• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

मांसहारलाई न्यूनतम बनाउन स्वास्थ्य विज्ञहरूको जोड


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • पेरिस । अन्तर्राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञहरूले पुनः एक पटक जोड दिँदै स्वस्थ आहारमा मासुको खपत न्यूनतम राखिनु आवश्यक रहेको बताएका छन् ।

    Advertisement

    यसअघि प्रस्तुत गरिएको र खाद्य उद्योगले तीव्र रूपमा अस्वीकार गरेको निष्कर्षलाई थप दृढ पार्दै विज्ञहरूले शुक्रबार प्रकाशित प्रतिवेदनमार्फत आफ्ना सिफारिसहरू दोहो¥याएका हुन् ।

    विश्वप्रसिद्ध मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित प्रतिवेदनका लेखकहरूका अनुसार स्वस्थ आहार मुख्यतः बोटबिरुवामा आधारित हुनुपर्छ । यसमा पशुजन्य आहारलाई केवल मध्यम मात्रामा मात्र समावेश गरिनु पर्ने र चिनी, स्याचुरेटेड फ्याट तथा नुनको खपत यथासम्भव कम गर्नुपर्ने उल्लेख गरिएको छ ।

    यो प्रतिवेदनले सन् २०१९ मा प्रकाशित अध्ययनलाई आधार मानेको छ । त्यतिबेला सो अध्ययनले विश्वभर मासुको खपतलाई न्यूनतम बनाउनुपर्ने सुझाव दिएको थियो, तर उक्त अध्ययनले कृषि–खाद्य उद्योगका तर्फबाट निकै प्रतिरोधको सामना गर्नुपरेको थियो । धेरै उद्योगिक सङ्घहरूले उक्त सुझावलाई अतिरञ्जित, खतरनाक र स्थानीय परिकार तथा उपभोग संस्कृतिका लागि अनुपयुक्त भन्दै अस्वीकार गरेका थिए ।

    यद्यपि वैज्ञानिक समुदायले भने उक्त सिफारिसलाई सकारात्मक रूपमा लिएको थियो । यद्यपि आलोचकहरूले अध्ययनले पौष्टिक आहार लिनमा बाधा पु¥याउने विश्वभरको खाद्य पहुँचमा देखिने सामाजिक–आर्थिक असमानतालाई पर्याप्त सम्बोधन नगरेको बताएका थिए ।

    यसपटक आयोगले वातावरणमैत्री र स्वास्थ्यलाई सन्तुलनमा राख्ने आहारमा जोड दिएको छ । तथापि, प्रतिवेदनको सबैभन्दा धेरै प्रतीक्षित भाग अद्यावधिक गरिएको ‘ग्रह स्वास्थ्य आहार’ (प्लानेटरी हेल्थ डाइट) सम्बन्धी तथ्याङ्क थियो ।

    विज्ञहरूले नयाँ सिफारिस तयार गर्दा हालसालका सबैभन्दा विश्वसनीय र अद्यावधिक अनुसन्धानलाई आधार मानेको बताएका छन् । अन्ततः ती सिफारिसहरू सन् २०१९ का नतिजासँग धेरै फरक नभएको पनि उनीहरूको निष्कर्ष छ ।

    ताजा प्रतिवेदनअनुसार गाई, भेडा र सुँगुरको मासुको खपत दैनिक १५ ग्राम (०.५ औंस) भन्दा बढी हुनु हुँदैन । सन् २०१९ मा यो सीमा १४ ग्राम तोकिएको थियो । यद्यपि यो सिफारिस झण्डै समान नै छ ।

    यसका अतिरिक्त व्यक्तिले दैनिक रूपमा करिब २०० ग्राम तरकारी, ३०० ग्राम फलफूल र २१० ग्राम अन्न खानुपर्ने सिफारिस गरिएको छ । दुग्धजन्य पदार्थको दैनिक खपत २५० ग्राम हुनु उपयुक्त देखाइएको छ भने माछा वा समुद्री खाना ३० ग्राम र कुखुराजस्तो सेतो मासु मध्यम मात्रामा ग्रहण गर्न सिफारिस गरिएको छ । यी तथ्याङ्कहरू पनि धेरै हदसम्म सन् २०१९ मा तय गरिएका मानकहरूसँग मेल खान्छन् ।

    शोधकर्ताहरूले प्रतिवेदनमार्फत यस्तो आहारको पालना स्वास्थ्य सुधारसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको बताएका छन् । यसले दीर्घकालीन रूपमा सबै कारणले हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउनेछ र आहारसँग सम्बन्धित प्रमुख दीर्घकालीन रोगहरूको जोखिमलाई पनि न्यून पार्नेछ ।

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.