काठमाडौं । कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको भएको छ । रौतहटका २९ वर्षीय पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा मृत्यु भएको हो ।
Advertisement
ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार शनिबार राति मृत्यु भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । उनको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।