• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अंगीकृतको सात वर्षे प्रावधान सकारात्मक, विदेशी पुरुषलाई नागरिकता नदेऊः केसी


  •   सोमबार, असार ०८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संसदको राज्य व्यवस्था समितिबाट पारित बैवाहिक अंगिकृत नागरिकता सम्बन्धी सात वर्षे प्रावधानलाई स्वागत गरेको छ । तर, विदेशी बुहारीले सम्बन्धित देशको नागरिकता त्याग गरेपछि मात्रै नेपालको नागरिकता दिनुपर्नेमा राजमोले जोड दिएको छ ।

    Advertisement

    सोमबार अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी नेपाली महिलासँग विवाह गर्ने पुरुषलाई भने नेपालको नागरिकता दिन नहुनेमा जोड दिनुभएको छ । खुला सिमाना र विदेशीसँग विवाह गर्ने प्रचालनका कारण खुकुलो नागरिकता नीति अपनाउँदा त्यसले राष्ट्रियतामाथि गम्भीर असर पर्ने अध्यक्ष केसीद्वारा प्रेसित वक्तव्यमा उल्लेख छ ।

    यस्तो, छ वक्तव्य
    १) राज्य व्यवस्था समिति तथा नेकपाको सचिवालयले समेत नेपाली नागरिकसित विवाह गर्ने विदेशी महिलालाई विवाहको तुरुन्तै ६ महिनापछि अंगीकृत नागरिकता दिन सक्ने व्यवस्था हटाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिन सक्ने जुन प्रस्ताव पारित गरेको छ, त्यसलाई राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ र संसदद्वारा त्यसलाई पारित गर्नुपर्ने आवश्यकतामा जोड दिन्छ ।

    २) तर कुनै विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया शुरु गरेपछि नागरिकता दिन सक्ने जुन प्रकारको अवधारणा राखिएको छ, त्यसको हाम्रो पार्टीले विरोध गर्दछ । सम्बन्धित देशको नागरिकता त्याग्न प्रक्रिया शुरु गरेपछि मात्र होइन, त्यो देशको नागरिकता त्यागेपछि मात्र अंगीकृत नागरिकता दिन पर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ३) नेपाली महिलासित विवाह गर्ने कुनै पनि विदेशी पुरुषलाई वैवाहिक आधारमा नागरिकता दिनु पर्छ भन्ने सोचाईलाई हामीले गलत मान्दछौँ र त्यसको दृढतापूर्वक विरोध गर्दछौँ । हाम्रो जोड यो कुरामा छकि, नेपाल जस्तो तीनतिर खुला सीमा भएको भु–परिवेष्ठित देशले नागरिकता सम्बन्धी नीतिलाई एकदम कडा गराउनु पर्ने आवश्यकता छ । त्यसकारण त्यसलाई खुकुलो पार्दै लैजाने नीति देशको राष्ट्रियता र सार्वभौमिकताका विरुद्ध भएकाले त्यसप्रकारको नीतिलाई प्रश्रय नदिनका लागि हामीले सम्पूर्ण नेपाली जनता तथा सबै देशभक्त शक्तिहरुको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौँ ।

    ४) यही असार ९ गते ११ दलका तर्फबाट एमसिसीका विरुद्ध काठमाडौँमा संयुक्त विरोध प्रदर्शन गर्ने निर्णय भएको छ । त्यो दिन देशका अन्य भागहरुमा पनि त्यही विषयमा विरोध प्रदर्शन गर्ने समझदारी भएको छ । अन्य पक्षहरुको संगठन भएका जिल्लाहरुमा उनीहरुसित मिलेर वा अन्य पक्षहरुसित त्यसप्रकारको संयुक्त कार्यक्रम बन्न नसकेमा आफ्ना तर्फबाट पनि उक्त विरोध कार्यक्रमको आयोजना गर्नका लागि हामीले पार्टीका सबै समिति, सदस्य र समर्थकहरुसित अनुरोध गर्दछौँ । एमसिसीका विरुद्धका उक्त कार्यक्रमहरुलाई सफल पार्नको लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

    सोमबार, असार ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.