• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जापानकी पहिलो महिला प्रधानमन्त्री बन्न लाग्नुभएकी ताकाइची नारीवादी हुनुहुन्न


  •   आइतबार, असोज १९, २०८२ मा प्रकाशित
  • टोकियो । साने ताकाइची जापानकी पहिलो महिला प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ तर उहाँका विचारहरू अझै पनि गहिरो पितृसत्तात्मक समाजका लागि सामाजिक रूपमा रूढीवादी मानिन्छन् ।

    Advertisement

    मार्गरेट थ्याचरलाई आफ्नो प्रेरणा मान्नुहुने ताकाइची शनिबार सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को प्रमुखमा निर्वाचित हुनुभयो र सम्भवतः यही महिनाको अन्त्यमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुहुनेछ ।

    उहाँले ‘नर्डिक देशहरूजस्तै’ महिला प्रतिनिधित्वसहितको मन्त्रिपरिषद् बनाउने वाचा गर्नुभएको छ । हालका प्रधानमन्त्री सिगेरू इसिबाको नेतृत्वमा दुई जना मात्र महिला मन्त्री थिए ।

    ६४ वर्षीया ताकाइचीले महिलाको स्वास्थ्य सङ्घर्षका विषयमा जनचेतना बढाउने आशा व्यक्त गर्नुभएको छ र रजोनिवृत्तिको आफ्नै अनुभवबारे खुलेर बोल्नुभएको छ ।

    यद्यपि, लैङ्गिक समानतासम्बन्धी उहाँका नीतिहरू अत्यन्तै रूढीवादी मानिन्छन् । उहाँ १९औँ शताब्दीको कानूनी प्रावधानमा भएको प्रस्तावित संशोधनको विरोधमा हुनुहुन्छ, जसले विवाहित जोडीहरूलाई एउटै थर लिन बाध्य पार्छ । यस कारण धेरै महिलाहरू पतिको थर लिन बाध्य हुने गर्छन् ।

    ताकाइची जापानको शाही परिवारले पुरुष–मात्र उत्तराधिकार प्रणाली कायम राख्नुपर्ने पक्षमा हुनुहुन्छ र समलिङ्गी विवाहको समेत ‘मौलिक रूपमा विरोध’ गर्नुहुन्छ ।

    टोकाई विश्वविद्यालयकी राजनीति तथा लैङ्गिक अध्ययन विज्ञ प्राध्यापक युकी सुजीका अनुसार ताकाइचीलाई महिला अधिकार वा लैङ्गिक समानतामा खास चासो छैन ।

    उहाँले भन्नुभयो, “त्यसैले अघिल्ला एलडिपी प्रशासनहरूका तुलनामा यस क्षेत्रमा ठूला नीतिगत परिवर्तनको सम्भावना छैन ।”

    सुजीका अनुसार महिला प्रधानमन्त्रीका रूपमा ताकाइचीको प्रतीकात्मक उपस्थिति ‘धेरै महत्त्वपूर्ण’ हुनेछ, तर यदि उहाँ असफल हुनुभयो भने ‘महिला नेतृत्वबारे नकारात्मक धारणा अझै बलियो बन्न सक्छ ।’

    – गर्व र आशा –

    टोकियोकी कार्यालय कर्मचारी ५० वर्षीया युकाले ताकाइचीको जितप्रति खुशी व्यक्त गर्दै भन्नुभयो, “अब हामी विश्वलाई गर्वका साथ भन्न सक्छौँ कि जापानसँग पहिलो महिला नेता हुन लाग्नुभएको छ ।”

    तर उहाँ ताकाइचीको नेतृत्वमा लैङ्गिक समानतामा ठूलो प्रगति हुने अपेक्षामा भने सशङ्कित हुनुहुन्छ ।

    गत वर्ष पूर्व केबिन परिचारिका मित्सुको टोटोरी जापान एयरलाइन्सकी मालिक बन्न सफल हुनुभयो, तर त्यस्तो उपलब्धि जापानको कर्पोरेट संसारमा अझै दुर्लभ छ, जहाँ लामो कार्यसमय र सीमित बाल हेरचाह सुविधाले महिलालाई पछि पार्दछ ।

    सन् २०२१ मा जापानमा महिलाले जम्मा १३.२ प्रतिशत व्यवस्थापकीय पद ओगटेका थिए, जुन आर्थिक सहयोग तथा विकास सङ्गठनका सदस्य देशहरूमध्ये सबैभन्दा कम हो ।

    विश्व आर्थिक मञ्चको ग्लोबल जेन्डर ग्याप रिपोर्ट–२०२५ अनुसार जापान १४८ देशमध्ये ११८औँ स्थानमा छ ।

    “यहाँ धेरै सक्षम महिलाहरू छन्, तर नेतृत्वका अवसरहरू प्रायः पुरुषहरूले कब्जा गर्छन्”, युकाले भन्नुभयो, “धेरै महिलाहरू आफ्ना छोराछोरी वा बुढेसकालका आमाबाबुको हेरचाहका कारण करियरको शिखरमा पुग्नुअघि नै छोड्न बाध्य हुन्छन् ।”

    – राजनीतिमा चुनौतीहरू –

    जापानी संसद्को तल्लो सदनमा महिलाको प्रतिनिधित्व मात्र करिब १५ प्रतिशत छ । उल्लेखनीय अपवाद भनेकी टोकियोकी गभर्नर युरिको कोइके हुनुहुन्छ जसले निःशुल्क डे केयरजस्ता महिला–मैत्री कार्यक्रमहरू ल्याउनुभएको छ ।

    महिला सांसदहरूले राजनीतिज्ञ र गृहिणी दुवै भूमिकाको सन्तुलन गर्न कठिनाइ झेलेका छन् — जुन उनीहरूको पुरुष समकक्षका लागि समस्या ठानिँदैन । उनीहरूले प्रायः लैङ्गिक पूर्वाग्रहपूर्ण टिप्पणी र अपमानजनक व्यवहार पनि सहनुपरेको छ ।

    सन् २०२४ मा तत्कालीन उपप्रधानमन्त्री तारो एसोले विदेशमन्त्री योको कामिकावालाई ‘आन्टी’ र ‘त्यति सुन्दर नभएको’ भन्दै सार्वजनिक रूपमा टिप्पणी गर्नुभएको थियो ।

    मिटु आन्दोलनले जापानमा धेरै प्रभाव जमाउन सकेको छैन, यौन दुर्व्यवहारका पीडितहरू अगाडि आउन अझै हिचकिचाइरहेका छन् ।

    पूर्व सैनिक रिना गोनोई र पत्रकार शिओरी इतोले आफ्नो बहादुरीका कारण प्रशंसा पाएका भए पनि तीव्र अनलाइन घृणा अभियानको सामना गर्नुपरेको थियो ।

    “विगतमा जापानमा महिला सम्राटहरू भएका थिए, तर महिला प्रधानमन्त्री कहिल्यै थिएनन्”, अपाङ्गता भएका व्यक्तिहरूको हेरचाहमा कार्यरत २३ वर्षीया रयुकी तात्सुमीले भन्नुभयो, “त्यसैले यो जापानका लागि प्रगति गर्ने ऐतिहासिक अवसर हुनसक्छ ।”

    आइतबार, असोज १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.