• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्‍याली


  •   मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
  • क्विटो (इक्वेडर) । इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् ।

    Advertisement

    देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान हटाउने निर्णयको विरोधमा सुरु गरेको आन्दोलन दुई हप्ता यता जारी छ । सरकारको निर्णय अनुसार डिजेलको मूल्य प्रति ग्यालन १.८० डलरबाट २.८० डलरमा वृद्धि गरिएको छ, जसको प्रतिकारस्वरूप आन्दोलनले तीव्रता पाएको हो ।

    राजधानीको एक लोकप्रिय पार्कमा ‘डिजेल माथि जान्छ, सबै कुरा माथि जान्छ’ र ‘नोबोआ बाहिर जाऊ’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू भेला भएका थिए । त्यहीँ सरकार समर्थक नागरिकहरू पनि ठूलो सङ्ख्यामा उपस्थित थिए । उनीहरूले राष्ट्रपति नोबोआको सुधार योजनालाई समर्थन जनाए ।

    प्रहरीका अनुसार आइतबार कुनै घाइते वा पक्राउ भएका छैनन्, तर केही प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुु ग्यास प्रयोग गरेको पुष्टि गरिएको छ ।

    शनिबार राति सरकारले ‘गम्भीर आन्तरिक अशान्ति’ भन्दै आइतबार मध्यरातदेखि १० वटा प्रान्तमा आपत्कालको घोषणा गरेको थियो । ती प्रान्तहरूमा प्रायः ठूलो आदिवासी जनसङ्ख्या रहेको छ र विरोध प्रदर्शन त्यहीँ केन्द्रित छ । आदेशले ठूलो जमघटमा प्रतिबन्ध लगाए पनि शान्तिपूर्ण प्रदर्शनमा भने रोक लगाएको छैन ।

    इक्वेडरको आदिवासी राष्ट्रियताहरूको परिसङ्घले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको आदेशलाई जनताको वैध मागहरूविरुद्धको ‘युद्धनीति’ भएको बताएको छ र अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूलाई सचेत रहन आह्वान गरेको छ ।

    एक हप्ताअघि प्रहरी र आदिवासी प्रदर्शनकारीबीच भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको र धेरै घाइते भएका थिए । झडपपछि करिब एक सय जनालाई पक्राउ गरिएको थियो, जसमा केही सैन्य सदस्यहरूलाई पछि रिहा गरिएको थियो ।

    आइतबार प्रदर्शनकारीहरूले आतङ्कवादसम्बन्धी अभियोगमा पक्राउ गरिएका १३ जनासहित सबै बन्दीको रिहाइको माग गरेका थिए । यसैबीच, सरकार समर्थकहरूले राजधानीको एल अर्बोलिटो पार्कमा आयोजना गरिएको कला मेलामार्फत नोबोआको नेतृत्वको समर्थन जनाएका छन् । उक्त कार्यक्रममा मन्त्रीहरू, सरकारी अधिकारीहरू र सुरक्षाकर्मीहरूको उपस्थिति थियो ।

    सरकारकी मन्त्री जाइदा रोभिराले पत्रकारहरूलाई भन्नुभयो, “इक्वेडर हिंसाबाट थकित भएको देश हो । अब हामी शान्ति र स्थायित्व चाहन्छौँ ।”

    सामाजिक सुरक्षा बोर्डका अध्यक्ष एडगर लामाले भन्नुभयो, “हिंसाको माध्यमबाट आफ्नो इच्छा थोप्न खोज्ने सानो समूहसँग कुनै संवाद सम्भव छैन ।”

    राष्ट्रपति नोबोआले इन्धन अनुदान कटौतीको निर्णय फिर्ता नलिइने स्पष्ट पार्नुभएको छ । उहाँले एक्समा लेख्नुभयो, “हिंसा रोज्नेहरूले कानूनको सामना गर्नुपर्नेछ । अपराध गर्नेहरूलाई अपराधीको रूपमा नै व्यवहार गरिनेछ ।”

    मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      शिक्षामन्त्री सस्मित पोखरेल तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • २.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • ३.
      सुनसरी घटनाको सन्दर्भमा

    • ४.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ५.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ६.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ७.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ८.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.