• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

हमास आक्रमणको दुई बर्ष पूरा, बन्धकको रिहाई र युद्धविराम निर्विकल्प शर्त भएको विश्व नेताहरूको भनाइ


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • पेरिस । प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई बर्ष पूरा भएको छ ।

    Advertisement

    इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।

    इजरायल र हमासबीचको लडाईमा अत्यधिक सर्वसाधारणको मृत्यु भएपछि विश्व नेताहरूले मङ्गलबार हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन् भने इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन् ।

    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बन्धकलाई तुरुन्त रिहा गर्न आफूले यसअघि गरेको अपिल दोहो¥याउनुभएको छ ।

    “सबैका लागि पीडा अन्त्य गर्नुहोस् । गाजा, इजरायल र यस क्षेत्रमा अहिले शत्रुताको अन्त्य गर्नुहोस्। नागरिकहरूलाई उनीहरूको जीवन र सुन्दर भविष्यको साथ दिन विताउन वातावरण सुनिश्चित गराउनुहोस् ।

    “दुई वर्षको आघात पछि अब हामीले आशा रोज्नु पर्छ,” उहाँले भन्नुभयो।

    इजरायलको विदेश मन्त्रालयले भनेको छ, “दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो । हामी गाजामा अझै पनि बन्धकहरूको फिर्तीको लागि प्रार्थना गर्दछौँ र हामी आतङ्कवादको बिरूद्ध एकजुट छौँ।“

    “यो युद्ध अन्त्य गर्न हमासलाई ध्वस्त पार्नुपर्छ,। त्यसपछिमात्र अँध्यारोमाथि ज्योति छाउनेछ,” इजरायली विदेश मन्त्रालयले एक्समा भनेको छ।

    हमासले अक्टोबर ७ को आक्रमण प्यालेस्टाइनी जनताविरुद्ध इजरायलले गरेको कदमको ‘ऐतिहासिक प्रतिक्रिया’ भएको बताएको छ।

    “हामी पुष्टि गर्नेछौँ, अक्टोबर ७ मा अल–अक्सामा भएको सशस्त्र प्रतिकार प्यालेस्टिनी मुद्दालाई निर्मूल पार्ने इजरायलको प्रयासविरूद्धको एक ऐतिहासिक प्रतिक्रिया थियो,” हमासका एक वरिष्ठ अधिकारी फावजी बरहौमले टेलिभिजन सम्बोधनमा भन्नुभएको छ।

    प्यालेस्टाइन क्षेत्रमा इजरायलको आक्रमणको युरोपमा सबैभन्दा मुखर आलोचक मध्ये एक स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले हमासको आक्रमणको निन्दा गर्नुभयो। साथै, उहाँले ‘प्यालेस्टिनी जनताको नरसंहार’ अन्त्य गर्न इजरायलसँग माग गर्नुभयो ।

    “यो सबै प्रकारका आतङ्कवादको कडा निन्दा दोहोर्याउने दिन हो, इजरायली बन्धकहरूको तत्काल रिहाइको लागि आह्वान गर्ने दिन हो,“ समाजवादी नेता साञ्चेजले एक्समा जारी एक सन्देशमा लेख्नुभएको छ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले प्यालेस्टिनी जनताको नरसंहार रोक्न र मानवीय कोरिडोर खोल्न पनि उहाँले माग गर्नुभयो ।

    बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बन्धकहरूको रिहाइको माग गर्नुका साथै ‘त्यो भयानक दिन’ को सम्झनाका लागि आयोजना गरिएको प्यालेस्टाइन समर्थक प्रदर्शनहरू अनादरपूर्ण भएको बताउनुभएको छ।

    “यो एक देशको रूपमा हामी को हौं भन्ने होइन,“ प्रधानमन्त्रीले युद्धप्रति आक्रोश व्यक्त गर्दै बेलायती पत्रिका ‘द टाइम्स’मा लेख्नुभएको छ।
    उहाँले भन्नुभयो, “अरूको लागि यति कम सम्मान गर्नु गैर–बेलायतीपन हो र तिनीहरूमध्ये केहीले फेरि यहूदी मानिसहरूप्रति घृणा सुरु गर्ने निर्णय गर्नु त्योभन्दा बढी हो।”

    जर्मन चान्सलर फ्रेडरिक मर्जले ‘सबै बन्धकहरूलाई तुरुन्त रिहा गरिनुपर्ने’ जोड दिँदै देशमा ‘यहूदी विरोधीको नयाँ लहर’ को चेतावनी दिनुभयो ।

    मर्जले भन्नुभयो, “युद्धपछिको पुस्ताको एक भागको रूपमा जुन ‘फेरि कहिल्यै नहुने’ प्रतिज्ञाको साथ हुर्केको छ, म गम्भीररूपमा चिन्तित छु।”

    उहाँले भन्नुभयो, “बाहिर जानुहोस् र हाम्रा यहूदी नागरिकहरूसँग सम्पर्क गर्नुहोस् ।. हामी उनीहरूको पक्षमा उभिएका छौँ र हामी मिलेर यो सुनिश्चित गर्न सबै सम्भव गर्नेछौं कि यहुदीहरू जर्मनीमा बिना कुनै डर बस्न सकून्।”

    फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सबै बन्धकहरूको रिहाई र युद्धविराम ढिला नगरी गरिनुपर्छ भन्नुभएको छ।

    उहाँले भन्नुभयो, “यस्तो घृणित काम फेरि कहिल्यै हुनु हुँदैन। हामी जताततै यहूदी विरोधीवादसँग लड्न र शान्ति निर्माण गर्न हाम्रो सबै शक्ति एकजुट गरौं ।”

    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले हमासले गरेको अत्याचारलाई कहिल्यै बिर्सन नहुने बताउनुभएको छ।

    उहाँले भन्नुभयो, “अष्ट्रेलिया सरकार पनि विश्वभरका यहुदी जनताको साथमा उभिएको छ, जसले कुनै पनि यहूदी विरोधीको कार्यमा इतिहासको सबैभन्दा कालो अध्यायको चिसो छाया महसुस गर्छन्।”

    इटालीकी अति दक्षिणपन्थी प्रधानमन्त्री जर्जिया मेलोनीले सन् २०२३ अक्टोबर ७ लाई ’इतिहासकै सबैभन्दा कालो दिनमध्येको एक’ बताउनुभएको छ।

    गाजाको लागि वर्तमान शान्ति योजनाले ‘शत्रुताको स्थायी अन्त्य प्राप्त गर्न, हमासको हातमा रहेका बन्धकहरूलाई घर फर्काउन र मध्य पूर्वमा शान्ति र सुरक्षाको लागि प्रक्रिया सुरु गर्न एक अवसर प्रदान गर्ने उहाँले बताउनुभएको छ।

    गाजामा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ४७ जना अझै बन्धक छन् तर त्यसमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.