट छ ।

    अजय शर्माले रातो पाटीमा दिएको एउटा अन्तर्वार्तामा एमसीसीलाई समर्थन गरेका छन् । उनले यो कुरामा पनि जोड दिएका छन् कि संसदद्वारा त्यसलाई पारित गरिनुपर्दछ । अन्य साम्राज्यवादी देशहरू वा वित्तीय संस्थाहरूद्वारा दिइने आर्थिक सहायता कार्यक्रमहरूमा जुन प्रकारका शर्तहरू राखिने गर्दछन्, त्यही प्रकारका शर्तहरू एमसीसीमा राखिएका छन् ।

    त्यसकारण त्यसको विरोध गर्ने कार्यमा कुनै औचित्यता छैन । आफ्नो अन्तर्वार्तामा उनले यो कुरामा पनि जोड दिएका छन्, सीमाको प्रश्नमा भारतसित तीव्र विरोध भइरहेको अवस्थामा अमेरिकालाई पनि चिढाउने बुद्धिमानीको कुरा हुँदैन । उनको जोड यो कुरामा पनि छ कि भारतसितको विवादको पृष्ठभूमिमा अमेरिका र बेलायतको पनि समर्थन लिने प्रयत्न गर्नुपर्दछ । उनले प्रकट गरेका त्यसप्रकारका विचारका आधारमा नै मसालका एकजना नेताले पनि एमसीसीलाई समर्थन गरेको भनी भरत दाहालले बताएका छन् ।

    अजय शर्मा ने.क.पा.(मसाल) वा हाम्रा कुनै जनवर्गीय सङ्गठनमा नभएको कुरा हामीले स्पष्ट गर्न चाहन्छौँ । धेरै पहिले उनले हाम्रो पार्टीको युवक मोर्चामा काम गर्दथे ।पछि उनी माओवादीमा सामेल भए र माओवादीको सरकार भएको बेलामा उनी अष्ट्रेलियाका राजदूत पनि भएका थिए । माओवादी केन्द्रमा विभाजन भएपछि क्रान्तिकारी माओवादीमा सामेल भएका थिए ।पछि त्यो समूहबाट राजिनामा दिएर हाम्रो पक्षमा आएका थिए र हाम्रो बुद्धिजीवि मोर्चाको महासचिव पनि थिए ।पछि करिब ७/८ महिना पहिले नै हाम्रो पार्टीसित सम्बन्धित सबै मोर्चा वा जिम्मेवारीबाट राजिनामा दिएर अलग भएका थिए ।

    अजय शर्माले हाम्रो पार्टीको आठौँ महाधिवेशनले दक्षिणपन्थी लाइन लिएको बताएर हामीसित अलग भएका थिए । हाम्रो पार्टीलाई दक्षिणपन्थी बताउने व्यक्ति अब एमसीसीको समर्थन गर्न पुगेका छन् । हाम्रो पार्टीको यो स्पष्ट र दृढ विचार छ कि एमसीसी इण्डोप्यासिफिक रणनीतिको अङ्ग हो र त्यो नेपालको राष्ट्रियता, सार्वभौमिकता तथा असंलग्न नीतिका विरुद्ध छ ।

    त्यसैले हाम्रो पार्टीले ११ वामपन्थी शक्तिहरू तथा अरू कैंयौँ सामाजिक सङ्घ संस्था र व्यक्तिहरूसित समेत मिलेर त्यसलाई खारेज गराउनको लागि देशव्यापी रूपमा संयुक्त सङ्घर्ष चलाउँदै आएको छ । त्यसप्रकारको पृष्ठभूमिमा अजय शर्माले प्रकट गरेको विचारलाई हाम्रो पार्टीसित जोडेर प्रस्तुत गर्नु तथ्यको तोडमोड नै हो ।

    गतकालमा हाम्रो पार्टीको लाइनलाई दक्षिणपन्थी बताएर विरोध गर्नेहरूको समूह वा व्यक्तिहरूको एक वा अर्को प्रकारले दक्षिणपन्थी दिशा समात्दै आएका छन् वा एक वा अर्को प्रकारले गलत राजनीतिक दिशा समात्दै आएका छन् । हाम्रो पार्टीको लाइनलाई दक्षिणपन्थी बताएर हामीबाट सम्बन्ध तोडेर गएका अजय शर्माद्वारा एमसीसीको समर्थन त्यही प्रकारको एउटा उदाहरण हो । उनको त्यसप्रकारको राजनीतिक पतन वैचारिक स्खलन त हो नै, तर त्यसका पछाडि अरू कुृन प्रकारको नियत वा कारणले काम गरेको छ रु शायद आउने दिनहरूमा प्रष्ट हुँदै जानेछ ।

    अजय शर्मा हामीबाट अलग भएर गएपनि एउटा वामपन्थी वुद्धिजीविको रूपमा उनको सम्मानित भूमिका कायम रहने छ भन्ने हामीले आशा गरेका थियौँ । तर उनको जुन प्रकारले वैचारिक पतन भएको छ, त्यसबाट हामीलाई दुःख लागेको छ । त्यसप्रकारको व्यक्तिलाई हाम्रो पार्टीसित जोडेर हाम्रो पार्टीलाई बदनाम गर्ने भरत दाहालको प्रयत्न पनि निन्दनीय भएको कुरा प्रष्ट छ ।’

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.