• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

छिमेकी भन्छन्, अर्घाखाँचीमा राजमोको अफिस जलाउन हुँदैनथ्यो


  •   सोमबार, असोज १३, २०८२ मा प्रकाशित
  • कल्पना पोखरेल, उपाध्यक्ष, अखिल नेपाल महिला सङ्घ ##

    Advertisement

    स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ३ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।

    ० कल्पनाजी । सर्वप्रथम त तपाईंलाई युगदर्शन मिडियाको तर्फबाट स्वागत गर्न चाहन्छौँ ।

    :: हजुर, धन्यवाद ।

    ० अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको कार्यालयमा तोडफोड र आगजनी भयो । त्यो घटना कहिले, कसरी भयो ? बताइदिनुस् न ।

    :: भदौको २४ गते बिहान आएर सुरुमा यहाँ सिसा हान्ने काम भयो । झ्यालबाहिरबाट सिसा हानेर तोड्ने, तोडफोड गर्ने काम भयो । यति मात्रै गर्ने रहेछन् भनेको, फेरि पछि दिउँसो फर्केर आएर एमालेको पार्टी कार्यालय जलाए । काङ्ग्रेसको कार्यालय र वडा कार्यालय जलाइसकेपछि फेरि हाम्रो अफिसमा आए । लगभग हजार मान्छेभन्दा कमको सङ्ख्या थिएन । एक्कासि झ्यामझुम तोडफोड गरेर भित्र पसेर यहाँका सामान नै आगो लगाउन थालेका थिए । आसपासका घरका मानिसले अनुरोध गर्यौँ, यहाँ यो जलाउँदाखेरि सबै नोक्सान हुन्छ, वरपरका घर जल्छन् । यहाँ जलाउनुहुन्न भनिसकेपछि, सामान सबै निकालेर पल्लोतिर खोलामा लगे । त्यहाँ भएका लगभग १८–१९ ओटा टिनका दराजलगायत कम्प्युटर, फोटोकपी मसिन सबै लगेर त्यहीँ जलाए । यहाँका पङ्खा पनि काम नलाग्ने बनाएका छन् । ढोका सबै निकालेर तोडेर लगे । त्यो भेलमा कसैको केही लागेन ।

    ० तपाईंहरूले केही सामान बचाउने प्रयास गर्नुभयो ?

    :: सामान बचाउने कोसिस त गरेको तर त्यो भेलमा एउटाले एकफेर बोल्ने हो भने उनीहरू एकैफेर झुम्मिन्थे । मान्छेलाई लछारपछार गर्ने स्थितिमा आइराखेका थिए । त्यसो भएर यहाँका अलिअलि सामान, यसो एकदुइटा बिस्तरा बचाउने काम भयो । यहाँ टन्नै किताबको सङ्ग्रहालय थियो । त्यो जोगाउन सम्भवै थिएन । मान्छे धेरै भए । त्यसमध्ये कोही अलि खाएका थिए । कोही कस्ता मान्छे, कोही कस्ता मान्छे । त्यो बगाल कहाँबाट आएको थियो ? त्यो जोगाउन सक्ने अवस्था नै रहेन । यहाँका ढोकासम्म उखालेर खोलामा जलाए । ढोका, दराज, पङ्खा त पूरै निमोठेर काम नलाग्ने बनाए । नास्ता खाने भाडाकुँडा थिए, तिनी भाडा, बिस्तरा, कार्पेट, दुई सेट सोफा, कुर्ची थिए । करिब करिब ७०–८० ओटा कुर्सी थिए । सामान त धेरै नै थियो । सबै लगेर खोलामा जलाए । यो कन्ट्रोल गर्न सकिएन । फोटा थिए माक्र्स, लेनिन, स्टालिन, माओका, दुई/तीन सेट, ती फोटा जलाए । कुर्सी, बेन्चटेबुल ग्याँस केही नै राखेनन् । घर मात्र बच्यो भन्ने हो, ढोकाझ्याल केही बाँकी छैन । सकिएन बचाउन । सबै गए ।

    ० आगजनी हुनुभन्दा पहिला तपाईंको कार्यालयलाई आगजनी गर्न आउँदैछन् भन्ने खालको त्यस्तो पूर्व सूचना पाउनुभएको थियो कि थिएन ?

    :: त्यस्तो सूचना पाइएन । बिहान हानेर गइसकेपछि तिनीहरू आउँदैनन् होलाजस्तो लाग्यो । त्यसो भएर हामीले केही पनि सुरक्षित गर्न सकिएन । केही सूचना भएन । पछि एक्कासि त्यो भिड आएर तोडफोड गर्‍यो । पुलिस प्रहरीले पनि केही गर्न सकेनन् । जताततै छोडिदिए । उनीहरू आइसकेपछि यहाँ कसैको केही लागेन । पछाडि आउँदैछन् भन्ने थाहा भएन । अन्त अन्त जलाएपछि जान्छन् कि भन्ने भएर हामी यसो हेरेर आइयौँ तर सकिएन बचाउन ।

    ० यो तोडफोड, आगजनीको पछाडि कुन शक्तिले अथवा तपाईंहरूसँग कसैको रिसइबी भएको, कसको हात होला भन्ने लाग्छ, अनुमानको हिसाबले ?

    :: त्यो त ठ्याक्कै भन्न त सकिन्न, प्रमाणित हुँदै जाला । हामीले पनि त्यो छानबिन गर्ने भनेर लागिराखेका छौँ । त्यो थाहा हुन्छ तर चिनेका मान्छे पनि थुप्रै हुनुहुन्छ । हामीसँग भिडियो छन् । कतिपय नचिनेका मान्छे पनि थिए, आगो लाउने बेलामा । केही जोगाउनै सकिएन । के मान्छेको हुल आयो ।

    ० त्यसरी आगजनी हुँदा प्रहरी प्रशासनको सहयोग माग्नुभयो कि माग्नुभएन ? प्रहरी प्रशासनले कस्तो व्यवहार गर्‍यो त्यति बेला ?

    :: उहाँहरूले सबै छोडिदिनुभयो । हाम्रा सुरक्षामा कोही आएर बसेनन् । एमालेको पार्टी अफिस त सरकार पक्षकै भयो, त्यहाँ त पुलिस बसिराख्नुभएको थियो । हाम्रो ५ नम्बर प्रदेशको चेतनारायण आचार्यको घरमा पनि चार जना प्रहरी गार्ड बसिराख्नुहुन्थ्यो । हुल जाँदाखेरि उहाँका पुलिस भाग्नुभयो । केही लागेन नि । उहाँहरूले तमासा हेरिराख्नुभयो । यहाँ त प्रहरी आउँदै आउनुभएन । उहाँहरू पनि तर्सिनुभयो ।

    ० तपाईंले अगाडि भन्नुभयो केही मान्छेलाई चिनेका छौँ, चिनेका मान्छे पनि छन् भन्नुभयो । यो तोडफोडको विषयमा कानुनी उपचारमा जाने तपाईंहरूको केही सोचाइ छ कि छैन ?

    :: हामी जाने सोचेका छौँ । प्रहरीहरू पनि आउनुभएको थियो । मुचुल्का उठाएर लैजानुभएको छ सामानको । यहाँ तोडफोड भएको पनि देख्नुभयो । फोटा खिचेर लानुभएको छ । हामीले सामानको कति क्षति भएको छ भन्ने सबै मुचुल्का उठाएर दिएका छौँ । केही न केही पोलिसी बन्दै जाला नि । हामीले पनि चिनेका मान्छे छन् । आन्दोलन चलिरहेको थियो जेनजीको । त्यसमा अरूको संलग्नता भयो । घुसपैठ भयो । सबै तिनीहरू होइनन् । घुसपैठ भएकाजस्तै विभिन्न दलबाट कुण्ठित भएर बसेका, कुनै दलमा सरोकार नराख्ने वा समर्थन नगर्ने व्यक्ति पनि हामीले देख्यौँ । सानो बच्चाले मात्रै यत्रो गर्न कहाँ सक्छन् ? उहाँहरूको आन्दोलन हुँदो हो एउटा विषयलाई लिएर । घुसपैठ भएर नै यस्तो भएको हो । सामान फाल्दा फुटबल खेलाएर भाच्ने, तोडेर खोलामा लग्ने, त्यमाथि उफ्रिने । ती त मानव नैतिकता नभएका मान्छे हुन् ।

    ० जुन आगजनी भएको छ, यसको पुनर्निर्माणका लागि केही योजना बनाउनुभएको छ ?

    :: पुनर्निर्माण त गर्नुपर्ला । अलिकति नगरीकन यसो बस्नेजस्तो केही छैन । त्यसको लागि योजना बनाउँदैछौँ ।

    ० त्यहाँको घटनासम्बन्धी केही छुटेका केही छन् कि, त्यस्तो भन्नुपर्ने अरू केही छ ?

    :: मोटामोटी रूपमा यही हो । त्यसरी आएर हमला भयो । के रिसइबी थियो ती मान्छेलाई ? त्यो एउटा आन्दोलनको नाममा अरूले आएर हमला गर्नुपर्ने ? कुन स्पिरिट हो ? उहाँहरूको उद्देश्य के हो ? कुन उद्देश्यले नोक्सान गरेको हो ? न त हाम्रो पार्टीले कहिले भ्रष्टाचार गरेको छ । सधैँभरि भ्रष्टाचारको विरोध गरेकै छ । सधैँभरि सङ्घीयता खारेज गर्नुपर्छ भनेको छ । कसैले हामीलाई दाग लाउन सकेका छैन बरु हाम्रो पार्टी सानो भएर बसेको होला । कोही अवसरवादी जन्मिन्छन् । अरू पार्टीका हाई हाई देखेर हाम्रो पार्टीमा त्यस्तो गर्न खोज्छन् । त्यतिखेर हाम्रो पार्टीले कारबाही गरेको छ । त्यसकारण हाम्रो पार्टी सानो भएको छ ।

    अरू दोष लगाउने ठाउँ हाम्रो पार्टीमा अहिलेसम्म छैन । हाम्रो पार्टीको फलानो नेताले भ्रष्टाचार गर्‍यो भनेर अहिलेसम्म कसैले दोष लाउन सकिराखेका छैनन् । कोही कोही अरू पार्टीमा गएर रमाउनका लागि जानुभएको छ । कमाउनको लागि जानुभएको छ । यहाँ छिमेकीले पनि भनिराख्नुभएको छ, अरूको जलाए पनि जनमोर्चाको पार्टी अफिस नजलाउनुपर्ने, कति गरेर चन्दा उठाएर सबैसित सहयोग मागेर जोडेका सामान हुन् । सहयोग उठाएर बनाएको अफिस हो । हामीले पनि चन्दा दिएका छौँ । न त सरकारमा छ, न भ्रष्टाचार गरेको छ । त्यो पार्टीको नजलाउनुपर्ने, किन जलाए भन्ने कुरा त यहाँ सबै बजारवासीबाट आइराखेको छ ।

    ० कल्पनाजी, महत्त्वपूर्ण जानकारी दिनुभयो, त्यसको लागि युगदर्शनतर्फबाट धेरै धेरै धन्यवाद ।

    :: हस्, धन्यवाद, मलाई पनि केही कुरा राख्ने दिनुभएकोमा धन्यवाद ।

    सोमबार, असोज १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.