• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

गाजामा इजरायली आक्रमण तीव्र, हजारौं विस्थापितः संयुक्त राष्ट्रसङ्घ


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • संयुक्त राष्ट्रसङ्घले गाजा क्षेत्रमा इजरायली सेनाले हरेक आठदेखि नौ मिनेटको अन्तरालमा आक्रमण गर्दै आएकाले सर्वसाधारणमा ठूलो मानवीय संकट उत्पन्न भएको जनाएको छ ।

    Advertisement

    संयुक्त राष्ट्रसङ्घीय मानविय सहायता समन्वय कार्यालय (ओसिएचए) ले दिएको जानकारी अनुसार, पछिल्ला २४ घण्टाभित्र गाजा सहरमा बारम्बार हवाई आक्रमण, तोपगोलाबारी, हेलिकप्टर तथा अन्य यन्त्रबाट आक्रमण भएको छ । साथै, राहत सामग्रीको प्रतीक्षामा रहेका निर्दोष नागरिकहरूमाथि गोली प्रहारसमेत गरिएको छ ।

    यस आक्रमणमा हालसम्म दर्जनौं नागरिकको ज्यान गएको र दुई सयभन्दा बढी घाइते भएका छन् ।

    गाजा सहरबाट ज्यान जोगाउँदै भाग्ने मानिसहरू दक्षिण गाजातर्फ सरेका छन् । ओसिएचएका अनुसार, पछिल्लो समय करिब १६ हजार ५ सय व्यक्तिहरू उत्तर गाजाबाट विस्थापित भएका छन् । तर, दक्षिण गाजाको अवस्थासमेत अत्यन्तै दयनीय रहेको छ ।

    गाजा सहरमा अझै पनि लाखौं नागरिकहरू फसेका छन्, जसले अत्यावश्यक सेवा र राहत सामग्रीमा भर पर्नु परिरहेको छ । तर, इजरायली पक्षबाट मानवीय सहायता पु¥याउने काममा निरन्तर अवरोध सिर्जना भइरहेको छ ।

    संयुक्त राष्ट्रसङ्घले इजरायली सेनासँग समन्वय गरी सहायता सामग्री पु¥याउने १५ वटा अभियान सञ्चालन गरेकोमा केवल ७ वटा मात्र पूर्णरूपमा सफल भएका छन् । बाँकी अभियानहरू विभिन्न अवरोधका कारण रोकिएका छन् ।

    केही राहत सामग्री केरम शालोम नाकाबाट संकलन गरिएको भए पनि उत्तर गाजामा पानी पु¥याउन अनुमति दिइएको छैन । अन्य नाकाहरूबाट खाद्यान्न लिनसमेत निषेध गरिएको छ ।

    संयुक्त राष्ट्रसंघले सबै पक्षहरू—इजरायल, हमास तथा अन्य सशस्त्र समूहहरूलाई—मानव सहायता कार्यकर्ताहरूको सुरक्षा सुनिश्चित गर्न, उनीहरूको सवारी साधनमा आक्रमण नगर्न र पहुँचको अवरोध नगर्न आग्रह गरेको छ ।

    त्यसैगरी, पश्चिमी किनारमा जोर्डन र अधिनस्थ फिलिस्तीनी क्षेत्रबीचको एकमात्र सीमा नाका एलनबी पुल यात्रुहरूका लागि खोलिएको छ भने राहत सामग्री ओसारपसारका लागि अझै बन्द रहेको छ । जोर्डनमा तयार अवस्थामा रहेको करिब ३५ प्रतिशत राहत सामग्री गाजामा पु¥याउन नपाएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

    ओसिएचएको प्रतिवेदन अनुसार, २०२३ अगस्त १३ गतेदेखि हालसम्म पश्चिमी किनार क्षेत्रमा इजरायली बासिन्दा तथा सुरक्षाकर्मीहरूको आक्रमण र पहुँचमा लगाइएको प्रतिबन्धका कारण तीन हजारभन्दा बढी फिलिस्तीनी विस्थापित भएका छन्। तीमध्ये आधा बालबालिका हुन्, जो मुख्यतः बेदुइन र पशुपालन गर्ने समुदायबाट आएका हुन् ।

    संयुक्त राष्ट्रसंघले गाजा र पश्चिमी किनार दुबै क्षेत्रमा हिंसाको अन्त्य, सर्वसाधारणको सुरक्षा, जवाफदेहिता र अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न सबै पक्षहरूलाई आह्वान गरेको छ ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.