• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

गाजा सहर आक्रमण रोक्न अन्तर्राष्ट्रिय समुदायलाई दबाब दिन सहायता समूहहरूको आग्रह


  •   बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
  • जेरुसेलम । संयुक्त राष्ट्रसङ्घका विज्ञहरूको आयोगले गाजामा इजरायलले नरसंहार गरिरहेको निष्कर्ष निकालेपछि प्रमुख सहायता समूहहरूको गठबन्धनले बुधबार अन्तर्राष्ट्रिय समुदायलाई गाजा सहरमा इजरायलको आक्रमण रोक्न कडा कदम चाल्न आग्रह गरेको छ ।

    Advertisement

    इजरायलले पहिले नै विनाश भइसकेको उत्तर क्षेत्रमा सैन्य अभियानलाई विस्तार गर्दै जाँदा गाजामा प्यालेस्टिनी मृतकको सङ्ख्या ६५ हजार नजिक पुगेको छ ।

    “गाजामा देखिएको अवस्था केवल अभूतपूर्व मानवीय प्रकोप मात्र होइन, संयुक्त राष्ट्रसङ्घीय अनुसन्धान आयोगको निष्कर्षअनुसार यो नरसंहार हो”, सहायता समूहहरूको वक्तव्यमा भनिएको छ, “राज्यहरूले उपलब्ध सबै राजनीतिक, आर्थिक र कानूनी उपकरण प्रयोग गरेर हस्तक्षेप गर्नुपर्छ । बयानबाजी र आधा उपाय पर्याप्त हुँदैनन् । यो क्षण निर्णायक कार्यको माग गर्दछ ।”

    सन्देशमा नर्वेली शरणार्थी परिषद्, अनेरा, सेभ द चिल्ड्रेनलगायत २० भन्दा बढी संस्थाका नेताहरूले हस्ताक्षर गरेका थिए ।

    यो बयान इजरायलले गाजा सहरमा आफ्नो आक्रमण सुरु गरेको एक दिनपछि आएको हो । युद्ध सुरु भएको करिब दुई वर्षपछि इजरायलले सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिने प्रतिज्ञा गरेको छ ।

    बुधबार गाजास्थित अस्पताल अधिकारीहरूले रातभरका आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १३ प्यालेस्टिनी मारिएको जनाए । शिफा जिल्लाका अधिकारीका अनुसार गाजा सहरको आक्रमणमा मृत्यु भएकामध्ये आधाभन्दा बढी एकै परिवारका थिए, जसमा आमासहित एक बालक पनि थिए ।

    मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा घरमा प्रहार हुँदा गर्भवती महिलासहित तीन जनाको मृत्यु भएको अल–अवाडा अस्पतालले जनाएको छ । त्यस्तै, खान युनिस नजिकै मुवासी क्षेत्रमा त्रिपालमा भएको आक्रमणमा दुई आमाबाबु र उनीहरूको बच्चाको मृत्यु भएको नासेर जिल्लाले पुष्टि गरेको छ ।

    इजरायली सेनाले ती आक्रमणबारे तत्काल टिप्पणी गरेन, तर विगतमा उसले हमासलाई नागरिक क्षेत्रभित्र सैन्य पूर्वाधार बनाएको आरोप लगाउँदै आएको छ ।

    गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्ध सुरु भएदेखि हालसम्म ६४ हजार नौ सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ । मृतकमध्ये झन्डै आधा महिला र बालबालिका भएको बताइएको छ । मन्त्रालय हमासद्वारा सञ्चालित भए पनि त्यहाँका चिकित्सकहरूले यसलाई पुष्टि गरेका छन् ।

    यसैबीच, इजरायली सेनाले गाजा सहरबाट दक्षिणतर्फ भाग्नेहरूका लागि सालाह अल–दिन सडकमार्ग दुई दिनका लागि खोलिने जनाएको छ ।

    आक्रमण अघि करिब १० लाख मानिस गाजा सहर क्षेत्रमा रहेका थिए, जसमा करिब तीन लाख ५० हजार पलायन भइसकेको सेनाले दाबी गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार गत महिना मात्र दुई लाख २० हजारभन्दा बढी उत्तरी गाजाबाट विस्थापित भएका थिए । अझै सयौँ हजार नागरिक सहरमै फँसेका छन् ।

    एक इजरायली सैन्य ग्राफिकअनुसार यस अभियानपछि समुद्रतट छेउको केही भूभागबाहेक सम्पूर्ण गाजा पट्टी नियन्त्रणमा लिने लक्ष्य राखिएको छ । सेनाले यसअघि पनि गाजा सहरमा ठूला–ठूला छापा मारेको थियो, जसले विस्थापन र विनाश निम्त्याएको थियो, तर उग्रवादीहरू फेरि समूहबद्ध हुनसक्ने देखिन्थ्यो । यस पटक भने सम्पूर्ण सहर नियन्त्रणमा लिने दाबी गरिएको छ ।

    इजरायली सैन्य अधिकारीका अनुसार हाल गाजा सहरमा करिब दुई हजारदेखि तीन हजार हमास लडाकू बाँकी छन् । सुरुङमार्गहरू अझै प्रयोग भइरहेको विश्वास गरिएको छ । हमासको सैन्य क्षमता कमजोर भइसकेको भए पनि उनीहरूले साना छापामार समूहमार्फत विस्फोटक बिछ्याउने वा सैन्य चौकीमा आकस्मिक आक्रमण गर्ने गतिविधि जारी राखेका छन् ।

    बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.