गाजासिटी । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकमध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।
यस घटनाले तेलअभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।
दुई वर्ष लामो विनाशकारी युद्धपछि सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीको सट्टामा सबै बाँचेका बन्धकलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ ।
‘रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजापट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ’ इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्– ‘आइडिएफ थप बन्धक प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।’
तेलअभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो– ‘म खुसी र पीडाबिच छु । खुशी छु, केही फर्किए तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनका लागि ।”
अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले दुई सय ५१ जना इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।
सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने दुई सय ५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार सात सय जनालाई हिरासतमा लिएको थियो ।
संयुक्त राष्ट्र सङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार आठ सय छ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबिच छुट्याइएको छैन तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ । (रासस÷एएफपी)हमासद्वारा इजरायली बन्धक हस्तान्तरण सुरु
गाजासिटी । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकमध्ये पहिलो सात जनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गरेको छ ।
यस घटनाले तेलअभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।
दुई वर्ष लामो विनाशकारी युद्धपछि सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीको सट्टामा सबै बाँचेका बन्धकलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ ।
‘रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजापट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ’ इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्– ‘आइडिएफ थप बन्धक प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।’
तेलअभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो– ‘म खुसी र पीडाबिच छु । खुशी छु, केही फर्किए तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनका लागि ।”
अक्टोबर ७, २०२३ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले दुई सय ५१ जना इजरायलीलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।
सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने दुई सय ५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार सात सय जनालाई हिरासतमा लिएको थियो ।
संयुक्त राष्ट्र सङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार आठ सय छ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबिच छुट्याइएको छैन तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ । (रासस/एएफपी)