बेइजिङ । चिनियाँ अनुसन्धानकर्ताले आवाज पहिचान गर्न सक्ने प्रविधियुक्त विशेष कपडा विकास गरेका छन्, जसले कृत्रिम बौद्धिकता (एआई) सँग जोडिएर दैनिक जीवनमा स्मार्ट सुविधा पु¥याउने नयाँ सम्भावना देखाएको छ ।
सुछौ विश्वविद्यालयका अनुसन्धानकर्ताको नेतृत्वमा विकास गरिएको उक्त कपडालाई ए–टेक्सटाइल नाम दिइएको हो ।
यो नवीन कपडाले मानिस बोल्दा लुगामा उत्पन्न हुने स्थैतिक विद्युतीय आवेशलाई समातेर प्रवद्र्धन गर्छ, जसले एआई प्रणालीलाई (भवाइस कमान्ड) चिन्न सहज बनाउँछ । परम्परागत कडा र भारी आवाज उपकरणभन्दा फरक यो कपडा नरम, लचिलो, हल्का र धुनेयोग्य छ ।
अनुसन्धानकर्ताले यस कपडामा ३–डी टिन–सल्फाइड न्यानोफ्लावर, सिलिकन रबर र ग्राफाइटजस्तै कार्बनयुक्त पदार्थ प्रयोग गरी बहुपरत संरचना तयार पारेका छन्, जसले आवेश सङ्कलन गर्ने क्षमतालाई अझ प्रभावकारी बनाउँछ ।
उक्त कपडाले ९७.५ प्रतिशतसम्मको आवाज पहिचान सफलता हासिल गरेको छ । यसमार्फत आवाज आदेश प्रयोग गरी घरका विद्युतीय उपकरण टाढैबाट नियन्त्रण गर्न सकिन्छ । यस कपडाबाट स्मार्टफोन एप पनि सञ्चालन गर्न सकिन्छ ।
अनुसन्धानले लुगामार्फतै एआईसँग अन्तरक्रिया गर्ने यो प्रविधि भविष्यमा स्मार्ट कपडा र धेरै उपयोगी मोबाइल सहायकको रूपमा प्रयोगमा ल्याउन सकिने देखाएको छ । (रासस÷सिन्ह्वा)