• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

म्याक्रोनको दुविधा : प्रधानमन्त्रीको राजीनामापछि फ्रान्स कुन बाटोमा ?


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • पेरिस । फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पद सम्हालेको एक महिनाभन्दा कम समयमा राजीनामा दिएपछि राष्ट्रपति इमानुएल म्याक्रोनलाई गम्भीर राजनीतिक द्विविधाले घेरेको छ।

    Advertisement

    राजीनामापछि उहाँ पेरिसको सेन नदी किनारमा सुरक्षाकर्मीहरूबाट केही टाढा रहँदै गहिरो फोन वार्तामा व्यस्त देखिनुभएको दृश्य सार्वजनिक भएको थियो ।

    राष्ट्रपतिले कोसँग र के विषयमा कुरा गर्नुभएको हो भन्ने स्पष्ट छैन, तर उक्त दृश्यले उहाँको राजनीतिक एकान्तताको प्रतीक झल्काउँछ । म्याक्रोन अहिले सीमित र सबै जोखिमपूर्ण विकल्पहरूमध्ये कुन बाटो रोज्ने भन्ने गहिरो सोचमा हुनुहुन्छ ।

    सन् २०२७ मा आफ्नो दोस्रो कार्यकाल समाप्त भएपछि पदबाट हट्नुपर्ने अवस्थामा रहनुभएका म्याक्रोनका लागि विश्लेषकहरूले चार सम्भावित विकल्प देखाएका छन् । तर यी विकल्पमध्ये कुनै पनि सजिलो वा तत्काल समाधान होइनन् ।

    – लेकोर्नुलाई पुनः नियुक्त गर्ने विकल्प –

    पूर्व रक्षामन्त्री र म्याक्रोनका नजिकका व्यक्ति ब्रुनो ले मायरको नियुक्तिले उत्पन्न विवादपछि लेकोर्नुलाई पुनः अवसर दिन सकिने चर्चा छ । एलिसीले उहाँलाई नयाँ कार्ययोजना बनाउन दुई दिनको समय दिएको र सबै राजनीतिक शक्तिसँग अन्तिम छलफल गर्ने बताएको छ ।

    तर संसद्मा बहुमतको अभावका कारण उहाँले विश्वासको मत जित्न सक्ने निश्चितता छैन । युरोपियन पोलिसी सेन्टरका वरिष्ठ विश्लेषक पल टेलरका अनुसार मूल समस्या उस्तै नै रहन्छ — बजेट, पेन्सन सुधार र आप्रवासनजस्ता विषयमा सहमति अभाव ।

    – नयाँ प्रधानमन्त्रीको खोजी –

    म्याक्रोनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नुभयो भने उहाँको शासनकालमा यो आठौँ प्रधानमन्त्री र यो वर्षकै तेस्रो हुनेछन् । यो फ्रान्सको स्थायित्वका दृष्टिले राम्रो सङ्केत होइन ।

    वामपन्थी दलहरूले विस्तारित बजेटमार्फत जनमुखी नीति लागू गर्न सक्ने व्यक्तिलाई नियुक्त गर्न सुझाव दिएका छन् । तर यस्तो नियुक्तिले पनि स्थायित्व ल्याउने ग्यारेन्टी छैन । युरेसिया समूहका विश्लेषकहरूले भनेका छन्, “नयाँ प्रधानमन्त्री केही हप्तामै अपदस्थ हुन सक्छन्, जसले नयाँ निर्वाचनलाई अपरिहार्य बनाउनेछ ।”

    – प्रारम्भिक निर्वाचनको सम्भावना –

    सन् २०२४ को गर्मीमा गरिएको आकस्मिक मध्यावधि निर्वाचन गराउने उहाँको जुवा उल्टो परेपछि र फ्रान्सलाई त्रिशङ्कु संसद् दिएपछि म्याक्रोनले सधैँ समयपूर्व चुनाव बोलाउन प्रतिरोध गर्दै आउनुभएको छ । तर यदि लेकोर्नुको प्रयास असफल भयो भने उहाँले यही बाटो रोज्न सक्ने सङ्केत राष्ट्रपति कार्यालयले दिएको छ ।

    त्यस्ता चुनावले मरिन ले पेनको अति–दक्षिणपन्थी दल नेसलन र्‍याली (आरएन) लाई संसद्मा अझ बलियो बनाउन सक्छ र उहाँका उत्तराधिकारी जोर्डन बार्डेलालाई प्रधानमन्त्री बन्ने अवसर प्रदान गर्न सक्छ । यद्यपि इसिएफआरकी विश्लेषक सेलिया बेलिनका अनुसार नयाँ चुनावले विगत जुलाईको भन्दा फरक परिणाम दिने सुनिश्चितता छैन ।

    – राष्ट्रपतिको राजीनामाको सम्भावना –

    म्याक्रोनले कहिल्यै कार्यकाल पूरा हुनुअघि पदत्याग गर्ने विचार अस्वीकार गर्दै आउनुभएको छ । उहाँका अनुसार यसले राष्ट्रपतीय आकस्मिक चुनाव निम्त्याउँछ । तर अहिले उहाँमाथि बढ्दो दबाबका कारण यस्तो सम्भावना असम्भव पनि देखिँदैन ।

    विश्लेषक बेलिनका शब्दमा, “यदि नयाँ चुनावले स्थायी बहुमत नल्यायो भने राजनीतिक सङ्कट शासन सङ्कटमा परिणत हुन सक्छ । त्यस अवस्थामा राष्ट्रपति म्याक्रोनको सत्तामा टिकिरहने क्षमतामाथि प्रश्न उठ्न सक्छ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.