जेनेभा । सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार सात सयभन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घका प्रवक्ताले बताउनुभएको छ ।
आप्रवासी र शरणार्थीले सामना गर्ने उच्च जोखिमको सम्झना गराउन राष्ट्र सङ्घ महासचिवका प्रवक्ता स्टेफन डुजारिकले नियमित दैनिक ब्रिफिङमा सो जानकारी दिनुभएको हो ।
दुजारिकले १२ वर्षपहिले इटालीको टापु लम्पेडुसाको तटमा तीन सय ६८ मानिसले सरल जीवनको खोजी गर्दा समुद्रमा ज्यान गुमाएको तथा करिब पाँच सय अफ्रिकी आप्रवासी बोकेको माछा मार्ने डुङ्गामा आगो लागेको र लम्पेडुसा नजिकै डुबेको बताउनुभयो ।
सो समयमा राष्ट्र सङ्घका एजेन्सीले परिवर्तनका लागि व्यापक आह्वान र यस्तो त्रासदी फेरि कहिल्यै नहोस् भन्ने सुनिश्चित गरेको भए पनि हाल समुद्रमा ज्यान गुमाउनेको सङ्ख्या बढिरेकोमा उहाँले शोक व्यक्त गर्नुभयो ।
राष्ट्र सङ्घका एजेन्सीले त्यस बेलादेखि मध्यभूमध्यमार्गमा हरेक हप्ता औसत ४२ जनाको ज्यान गएको जनाएको र ती पाँच जनामध्ये एक जना बालबालिका रहेको उहाँले बताउनुभयो ।
राष्ट्रसङ्घका एजेन्सीले अन्तर्राष्ट्रिय सहयोग बलियो बनाउन द्वन्द्वलाई सम्बोधन गर्न र सुरक्षित र नियमित आप्रवासन प्रणालीलाई बलियो बनाउन मानव बेचबिखन गर्नेद्वारा आयोजित खतरनाक समुद्री यात्रामा निर्भरता कम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । (रासस/सिन्ह्वा)





