• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हमास बन्धक र बन्दी आदानप्रदानलाई शीघ्रता दिन आतुर


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • कायरो । हमासले आइतबार इजरायलसँग बन्धक–बन्दी आदानप्रदानको द्रूत सुरुवात गर्न आफू तयार रहेको र इजरायलले पनि यसलाई ढिलो नगरी शान्ति प्रक्रियालाई अघि बढाओस भन्ने चाहेको बताएको छ ।

    Advertisement

    गाजामा करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुई युद्धरत पक्षका वार्ताकारहरू इजिप्टमा भेट्न लागेका बेला हमासको यो भनाइ सार्वजनिक भएको हो ।

    वार्ता व्यापक र दिगो युद्धविराम प्राप्त गर्ने ‘वास्तविक अवसर’ भएको इजिप्टसहित कैयौँ देशका विदेशमन्त्रीहरूले बताएका छन्।

    हमासका एक वरिष्ठ अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भन्नुभयो, “हमास युद्ध अन्त्य गर्न सहमतिमा पुग्न र स्थलगत अवस्था अनुसार तुरुन्त कैदी आदानप्रदानको प्रक्रिया सुरु गर्न आतुर छ ।”

    इजरायली जेलमा रहेका प्यालेस्टिनीहरूको बदलामा गाजामा बन्दीहरूको रिहाइको लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार्गचित्रमा प्यालेस्टिनी लडाकू समूह (हमास)ले सकारात्मक प्रतिक्रिया दिएको छ।

    वार्ताकारहरूले रिसोर्टहरूका लागि प्रसिद्ध इजिप्टको शहर शर्म अल–शेखमा वार्ता गर्ने कार्यक्रम रहेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा बन्धकहरूलाई केही दिनभित्रै रिहा गर्न सकिने आशा व्यक्त गर्नुभएको छ ।

    नेतन्याहूले शनिबार वार्ताकारहरूलाई वार्ताका लागि ‘प्राविधिक विवरणलाई अन्तिम रूप दिन’ इजिप्ट जान निर्देशन दिएको बताउनुभएको छ भने कायरोले ‘सबै इजरायली बन्दी र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानको जमिनी अवस्था र विवरण’ बारे वार्ताका लागि हमासको एक प्रतिनिधिमण्डललाई पनि आतिथ्य गर्ने पुष्टि गर्नुभयो।

    इजरायली सरकारका प्रवक्ताले भन्नुभयो, “इजरायली प्रतिनिधिमण्डल आइतबार साँझ इजिप्टका लागि प्रस्थान गर्नेछ, सोमबार वार्ता सुरु हुनेछ ।”

    सोमबार नै हमास आक्रमणको दोस्रो वर्ष पूरा हुनेछ । हमासलगायत प्यालेष्टिनी लडाकू समूहहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा आक्रमण गरेर एक हजार २०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने २५१ जनालाई बन्धक बनाई गाजातर्फ लगेका थिए ।

    बदलामा इजरायलले हमासविरूद्धको आक्रमणको घोषणा गरेको थियो । इजरायली आक्रमणमा ६२ हजारभन्दा बढी प्यालेष्टिनीको मृत्यु भइसकेको छ।

    ह्वाइट हाउसका अनुसार वार्ताका लागि ट्रम्पले आफ्ना ज्वाइँ जारेड कुश्नर र मध्यपूर्वका वार्ताकार स्टिभ विटकोफ गरी दुई जना दूत इजिप्ट पठाउनुभएको छ ।

    “मध्यस्थकर्ताहरूसँगको कुराकानीको क्रममा हमासले इजरायलले गाजा पट्टीका सबै क्षेत्रहरूमा सैन्य कारबाही रोक्न, सबै हवाई, जासुसी र ड्रोन गतिविधि रोक्न र गाजा शहर भित्रबाट फिर्ता हुन आवश्यक रहेको बताएको छ,” हमास निकट एक प्यालेस्टिनी स्रोतले भन्यो।

    बन्धकमध्ये ४७ जना अझै जीवित वा मृत अवस्थामा गाजामा रहेका छन् भने तीमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

    ट्रम्पको योजना अनुसार बन्धकहरूको रिहाइको बदलामा इजरायलले आजीवन कारावाससहितको सजाय पाएका २५० प्यालेस्टिनी कैदी र युद्ध सुरु भएपछि गाजा पट्टीबाट पक्राउ परेका एक हजार ७०० भन्दा बढी बन्दीहरूलाई रिहा गर्ने अपेक्षा गरिएको छ।

    ट्रम्पले हमासबाट हुने ढिलासुस्ती नसहने चेतावनी दिँदै उक्त समूहलाई सम्झौताका लागि छिटो अघि बढ्न आग्रह गर्नुभएको छ ।

    ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल नेटवर्कमा इजरायलले गाजामा फिर्तीको प्रारम्भिक लाइनमा सहमति जनाएको र यो कुरा हमाससँग साझा गरिएको बताउनुभएको छ ।

    “हमासले यस कुराको पुष्टि गरेपछि युद्धविराम तुरुन्त प्रभावकारी हुनेछ । बन्धक र कैदीको आदानप्रदान सुरु हुनेछ र त्यसपछि हामी इजरायली सेनाको फिर्ताको अर्को चरणको लागि अवस्था सिर्जना गर्नेछौँ,” अमेरिकी राष्ट्रपति ट्रम्पले प्रस्तावित लाइनको विवरणसहित गरेको सन्देशमा उल्लेख छ।

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.