• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बुटवलमा आक्रमणकारीहरू अराजक भिडजस्ता देखिन्थे


  •   शनिबार, असोज ११, २०८२ मा प्रकाशित
  • चेतनाथ आचार्य, अध्यक्ष, कम्युनिस्ट सङ्ग्रहालय ##

    Advertisement

    स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ३ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।

    ० सर्वप्रथम त युगदर्शन मिडियाबाट कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यलाई स्वागत गर्न चाहन्छौँ ।

    :: धन्यवाद ।

    ० आज हामी राष्ट्रिय जनमोर्चाको लुम्बिनी प्रदेश कार्यालयमा २०८२ भदौ २४ गते आगजनी भयो, त्यस विषयमा सङ्क्षिप्तमा प्रतिक्रिया लिन चाहन्छौँ ।

    :: हस ।

    ० सर्वप्रथम हामीलाई बताइदिनुस्, जेएनजी आन्दोलनको नाममा भदौ २४ गते त्यहाँ कसरी, कहिले तोडफोड, आगजनी भयो, तपाईंको देखेअनुसार ?

    :: भदौ २३ गते जेएनजीको नाममा देशव्यापी आन्दोलन भइरहेको कुरा त यहाँलाई पनि थाहा छँदैछ । त्यसैको निरन्तरतास्वरूप भदौ २४ गतेका दिन देशव्यापी रूपमा विभिन्न पार्टीका कार्यालय, सरकारी भवन, व्यापारिक प्रतिष्ठानमा आक्रमण भइरहेको थियो । त्यसै सिलसिलामा बुटवल उपमहानगरपालिका वडा नम्बर ८ स्थित नेकपा (एमाले) को कार्यालयमा आक्रमण, तोडफोडपश्चात् करिब दिनको पौने ४ बजेतिर राष्ट्रिय जनमोर्चाको कार्यालयमा पनि एक हुल मान्छेले आक्रमण गरे । ती आक्रमण गर्नेहरू राजनीतिकभन्दा पनि अराजक भिडजस्तो देखिन्थ्यो किनकि जेएनजीको नाममा भर्खरका कलिला युवालाई अगाडि ल्याएर केही घुसपैठियाजस्ता देखिने कपाल पालेका मान्छेको निर्देशनमा उत्तेजनात्मक भिडलाई लगेर एकैचोटी कार्यालयमा पनि ढुङ्गामुढा गर्दै तोडफोड, आगजनी गरेको जानकारी गराउन चाहन्छु ।

    ० आगजनीमा के के सामान तोडफोड भयो ?

    :: आगजनीमा कार्यालयमा भएका सम्पूर्ण फर्निचर, कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायत सोफासेटसहित धेरै सामग्री त्यसमा परे ।

    ० अनि तपाईंहरूले बचाउने केही प्रयास गर्नुभएन ?

    :: बचाउने प्रयास गर्ने वातावरण नै थिएन । बोल्यो भने आक्रमण गर्ने, त्यहाँ एक किसिमको ननसेन्स भिडजस्तो देखिन्थ्यो । त्यसो भएको हुनाले त्यहाँ हामी छन त वरिपरि नै थियौँ तर हामीले बचाउन सक्ने परिस्थिति भएन । हामीले मौन रूपमा त्यो जलेको हेर्ने बाध्यता आइपर्‍यो ।

    ० आगजनी हुनुभन्दा पहिलो कार्यालयमा पनि आगजनी हुँदैछ भन्ने खालको त्यस्तो पूर्वानुमान वा सूचना तपाईंहरूले पाउनुभएको थियो कि पाउनुभएको थिएन ?

    :: सूचना प्राप्त भएको थियो तर हामीलाई त्यति विश्वास लागेको थिएन किनभने हामीले राष्ट्रिय जनमोर्चाको न भ्रष्टाचारमा संलग्नता, न कुशासनमा समावेश भएको अवस्था छ । त्यसो भएको हुनाले यो कार्यालयमा त आगजनी गर्दैनन् होला, तोडफोड गर्दैनन् होला भन्ने अनुमान गरेका थियौँ तैपनि त्यो दिनभरि नै हामी त्यही वरिपरि नै थियौँ । दुई/चार जना जगल्टेहरू काँधमा राष्ट्रिय झन्डा बोकेर कार्यालयको लोकेसन ट्याप गर्दै खोज्दै हिँडेका थिए । पहिला सुरुमा दुई/चार जना आएर त्यहाँ लोकेसन हेरिसकेपछि उनले गएर ठुलो भिड सयौँको सङ्ख्यामा ल्याएर त्यहाँ एक्कासि आक्रमण गरे ।

    ० त्यहाँको आगजनीको पछाडि कुनै व्यक्ति, संस्था वा त्यस्तो प्रवृत्ति कसको हात रहेको तपाईंहरूको अनुमान छ ?

    :: हामीले अनुमान गरेअनुसार ती केटाकेटी निर्देशित थिएजस्तो लाग्छ, जसले फ्रन्ट साइडमा नाराजुलुस गर्दै हिँडेका थिए । एमाले कार्यालयमा आक्रमण गरिसकेपछि नेक्स्ट स्टेप नेपाली काङ्ग्रेस भन्दै हिँडेका थिए । त्यसपछि राष्ट्रिय जनमोर्चाको कार्यालयमा पनि आगजनी गरे । लगत्तै भाटभटेनी अनि त्यसपछि रातिको समयमा बुटवल उपमहानगरपालिका, राजस्व कार्यालय, यातायात कार्यालयलगायतका थुप्रै कार्यालयमा उनीहरूले आगजनी गरेका थिए । भाटभटेनीबाट त थुप्रै सामान लुटेर पनि लगेको देखियो । भोलिपल्ट बिहानसम्म उनीहरूलाई आवश्यक पर्ने दैनिक सामान के के छन्, तिनीहरूले छानी छानी लगेको—त्यस्तो खालको देखियो । त्यसमा राजनीतिकभन्दा पनि केही घुसपैठिया हुन सक्छन् । अर्को कुरा राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका केही राजनीतिक दलका मान्छेले पनि इन्डाइरेक्ट रूपले लिड गरेकोजस्तो महसुस हुन्थ्यो ।

    ० आगजनी हुँदै गर्दाखेरि त्यहाँको प्रशासनको व्यवहार कस्तो थियो ? तपाईंले आगजनीबाट बच्नको लागि प्रशासनलाई सहयोग माग्नुभयो कि माग्नुभएन ?

    :: हामीले आक्रमण हुन्छ भन्ने कुरा थाहा पाइसकेपछि प्रशासनमा खबर गरेका थियौँ । उनीहरूले हामीले लोकेसन ट्याप गर्‍या छौँ, तपाईंहरू सुरक्षित हुनुहुन्छ, केही धन्दा मान्नुपर्दैन भन्ने खालका आश्वासन दिएका थिए । आगजनी हुने बेलै पनि मैले पुलिसको सय नम्बरमा फोन गरेर यहाँ हाइटेन्सन अगाडि भएको कारणले आगजनी हुँदा त्यसबाट ठुलो क्षति हुने सम्भावना छ, त्यसो भएको हुनाले कमसेकम तपाईंहरूले त्यो लाइन काटिदिने व्यवस्थासम्म गर्नुस् भन्ने कुरा गरेको थिएँ तर त्यो पनि रेस्पोन्स भएन । आगजनी गरेर उनीहरू फर्केपछि मात्रै आएर लाइन काट्न विद्युत्का मान्छे आए । पुलिस प्रशासनको कुरो त उनीहरूले एमालेको पार्टी कार्यालयमा आगजनी हुनुभन्दा अगाडि, तोडफोड हुनुभन्दा अगाडि त्यसलाई बचाउन केही प्रयत्न गरेकोजस्तो देखिन्थ्यो तर १५–२० जनाको समूहमा भएका पुलिस त्यत्रो ठुलो भिडका अगाडि उनीहरूले त्यो झेल्न सकेनन् । सुरु सुरुमा उनीहरूले अश्रुग्याँस प्रयोग गरेर भिड नियन्त्रण गर्न प्रयत्न गरे तर त्यो भिडले पुलिसलाई आत्मसमर्पण गर्नका लागि बाध्य बनायो । आत्मसमर्पण गरेका पुलिसलाई छोडेर आइसकेपछि भिडले मनपरी गर्न थाल्यो । त्यसपछि प्रशासनबाट कुनै पनि प्रकारको सार्वजनिक सम्पत्ति सुरक्षाको लागि प्रयत्न गरेको महसुस गरिएन ।

    ० बुटवलमा जुन तोडफोड, आगजनी भयो, त्यसका लागि दोषीलाई कानुनी कठघरामा ल्याउने गरीकन तपाईंहरूको कानुनी उपचारको तयारी केही छ कि छैन ?

    :: हामीले त्यो तोडफोड भइसकेपछि क्षति भएका सामानको मूल्याङ्कन गर्नको लागि प्रशासनसँग सम्पर्क गरेका थियौँ । उनीहरूले तीन/चार दिनपछि स्थिति सहज भइसकेपछि मुचुल्का गर्न आउँछौँ, तपाईंहरूले अहिले कुनै पनि सामान केही नगर्नुस् भन्ने कुरा गरे । हामीले उनीहरूले भनेअनुसार नै तीन/चार दिनपछि मात्रै आएर मुचुल्का उठाएर लगेर गएका छन् । त्यसरी उजुर कुनै ठाउँमा गरेका छैनौँ । फेरि पहिचान ठ्याक्कै भन्ने कुरा, पहिचान खुल्ने खालका मान्छेहरू पनि हामीले देखेका छैनौँ । भिडियो रेकर्ड भएको छ । आगजनीमा संलग्न मान्छेहरू त यदि प्रशासनले कोसिस गर्‍यो भनेदेखि पहिचान गर्न सक्छ । उनीहरूलाई कानुनी कारबाही पनि गर्न सक्छ तर अहिले त्यस्तो खालको केही प्रक्रिया अगाडि बढाइएको छैन । स्थिति सहज भइसकेपछि प्रशासनलाई नै हामीले भन्नुपर्ला त्यस विषयमा । प्रशासनले के गर्छ ? त्यो त हेर्न बाँकी छ ।

    ० त्यो ध्वस्त कार्यालय पुनर्निर्माण गर्नका लागि तपाईंहरूले केही योजना बनाउनुभएको छ कि छैन ?

    :: अहिले केही त्यस्तो बनिसकेको छैन । बल्ल हामीले हिजो मात्रै त्यहाँ भएका ती फोहोर, जलेका अवशेष नगरपालिकाको गाडी लिएर आज मात्रै कार्यालय सफा गर्ने काम भएको छ । त्यसभन्दा अगाडि केही पनि बढ्या छैन । हामी छिट्टै बैठक बसेर त्यस विषयमा सरसल्लाह गरौँला ।

    ० महत्त्वपूर्ण जानकारी हामीलाई दिनुभयो चेतनाथजी । तपाईंलाई धेरै धेरै धन्यवाद ।

    :: हवस् त धन्यवाद ।

    शनिबार, असोज ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.