विष्णु शर्मा (पाण्डेचरी)
जनतालाई भर्याङ बनाइ सत्तामा गयौ ।
दुई छाक खोले मिल्दैनथ्यो् पुजीपती भयौ ॥
बक्रित्वकला राम्रो थियोे मिठा भाषण गरेउ।
सिधा सोझा जनतालाई भ्रम जाल भरेउ॥
भ्रटाचार गरि लायौ सम्पतीको रास ।
कम्युनिस्ट भनी गरेका थिए जनताले आस॥
चप्पल लगाइ सहर पसेउ लाखका जुता लायौ।
चादीका थालमा खाना सुनका चम्चाले खायौं॥
पियौ तिमी पानी पनि बिदेशबाट मगाइ।
राष्ट्रको सम्पतीमा सारै गरेउ रजाइँ ॥
भ्रटाचारको धन राख्न कोठा तयार पारेउ।
कोठाभरी कालो धन बिटैबिटा भरेउ॥
उम्लेपछि पोखीन्छ भन्नुहुन्थ्यो हजुरबाबा।
टिठ पनि लागेन तिम्लाइ देख्दा आज॥
आजित भइ जेन जीले आन्दोलन गरे।
सबैकुरा छोडी नेता भागाभाग परे॥
कोहीलाइ त जेन जीले भौतीक आक्रमण गरे।
ज्यु ज्यान जोगाउन बसाइ सम्म सरे॥
नगर्नु गरेका थियौ पल्ट्यो तिम्रो तख्ता।
यो दिन पनि आउँछ, सोचेनौ कुर्सीमा बस्दा॥
अब भएनी सच्चिएर बस आफ्नो ठाउमा।
पायल चप्पल लगाएर फर्क बरु गाउमा॥
फेरि शिर उठाउने छौ नसोच्नु कैले पनि ।
राजनीतिबाट सन्यास ली बस रामराम भनी ॥