• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

वेदकालीन समाज

डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

मौलिक संस्कृति जोगाउन सहरमै सरायनाच

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

भारतले नहरमा पानी नछोडेपछि मानो रोपेर मुरी फलाउने सपना अधुरै


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • वीरेन्द्र कर्ण, वीरगञ्ज ।
    हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर नजिकै रहेको गण्डक नहरमा भने पानी आइसकेको छैन । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाडेपछि मानो रोपेर मुरी फलाउने काम यसपालि अधुरै हुन लागेको हो । गण्डक नहरमा पानी नआउँदा पर्सा, बारा तथा रौतहटमा सिँचाइको अभावमा चाहेजति धानको बेर्ना राख्न नपाएपछि यहाँका किसान पुर्पुरोमा हात राख्न बाध्य छन् ।

    Advertisement

    नारायणी सिँचाइ आयोजना बहुअरीका सूचना अधिकारी सुरेशप्रसाद साहले भारतले गण्डक नहरमा पानी छोडिसकेको भए पनि आजसम्ममा मात्र पानी आउने बताउनुभयो । मध्यतराईको अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटका किसानले गण्डक नहरमा समयमा पानी नछोड्दा राम्रोसँग धानको बेर्ना लगाउन नसकेका हुन् ।

    पश्चिमी पर्सा जगरनाथपुरका किसान हरिदेव भन्नुहुन्छ, ‘आकाशे पानीको भरमा थोरै बीउ लगाएको भए पनि अत्यधिकरुपमा वर्षा नहुँदा पानीको अभावमा लगाएको धानको बेर्नाको अभाव हुन थालेको छ ।’

    केही दिनयता मनसुन सक्रिय भई फाट्टफुट्ट पानी परे पनि पर्याप्तमात्रामा सिँचाइको अभावका कारण सोचे जति धानको बेर्ना लगाउन नसकिएको गुनासो गर्दै किसान मनोज साह कानु भन्नुहुन्छ, ‘आवश्यक पानीको अभावका कारण यसपालि सोचे जति धान उत्पादन गर्न सकिँदैन ।’

    तीन वर्षअघि साउनको अन्तिम साता आएको बाढीपहिरोले नेपाल–भारत क्षेत्रमा रहेको गण्डक नहरका विभिन्न ठाउँमा क्षति भएपछि नहरमा पानी आपूर्तिमा ढिलाइ हुँदा पानीको अभाव देखिएको हो ।

    पर्सामा ४६ हजार हेक्टर, बारामा ६० हजार ४३० हेक्टर तथा रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गर्दै आइरहेका छन् । पानीको अभावमा यस वर्ष पर्सा, बारा र रौतहटमा हालसम्म ४० प्रतिशत मात्र धानको बीउ राख्न सकिएको भन्दै कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादव गण्डक नहरमा समयमा पानी नछोड्दा यस वर्ष धानखेती प्रभावित हुने बताउनुहुन्छ ।

    भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछोड्दा पर्सा बारा रौतहटका किसानले साना सिँचाइ, आकाशे वर्षा तथा खोलाको पानी सदुपयोग गरी धानको बेर्ना लगाएको देखिन्छ । गण्डक नहरबाट पर्सा, बारा तथा रौतहटमा ३७ हजार हेक्टर क्षेत्रफललाई सिँचाइ पुग्ने पानी छोडिन्छ तर समयमा पानी नआउँदा यसपालि धान रोपाइँ ढिलो भएको किसान शेषमन पण्डितले चिन्ता व्यक्त गर्नुभयो । केही समयअघि बाढीले नेपालतर्फ ८१ किलोमिटर लामो गण्डक नहरलाई क्षति पु-याउँदा त्यस बेला पानीको अभावमा पर्सा, बारा र रौतहटको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइएको गहुँखेती प्रभावित भएको थियो ।

    भारतीय भूमि हुँदै गण्डक नहरको पानी पश्चिम पर्साको जानकी टोलाबाट शुरु भई पर्सा, बारा हुँदै रौतहटको वाग्मती नदीमा गएर मिसिन्छ । नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले नेपालतर्फ रहेको गण्डक नदीमा ८५० क्युसेक पानी छोड्नुपर्ने हुन्छ ।

    अन्नको भण्डार मानिने पर्सा, बारा तथा रौतहटमा पानीको अभावमा पर्याप्त मात्रामा अन्न उत्पादन हुन नसक्दा भारतमाथिको परनिर्भता बढ्दै गएको छ । उर्वराभूमि, पर्याप्त जनशक्ति र सिँचाइको ठूलो स्रोत हुँदाहुँदै पानीको अभावमा समयमा धान रोपाइँ हुन नसक्दा कृषिमा परनिर्भता बढदै गएको हो । सरकारले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भए पनि समयमा पानी नपर्दा तथा गण्डक नहरमा समयमा भारतीय पक्षले पानी नछाड्दा किसानलाई मानो रोपेर मुरी फलाउने काम सपना जस्तो भएको छ । (रासस)

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति
    नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता
    ह्यारी केनलाई ब्यालन डी’ओर
    नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा
    हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • २.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ३.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ४.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    • ५.
      नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

    • ६.
      हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

    • ७.
      वेदकालीन समाज

    • ८.
      डिएनए रिपोर्टको प्रतीक्षामै बित्यो बाँकेका प्रभावितको बडादसैँ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.