काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने बडा दशैँ आजदेखि प्रारम्भ भएको छ । वास्तवमा हुनेखानेहरूका लागि दशैँ भनिएता पनि हुँदाखानेहरूका लागि दशा नै हो ।
Advertisement
रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दशैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर दशैँ मनाउँछन् । यसैले दशैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दशैँका अवसरमा आजैदेखि बिदा दिने गरेका छन् ।
तर चाडपर्वलाई पुँजीवादले आर्थिक उपार्जनको रुपमा उपयोग गर्दै आइरहेको छ । समाजमा जसको दिउँसो काम नगरी साँझ–विहान हातमुख जोडन सास्ती छ, उनीहरूका लागि के दशैँ, के तिहार । तर समाजमा भएको देखासिकीको मारमा यो वर्ग पनि पर्दै गइरहको छ । जसले गर्दा निम्न आय वर्गलाई चाडपर्व दशाको रुपमा परिणत बन्दै गइरहेको छ ।