• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

चीनमा फेला परेको खोपडीले मानव विकासको समयरेखा परिवर्तन गर्ने


  •   बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
  • बैङ्कक । चीनमा सन् १९९० मा फेला परेको झन्डै १० लाख वर्ष पुरानो मानव खोपडीको डिजिटल पुनर्निर्माणले मानव विकासबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको छ ।

    Advertisement

    अध्ययनअनुसार आधुनिक मानवका पुर्खाहरू पहिले अनुमान गरिएभन्दा करिब चार लाख वर्षअगाडि नै फरक समूहमा विभाजित भइसकेका थिए र यो प्रक्रिया अफ्रिकाभन्दा एसियामा सुरु हुन सक्ने सङ्केत देखिन्छ ।

    युन्जियन–२ नाम दिइएको उक्त खोपडी सुरुमा होमोइरेक्टसको अवशेष मानिएको थियो तर अत्याधुनिक सिटिस्क्यानिङ, स्ट्रक्चर लाइट इमेजिङ र भर्चुअल पुनर्निर्माण प्रविधिबाट गरिएको अध्ययनले यसमा होमालोङ्गी (ड्र्यागन म्यान) र होमोसेपियन्ससँग मिल्ने विशेषता देखाएको छ । यसले मानव विकासमा धेरै पहिले नै जटिलता सुरु भएको हुन सक्ने तर्कलाई बल दिएको छ ।

    लन्डन नेचुरल हिस्ट्री म्युजियमका मानवशास्त्री तथा अनुसन्धान टोलीका सदस्य क्रिस स्ट्रिङ्गरका अनुसार यसले हाम्रो सोच बदल्छ । करिब १० लाख वर्षअघि नै हाम्रा पुर्खा विभिन्न समूहमा विभाजित भइसकेका थिए, जुन पहिलेको अनुमानभन्दा धेरै पहिले भएको कुरा हो ।

    अफ्रिकाकेन्द्रित दृष्टिकोणलाई चुनौती

    परम्परागत रूपमा प्रारम्भिक मानवको उत्पत्ति र विस्तार अफ्रिकाबाट भएको मानिँदै आएको छ तर यो नयाँ निष्कर्षले उक्त धारणामा प्रश्न उठाएको छ ।

    ग्रिफिथ विश्वविद्यालयका माइकल पेट्राग्लियाले भन्नुभयो– ‘पूर्वी एसिया मानव विकासको केन्द्रमा महत्त्वपूर्ण भूमिका खेलिरहेको देखिन्छ ।’

    जटिल निष्कर्ष र बहस

    साइन्स जर्नलमा प्रकाशित यो अनुसन्धानले युन्जियन–२ खोपडीलाई एक सयभन्दा बढी अन्य नमुनासँग तुलना गरेको थियो । नतिजामा यसमा केही विशेषता होमोइरेक्टसजस्तै देखिए पनि ठुलो मस्तिष्क क्षमतालगायतका पक्ष आधुनिक मानवसँग नजिक रहेको पाइएको छ यद्यपि यस अध्ययनसँग सम्बन्धित नभएका केही विज्ञले निष्कर्षबारे सावधानी अपनाउनुपर्ने बताएका छन् ।

    पुरातत्त्वविद् एन्डी हेरिसका अनुसार जीवाश्मको आकार मात्र नभई आनुवंशिक विश्लेषणले पनि महत्त्व राख्छ । यी व्याख्यामा हामीलाई थाहा भएको आनुवंशिक इतिहास पर्याप्त रूपमा समावेश भएको देखिँदैन । पेट्राग्लियाले समेत यसलाई उत्तेजक भनिए पनि अझै ठोस प्रमाण आवश्यक रहेको औँल्याउनुभयो ।

    अझै धेरै सिक्न बाँकी

    मानव विकासको अध्ययनले निरन्तर नयाँ प्रश्न उठाइरहेको छ । सन् २०२१ मा मात्रै स्ट्रिङ्गरकै टोलीले ड्र्यागन म्यान नामक होमोलोङ्गी प्रजातिलाई आधुनिक मानवको नजिकको आफन्तका रूपमा घोषणा गरेको थियो ।

    स्ट्रिङ्गरले भन्नुभयो– ‘युन्जियन–२ जस्ता जीवाश्मले हामीलाई अझै पनि हाम्रो उत्पत्तिबारे धेरै सिक्न बाँकी छ भन्ने देखाउँछन् । यसले हाम्रो साझा इतिहासको जटिलता प्रस्ट चित्रण गर्छ ।’ (रासस/एएफपी

    बिहिबार, असोज १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.