• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, कार्तिक १५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

बेनी-दरवाङ सडक सञ्चालन

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ८. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ९. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • १०. मूल प्रवाहको पहलमा चार लाख रुपैयाँ प्रारम्भिक क्षतिपूर्ति

१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्‍याली


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • क्विटो (इक्वेडर) । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

    Advertisement

    देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान हटाउने निर्णयको विरोधमा सुरु गरेको आन्दोलन दुई हप्ता यता जारी छ । सरकारको निर्णय अनुसार डिजेलको मूल्य प्रति ग्यालन १.८० डलरबाट २.८० डलरमा वृद्धि गरिएको छ, जसको प्रतिकारस्वरूप आन्दोलनले तीव्रता पाएको हो ।

    राजधानीको एक लोकप्रिय पार्कमा ‘डिजेल माथि जान्छ, सबै कुरा माथि जान्छ’ र ‘नोबोआ बाहिर जाऊ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू भेला भएका थिए । त्यहीँ सरकार समर्थक नागरिकहरू पनि ठूलो सङ्ख्यामा उपस्थित थिए । उनीहरूले राष्ट्रपति नोबोआको सुधार योजनालाई समर्थन जनाए ।

    प्रहरीका अनुसार आइतबार कुनै घाइते वा पक्राउ भएका छैनन्, तर केही प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुु ग्यास प्रयोग गरेको पुष्टि गरिएको छ ।

    शनिबार राति सरकारले ‘गम्भीर आन्तरिक अशान्ति’ भन्दै आइतबार मध्यरातदेखि १० वटा प्रान्तमा आपत्कालको घोषणा गरेको थियो । ती प्रान्तहरूमा प्रायः ठूलो आदिवासी जनसङ्ख्या रहेको छ र विरोध प्रदर्शन त्यहीँ केन्द्रित छ । आदेशले ठूलो जमघटमा प्रतिबन्ध लगाए पनि शान्तिपूर्ण प्रदर्शनमा भने रोक लगाएको छैन ।

    इक्वेडरको आदिवासी राष्ट्रियताहरूको परिसङ्घले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको आदेशलाई जनताको वैध मागहरूविरुद्धको ‘युद्धनीति’ भएको बताएको छ र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई सचेत रहन आह्वान गरेको छ ।

    एक हप्ताअघि प्रहरी र आदिवासी प्रदर्शनकारीबीच भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको र धेरै घाइते भएका थिए । झडपपछि करिब एक सय जनालाई पक्राउ गरिएको थियो, जसमा केही सैन्य सदस्यहरूलाई पछि रिहा गरिएको थियो ।

    आइतबार प्रदर्शनकारीहरूले आतङ्कवादसम्बन्धी अभियोगमा पक्राउ गरिएका १३ जनासहित सबै बन्दीको रिहाइको माग गरेका थिए । यसैबीच, सरकार समर्थकहरूले राजधानीको एल अर्बोलिटो पार्कमा आयोजना गरिएको कला मेलामार्फत नोबोआको नेतृत्वको समर्थन जनाएका छन् । उक्त कार्यक्रममा मन्त्रीहरू, सरकारी अधिकारीहरू र सुरक्षाकर्मीहरूको उपस्थिति थियो ।

    सरकारकी मन्त्री जाइदा रोभिराले पत्रकारहरूलाई भन्नुभयो, “इक्वेडर हिंसाबाट थकित भएको देश हो । अब हामी शान्ति र स्थायित्व चाहन्छौँ ।”

    सामाजिक सुरक्षा बोर्डका अध्यक्ष एडगर लामाले भन्नुभयो, “हिंसाको माध्यमबाट आफ्नो इच्छा थोप्न खोज्ने सानो समूहसँग कुनै संवाद सम्भव छैन ।”

    राष्ट्रपति नोबोआले इन्धन अनुदान कटौतीको निर्णय फिर्ता नलिइने स्पष्ट पार्नुभएको छ । उहाँले एक्समा लेख्नुभयो, “हिंसा रोज्नेहरूले कानूनको सामना गर्नुपर्नेछ । अपराध गर्नेहरूलाई अपराधीको रूपमा नै व्यवहार गरिनेछ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण
    इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की
    कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु
    बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर सङ्लग्न : एफबीआई
    जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर युरोपभर प्रदर्शन
    भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

    • २.
      जनता मावि कालाकाटेमा शुभकामना आदानप्रदान

    • ३.
      सुकुम्वासीमाथिको दमन नरोकिएको अप्फाको निष्कर्ष

    • ४.
      भृकुटी सहकारीको साधारणसभा (फोटासहित)

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      भुटानमा ४० हजार स्वयंसेवकद्वारा एकै दिन १०८ बौद्ध स्तूप निर्माण

    • ७.
      इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्ने ट्रम्पको धम्की

    • ८.
      कोलम्बियाली विद्रोही शिविरमा भेनेजुएलाको आक्रमण, नौ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.