• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

दन्किँदै छ आगो…

जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. वेदकालीन समाज

  • ८. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो


  •   मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
  • क्वालालम्पुर । गत हप्तादेखि निरन्तर परेको भारी वर्षाले बोर्नियो टापुको सबाह राज्यमा भूस्खलन हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको समाचार मङ्गलबार सार्वजनिक भएको छ ।

    Advertisement

    हालैका बाढीका कारण राजधानी कोटा किनाबालु वरपरका तल्लो क्षेत्रमा बसोबास गर्ने दुई हजारभन्दा बढी व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको उद्धार अधिकारीहरूले जनाएका छन् ।

    सबैभन्दा भीषण घटना सोमबार भयो । सोमबार राजधानीको बाहिरी क्षेत्रमा रहेको अनौपचारिक बस्तीमा भग्नावशेष ठोक्किँदा चार बालबालिका सहित आठ जनाको ज्यान गएको न्यु स्ट्रेट्स टाइम्सले उल्लेख गरेको छ ।

    सोही दिन कोटा किनाबालुबाट करिब एक सय किलोमिटर पूर्वमा रहेको गानामा अर्को भूस्खलन हुँदा १० वर्षीया बालिकासहित तीन जनाको मृत्यु भयो । गत हप्तामा पेनामपाङमा ९७ वर्षीय वृद्धलाई माटोले गाडेको घटनामा ज्यान गएको थियो ।

    लगातार १० दिनदेखि परेको वर्षाले सबाहका तल्लो क्षेत्रमा बाढी ल्याउनुका साथै भूस्खलन, घर र पूर्वाधारमा ठूलो क्षति पु¥याएको छ । मलेसियाको सबैभन्दा गरिब राज्य मानिने सबाह विशेषगरी नोभेम्बरदेखि मार्चको मनसुनमा नियमित रूपमा बाढीको जोखिममा पर्ने गर्छ ।

    मलेसियाका उपप्रधानमन्त्री अहमद जहिद अमिदीले सोमबार राति खोजी तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिणपूर्वी एसियाली देशका विभिन्न प्रतिक्रिया एजेन्सीहरूलाई परिचालन गरेका गर्नुभएको छ । सबाह सरकारले विपत्तिका कारण यस वर्षको मलेसिया दिवस समारोह पनि रद्द गरेको छ ।

    वर्षा केही कम भए पनि थप वर्षाले अवस्था फेरि बिग्रन सक्ने चिन्ता स्थानीय बासिन्दाले व्यक्त गरेका छन् । “घरमा बाढी र माटोको सामना गर्नुपर्दा हामी शान्त रहन प्रयास गरिरहेका छौँ”, ४४ वर्षीय ओलिभर गोलिङ्गाईले द स्टार दैनिकलाई भन्नुभयो, “मसँग कुनै पनि मलेसिया दिवस समारोहबारे सोच्ने समय छैन । अहिले ध्यान त केवल बाढीसँग जुध्न र घर वरिपरि थुप्रिएको माटो सफा गर्नमै छ ।”

    मङ्गलबार, भदौ ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ
    वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग
    ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’
    बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
    जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?
    अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • २.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    • ३.
      ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    • ४.
      बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

    • ५.
      दन्किँदै छ आगो…

    • ६.
      जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    • ७.
      अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    • ८.
      भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.