• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

पेरुकी राष्ट्रपति बोलुआर्तेलाई कंग्रेसद्वारा पदबाट हटाउने निर्णय


  •   शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
  • लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा फैलिएको तीव्र अपराधको लहरबीच राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाउने निर्णय गर्दै पेरुको कंग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेको छ ।

    Advertisement

    सांसदहरूले सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई अनुमोदन गरेका थिए । एक सय ३० सदस्यीय एकसदनीय कंग्रेसमा प्रत्येक प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो । त्यसपछि सांसदहरूले राष्ट्रपति बोलुआर्तेलाई आफ्‌नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गरे । अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे ।

    यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो । यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठवटा प्रयास असफल भएका थिए, तर यस पटक करिब सबै दलले महाभयोगको पक्षमा समर्थन जनाए ।

    संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ— यही प्रावधान प्रयोग गरेर सन् २०२२ डिसेम्बरमा उहाँका पूर्ववर्तीलाई पनि संसदले पदच्युत गरेको थियो ।

    राष्ट्रपति बोलुआर्ते हाल बढ्दो अपराध, विशेष गरी हत्या र जबरजस्ती असुलीको घटनाले त्रस्त देशमा नियन्त्रण स्थापित गर्न संघर्षरत हुनुहुन्थ्यो । बुधबार मात्रै उहाँले अपराध वृद्धिको एक कारणका रूपमा अवैध आप्रवासनलाई दोष दिनुभएको थियो ।

    उहाँले एक सैन्य समारोहमा भन्नुभएको थियो, “यो अपराध दशकौँदेखि बढ्दै आएको छ र अवैध आप्रवासनले यसलाई झनै बलियो बनाएको छ । विगतका सरकारहरूले यस समस्यालाई नियन्त्रण गर्न सकेनन्, बरु सिमाना खुला गरेर अपराधीहरूलाई देशभर पस्ने अनुमति दिए ।”

    आधिकारिक तथ्यांकअनुसार यस वर्ष जनवरीदेखि अगस्टको मध्यसम्म छ हजार ४१ जनाको मृत्यु भएको छ । यो सन् २०१७ पछि सोही अवधिमा सबैभन्दा उच्च संख्या हो । त्यस्तै, जनवरीदेखि जुलाईसम्म १५ हजार ९८९ जबरजस्ती असुली (फिरौती) का उजुरी दर्ता भएका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ प्रतिशतले बढी हो ।

    बुधबार राति देशको लोकप्रिय कम्बिया संगीत समूह ‘अगुआ मरिना’ को कन्सर्टमा भएको गोलीकाण्डपछि स्थिति झन् जटिल बनेको थियो । पाँच जना घाइते भएपछि सरकारमाथि जनआक्रोश चुलिएको र संसद्ले तत्काल कदम चाल्नुपर्ने माग उठेको थियो ।

    प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसद्मा अपराध–केन्द्रित विशेष सुनुवाइका क्रममा राष्ट्रपतिलाई बचाउने प्रयास गर्नुभयो । तर उहाँको व्याख्याले सांसदहरूलाई विश्वस्त पार्न सकेन । अरानाले भन्नुभयो। “संसद्को चिन्ता महाभियोगको प्रस्ताव पास गरेर समाधान हुँदैन । हामी आफ्नो भूमिकामा अडिग छौँ र हामीलाई सुरु दिनदेखि नै थाहा थियो — हाम्रो पहिलो दिन नै अन्तिम दिन पनि हुन सक्छ ।”

    राष्ट्रपति बोलुआर्तेलाई सत्ताबाट हटाउने यो कदमले पेरुमा राजनीतिक अस्थिरता फेरि एकपटक गहिरो बनाएको छ । अपराध नियन्त्रण, आप्रवासन नीति र शासन क्षमताप्रतिको विवादले देशलाई नयाँ अनिश्चिततामा धकेलेको टिप्पणी विश्लेषकहरूले गरेका छन् ।

    शुक्रबार, असोज २४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.