• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गाजा युद्धविराममा सहमति : हमासद्वारा बन्धक मुक्त, इजरायलले कैदीहरू रिहा गर्ने


  •   बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
  • कायरो । इजरायल र हमासबीच बिहीबार गाजा युद्धविराम सम्झौतामा सहमति भएपछि दुई वर्षभन्दा बढी समयदेखि जारी रक्तपातपूर्ण युद्ध अन्त्य हुने सम्भावना देखिएको छ ।

    Advertisement

    यस सम्झौताले बाँकी जीवित इजरायली बन्धकहरूलाई केही दिनभित्रै मुक्त गर्ने बाटो खुलाएको छ । यसले युद्धले हजारौँको ज्यान लिएको र गाजामा गम्भीर मानवीय सङ्कट निम्त्याएको युद्धको अन्त्यतर्फको एक निर्णायक कदमका रूपमा हेरिएको छ ।

    सम्झौतामा बिहीबार नै हस्ताक्षर हुने बताइएको छ । सम्झौताले इजरायललाई सयौँ प्यालेस्टिनी कैदीहरू रिहा गर्न र गाजामा मानवीय सहयोग बढाउन आह्वान गर्दछ । यो सम्झौता सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको अभूतपूर्व आक्रमणपछि सुरु भएको युद्धको समाप्तितर्फको नयाँ चरण हो ।

    “हमासले सबै बन्धकहरूलाई मुक्त गर्नेछ र इजरायली सेनाले सहमति भएको रेखासम्म फिर्ता हुनेछ”, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो २०–बुँदे शान्ति योजनाअन्तर्गत इजिप्टमा भएको वार्तापछि घोषणा गर्दै भन्नुभयो, “म विश्वस्त छु, सबै बन्धकहरू सोमबारसम्म फिर्ता हुनेछन् ।”

    हमासभित्रका एक वरिष्ठ स्रोतका अनुसार समूहले सम्झौताको पहिलो चरणमा करिब दुई हजार प्यालेस्टिनी कैदीहरूको सट्टामा २० जीवित इजरायली बन्धकहरू रिहा गर्नेछ । यो आदानप्रदान सम्झौता कार्यान्वयन भएको ७२ घण्टाभित्र सम्पन्न हुनेछ ।

    ट्रम्पले गाजाको पुनर्निर्माण तथा शान्ति स्थापनामा वासिङ्टनको सक्रिय भूमिका रहने बताउनुभएको छ । उहाँका अनुसार यो युद्धविराम केवल युद्ध अन्त्यको नभई, स्थायी शान्तिको सुरुआत हो ।

    गाजाका विस्थापित नागरिक समीर जुदेहले भन्नुभयो, “दुई वर्षसम्म हामी निरन्तर बम, आतङ्क, विनाश र मृत्युको डरमा बाँच्यौँ । आज जब यो खबर सुनेँ, खुसीका आँसु रोक्न सकिनँ । अब हामीलाई अन्ततः शान्तिको सास फेर्ने मौका मिलेको अनुभूति भइरहेको छ ।”

    कतारले यस सम्झौतालाई ‘गाजा युद्धविरामको पहिलो चरण’ भन्दै स्वागत गरेको छ । कतारी विदेश मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “यो सम्झौता युद्धको अन्त्य, बन्धक र कैदीहरूको रिहाइ र मानवीय सहयोगको प्रवेशको प्रारम्भ हो ।”

    हमासका स्रोतका अनुसार २५० जना आजीवन कारावास सजाय पाएका र एक हजार सात सय अन्य प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ ।

    इजरायली प्रधानमन्त्री माननीय बेन्जामिन नेतान्याहुले ‘भगवानको कृपाले हामी हाम्रा नागरिकहरूलाई घर फर्काउनेछौँ’ भन्दै प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार सम्झौताको अनुमोदनका लागि मन्त्रिपरिषद् बैठक बिहीबार नै बस्नेछ ।

    ट्रम्पले केही दिनअघि नै उक्त सम्झौता ‘धेरै नजिक’ रहेको बताउनुभएको थियो र यस हप्ता नै मध्यपूर्वको यात्रा गर्ने सङ्केत पनि गर्नुभएको थियो ।

    एएफपीका पत्रकारका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बुधबार ह्वाइट हाउसमा ट्रम्पलाई इजिप्ट वार्ताको प्रगतिबारे तत्काल जानकारी दिएपछि घटनाक्रम तीव्र बनेको हो ।

    ट्रम्पले भन्नुभयो, “म आइतबारतिर इजिप्ट पुग्ने योजना बनाइरहेको छु र गाजाको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने सोच पनि छ ।”

    ट्रम्प शान्ति योजनाले युद्धविराम, सबै बन्धकहरूको रिहाइ, हमासको निःशस्त्रीकरण र इजरायली सेनाको चरणबद्ध फिर्तीको प्रस्ताव गर्दछ ।

    हमासले युद्धविरामको पहिलो चरणमा रिहाइ गर्न चाहेका प्यालेस्टिनी कैदीहरूको सूची इजरायललाई बुझाइसकेको छ । बदलामा, हमासले बाँकी रहेका ४७ जना बन्धकहरू — जीवित र मृत दुवै — मुक्त गर्ने तयारी गरेको जनाएको छ । ती सबै बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको हमास आक्रमणका क्रममा नियन्त्रणमा लिइएका थिए ।

    हमासका अनुसार यस सम्झौतामा इस्लामिक जिहाद र प्यालेस्टाइन मुक्ति लोकप्रिय मोर्चाका प्रतिनिधिहरू पनि सहभागी हुनेछन् ।

    आधिकारिक इजरायली तथ्याङ्कअनुसार हमासको आक्रमणमा एक हजार २१९ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश नागरिक थिए । दुई सय ५१ जनालाई गाजामा बन्धक बनाइएको थियो, जसमा ४७ जना अझै बाँकी छन् । इजरायली सेनाका अनुसार तीमध्ये २५ जनाको मृत्यु भइसकेको छ ।

    हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य आक्रमणमा कम्तीमा ६७ हजार १८३ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घले यो तथ्याङ्कलाई विश्वसनीय मानेको छ । मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको जनाइएको छ ।

    युद्धविराम सम्झौता हुनुअघि पनि गाजामा बमबारी जारी थियो । हमासको नियन्त्रणमा रहेको नागरिक सुरक्षा निकायका अनुसार सम्झौता घोषणा हुनु केही घण्टा अघि समेत विस्फोटको आवाज गुञ्जिएको थियो ।

    विश्वव्यापी दबाबका कारण युद्ध अन्त्यको माग तीव्र बनेको छ । गाजाको अधिकांश क्षेत्र ध्वस्त भइसकेको छ । संयुक्त राष्ट्रसङ्घले अनिकालको चेतावनी जारी गरेको छ र इजरायली बन्धक परिवारहरू आफ्ना प्रियजनहरूको फिर्तीका लागि अझै प्रार्थना गरिरहेका छन् ।

    वार्ताको एउटा मुख्य मुद्दा हमासले माग गरेको प्यालेस्टिनी कैदीहरूको सूची थियो, जसमा फतह आन्दोलनका वरिष्ठ नेता मारवान बारघौती पनि समावेश छन् ।

    हमासका प्रमुख वार्ताकार खलिल अल–हयाले भन्नुभयो, “हामीले राष्ट्रपति ट्रम्प र सहभागी राष्ट्रहरूबाट स्थायी शान्तिको ग्यारेन्टी चाहेका छौँ । यो युद्ध अब सधैँका लागि अन्त्य हुनुपर्छ ।”

    बिहिबार, असोज २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.