इटहरी । एमसीसीविरुद्ध मंगलबार इटहरीमा नारा जुलुस सहित प्रदर्शन भएको छ । ११ दलद्वारा आयोजित कार्यक्रम अन्तर्गत इटहरीमा क्रियाशील राजनीतिक दलहरुले नगरको परिक्रमा गरी मुख्य चोकमा विरोध सभा सम्पन्न गरेका हुन् ।
Advertisement
विरोध सभालाई नेकपा (मसाल)का प्रतिनीधि चन्द्रबहादुर केसी, नेकपा (माले)का हर्कराज विष्ट, माओवादी केन्द्रका बिमल निरौला र क्रान्तिकारी माओवादीका रतन गुरागाईले सम्बोधन गर्नु भएको थियो । सभाको सञ्चालन जनसमाजवादीका मन कुमार राईले गर्नुभएको थियो ।
अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा (मसाल) सहतिका ११ राजनीतिक दल तथा संगठनहरुले मंगलबार देशब्यापी विरोध प्रदर्शन गरेका छन् ।