• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लागुऔषध गिरोहसँग ’सशस्त्र द्वन्द्व’ भएको ट्रम्पको घोषणा


  •   शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
  • वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका हाल लागुऔषध कार्टेलहरूसँग ‘सशस्त्र द्वन्द्व’ मा संलग्न रहेको औपचारिक घोषणा गर्नुभएको छ । उक्त जानकारी उहाँको प्रशासनले भेनेजुएलाबाट प्रस्थान गरेका डुङ्गाहरूमा हालै भएको घातक आक्रमणपछि कंग्रेसलाई पठाएको आधिकारिक सूचनामा उल्लेख गरिएको छ ।

    Advertisement

    एएफपीले बिहीबार प्राप्त गरेको सो पत्रमा अन्तर्राष्ट्रिय पानीमा भएका कम्तीमा तीन वटा आक्रमणलाई कानूनी औचित्य दिनका लागि यो कदम चालिएको बताइएको छ । ती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको पुष्टि गरिएको छ ।

    भेनेजुएलाका वामपन्थी राष्ट्रपति निकोलस मदुरोसँग बढ्दो तनावका बीच अमेरिकी प्रशासनले लागुऔषध तस्करीविरुद्ध कठोर कदम चाल्दै क्यारिबियन सागर क्षेत्रमा ठूलो सङ्ख्यामा सैन्य जहाजहरू तैनाथ गरेको छ ।

    पेन्टागनले कंग्रेसलाई पठाएको सूचनामा भनिएको छ, “राष्ट्रपतिले यी कार्टेलहरूलाई गैर–राज्य सशस्त्र समूहका रूपमा परिभाषित गर्नुभएको छ, तिनीहरूलाई आतङ्कवादी सङ्गठनको दर्जामा राखिएको छ, र उनीहरूको गतिविधिहरू संयुक्त राज्य अमेरिकाविरुद्धको प्रत्यक्ष सशस्त्र आक्रमण भएको ठहर गरिएको छ ।” साथै, सो सूचनामा सन्दिग्ध तस्करहरूलाई ‘गैरकानूनी लडाकू’ का रूपमा वर्णन गरिएको छ ।

    हालै अमेरिकी सेनाले भेनेजुएलाको तट नजिकै लागुऔषधले भरिएका डुङ्गाहरूलाई लक्ष्य बनाएको आक्रमणबारे कानूनी विज्ञहरूले भने वासिङ्टनको कदम वैधानिकताको दृष्टिले विवादास्पद भएको टिप्पणी गरेका छन् ।

    ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले भन्नुभयो, “राष्ट्रपतिले हाम्रो मुलुकलाई हाम्रो किनारमा घातक विष ल्याउन खोज्नेहरूबाट जोगाउन सशस्त्र द्वन्द्वसम्बन्धी अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्नुभएको छ । उहाँले कार्टेलहरूको सामना गर्ने वाचा पूरा गर्नुभएको छ र अमेरिकी नागरिकहरूको ज्यान सुरक्षित राख्ने दायित्व पूरा गरिरहनुभएको छ ।”

    यसैबीच ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीले सेप्टेम्बर १५ मा भएको आक्रमणपछि कंग्रेसलाई सो नोट पठाइएको जानकारी दिएका छन् । उनका अनुसार अमेरिकी सेना कुनै पनि आक्रमणमा संलग्न भएपछि त्यसबारे कंग्रेसलाई सूचित गर्नु कानूनी रूपमा अनिवार्य हुन्छ । अधिकारीले थप स्पष्ट पार्दै भने, “यसले कुनै नयाँ सूचना दिएको होइन, बरु कानूनी दायित्वअनुसार गरिएको कार्य मात्र हो ।”

    तर, यी घटनाले अमेरिकाको हवाई र नौसैनिक गतिविधिलाई लिएर क्षेत्रीय तनावलाई अझ बढाएको छ । भेनेजुएलाले बिहीबार आफ्नो तटबाट करिब ७५ किलोमिटर दूरीमा पाँच वटा अमेरिकी लडाकू विमान ‘अवैध रूपमा घुसपैठ गरेको’ दाबी गरेको छ ।

    भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनोले सार्वजनिक अभिव्यक्तिमा ती कथित उडानहरूलाई ‘उक्साहट’ तथा ‘राष्ट्रिय सुरक्षाका लागि प्रत्यक्ष खतरा’ भन्दै कडा शब्दमा निन्दा गर्नुभयो । साथै, सरकारी विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको र क्यारिबियन सागरमा नागरिक उड्डयनलाई समेत खतरामा पारेको आरोप लगाइएको छ ।

    यसअघि गत महिना, राष्ट्रपति ट्रम्पले अमेरिकी भूभाग पोर्टो रिकोमा १० वटा अत्याधुनिक एफ–३५ लडाकू विमान पठाउनुभएको थियो । यो तैनाथीलाई तीन दशकभन्दा लामो अवधिमा यस क्षेत्रमा गरिएको सबैभन्दा ठूलो अमेरिकी सैन्य तैनागीका रूपमा लिइएको छ ।

    त्यसैगरी, क्यारिबियन हुँदै अमेरिकामा भइरहेको लागुऔषध तस्करी नियन्त्रण गर्ने उद्देश्यले आठवटा युद्धपोत र एउटा आणविक पनडुब्बी समेत पठाइएको थियो ।

    गत महिना मात्र भेनेजुएलाका दुईवटा सैन्य विमानले अमेरिकी नौसेनाको जहाजलाई आक्रमण गरेपछि राष्ट्रपति ट्रम्पले काराकासलाई चेतावनी दिँदै भन्नुभएको थियो, “यदि यस्तै घटना दोहोरिएमा भेनेजुएलाका लडाकू जेटहरूलाई गोली हानेर खसालिनेछ ।” 

    यसैबीच, राष्ट्रपति मदुरोले भने ट्रम्प प्रशासनलाई भेनेजुएलामा शासन परिवर्तन गर्न गोप्य प्रयास गरिरहेको आरोप लगाउँदै अमेरिकी कदमलाई प्रत्यक्ष हस्तक्षेपको उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ ।

    शुक्रबार, असोज १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.