कञ्चनपुर । राष्ट्रिय जनमोर्चा बेदकोट नगर समितिले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बेदकोट नगरपालिकालाई सुझाव पत्र बुझाएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकालाई नगरपरिषदको बैठक अघि ५१ बुँदे सुझाव पत्र बुझाइएको अखिल (छैठौं) कञ्चनपुरका सचिव पुष्कर भट्टले जानकारी दिनुभएको छ ।
Advertisement
राजमो नगर समितिका संयोजक कमल साहु, अखिल (छैठौं) का महासचिव महेशराज जोशी, रक्तिम साँस्कृतिक अभियानका जिल्ला अध्यक्ष ललित चन्द, राजमो नगर सदस्य पदम साउद, जिल्ला सदस्य गोबिन्द बोहरा, अखिल (छैठौं) का जिल्ला अध्यक्ष महेश भट्ट, सचिव पुष्कर भट्ट लगायतको प्रतिनिधिमण्डलले नगर प्रमुख अशोक चन्दलाई सुझाव पत्र बुझाएको हो ।
पत्रमा नगरविकासका योजनाबारे राजमोको धारणासहित नगरपालिकालाई विभिन्न सुझावहरु दिइएको छ ।