• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

भारतमा तालिबान विदेशमन्त्रीको ऐतिहासिक भ्रमण, दक्षिण एसियाली कूटनीतिमा नयाँ चरणको सङ्केत


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • नयाँदिल्ली । अफगानिस्तानका संयुक्त राष्ट्रसङ्घ–स्वीकृत विदेशमन्त्री आमिर खान मुत्ताकीले बिहीबार भारतको पहिलो औपचारिक भ्रमण आरम्भ गर्नुभएको छ ।

    Advertisement

    सन् २०२१ मा अमेरिकी नेतृत्वको सेनाको फिर्तीपछि तालिबान पुनः सत्तामा फर्किएयता कुनै पनि शीर्ष तालिबान नेताको यो पहिलो भारत भ्रमण हो ।

    मुत्ताकीको भ्रमण संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) ले उहाँलाई विशेष यात्रा छुट दिएपछि सम्भव भएको हो ।

    नयाँदिल्ली पछिल्ला वर्षहरूमा तालिबान सरकारसँग आफ्नो सम्पर्क गहिर्‍याउने प्रयासमा रहेकाले यो भ्रमणलाई भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानले विशेष चासोका साथ नियालिरहेको बताइन्छ ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मुत्ताकीलाई ‘न्यानो स्वागत’ गर्दै विज्ञप्तिमा भन्नुभयो, “हामी उहाँसँग द्विपक्षीय सम्बन्ध र क्षेत्रीय विषयहरूमा सार्थक छलफल गर्न उत्सुक छौँ ।”

    सन् २०२५ को जनवरीमा दुबईमा भारतका वरिष्ठ कूटनीतिज्ञ विक्रम मिस्रीसँग भेट गर्नुभएका मुत्ताकीले यसपटक विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करसँग उच्चस्तरीय वार्ताको तयारी गर्नुभएको छ ।

    दुवै पक्षले औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि विश्लेषकहरूले व्यापार, क्षेत्रीय सुरक्षा र मानवीय सहायतासम्बन्धी विषयहरू छलफलको केन्द्र हुने अनुमान गरेका छन् । भारतले हाल तालिबान सरकारलाई औपचारिक मान्यता दिने सम्भावना भने असम्भाव्य देखिएको छ ।

    अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीले भन्नुभयो, “नयाँदिल्ली अफगानिस्तानमा आफ्नो प्रभाव पुनःस्थापना गर्न उत्सुक छ र यस दौडमा चीन र पाकिस्तानलाई पछाडि पार्न चाहन्छ ।”

    यो भ्रमण हालै रुसमा सम्पन्न तालिबान प्रतिनिधिमण्डलको भेटपछि भएको हो । रुस अहिले तालिबान प्रशासनलाई औपचारिक रूपमा मान्यता दिने पहिलो र एकमात्र देश बनेको छ ।

    डोन्टीले भन्नुभयो, “तालिबानले अहिले कूटनीतिक मान्यता र वैधता खोजिरहेका छ, तर त्यो मार्ग अझै लामो छ ।”

    भारतका पूर्व राजदूत राकेश सुदले भन्नुभयो, “भारतलाई तालिबानलाई औपचारिक मान्यता दिन हतार छैन । अहिले भारतले व्यावहारिक र सतर्क कूटनीतिक नीति अपनाइरहेको छ ।”

    भारतले तालिबान सत्तामा फर्किएपछि देशबाट पलायन भएका हजारौँ अफगानीलाई लामो समयदेखि आश्रय दिँदै आएको छ । सन् २०२३ मा नयाँदिल्लीस्थित अफगान दूतावास बन्द भए पनि मुम्बई र हैदराबादका वाणिज्य दूतावासहरूले अझै सीमित सेवा सञ्चालन गरिरहेका छन् । भारतले काबुलमा आफ्नो उपस्थितिलाई मानवीय सहायताको समन्वयमा केन्द्रित रहेको बताएको छ ।

    – ‘ड्राइभ अ वेज’ — रणनीतिक सन्देश –

    तालिबानको इस्लामिक कानूनको कडा व्याख्या भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकारका दृष्टिमा वैचारिक रूपमा असङ्गत देखिए पनि भारतले यस अवस्थालाई कूटनीतिक अवसरका रूपमा लिन खोजिरहेको छ ।

    दक्षिण एसियामा भारत र पाकिस्तानबीच लामो समयदेखि कायम रहेको अविश्वासले क्षेत्रीय सम्बन्धमा गहिरो प्रभाव पारेको छ । विश्लेषकहरूको भनाइमा नयाँदिल्ली इस्लामाबाद र काबुलबीचको दूरीको फाइदा उठाउँदै आफ्नो रणनीतिक उपस्थितिलाई सुदृढ बनाउने प्रयासमा छ ।

    डोन्टीले भन्नुभयो, “काबुल इस्लामाबाद र नयाँदिल्लीबीचको नाजुक डोरीमा हिँड्नेछ, जहाँ भारतले औपचारिक मान्यता नदिई पनि सम्बन्धबाट सबैभन्दा बढी लाभ लिने प्रयास गर्नेछ ।”

    पाकिस्तानी विश्लेषक वाहिद फकिरीले मुत्ताकीको भ्रमणलाई ‘उल्लेखनीय विकास’ बताउँदै भन्नुभयो, “यो भ्रमण तालिबान र पाकिस्तानबीच बढ्दो तनावको पृष्ठभूमिमा आएको हो ।”

    इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी भूमिमा आक्रमण गर्ने आतङ्ककारी समूहहरूलाई निष्कासन गर्न असफल भएको आरोप लगाउँदै आएको छ । उक्त आरोपलाई काबुलले अस्वीकार गरेको छ ।

    हालै मे महिनामा भारत र पाकिस्तानबीच छोटो तर घातक सीमावर्ती भिडन्त भएको थियो । यसलाई दशकौँको सबैभन्दा गम्भीर सैन्य तनावका रूपमा लिइएको छ ।

    फकिरीले भन्नुभयो, “यो भ्रमणले पाकिस्तानलाई निश्चित रूपमा असहज बनाउनेछ र उसको शङ्का बढाउनेछ । तर यसले भारतको अफगानिस्तानभित्रको उपस्थितिलाई बलियो बनाउनेछ र सम्भवतः तालिबान र पाकिस्तानबीचको दूरी अझ बढाउनेछ ।”

    मुत्ताकीको यो भ्रमणले दक्षिण एसियाली कूटनीतिक परिदृश्यमा नयाँ सन्तुलन र प्रतिस्पर्धाको चरण आरम्भ गरेको कूटनीतिक वृत्तको मूल्याङ्कन छ ।

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.