• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पाकिस्तानमा बाढीका कारण करिब २५ लाख मानिस विस्थापित, नदीमा पानीको सतह घट्दै


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • पञ्जाब, पाकिस्तान । दक्षिण पञ्जाबका केही भागहरूमा अत्यधिक बर्षापछि आएको बाढीका कारण करिब २५ लाख मानिसहरू विस्थापित भएका छन् ।

    Advertisement

    बर्षाका कारण आएको बाढी, डुबान र पहिरोका कारण कम्तीमा प्रान्तभरी कम्तीमा १०१ जनाको ज्यान गएको पाकिस्तानी अङ्ग्रेजी समाचार दैनिक डनले जनाएको छ। शनिबार अपरान्ह्देखि नदीहरूमा पानीको सतह घट्न थालेको छ ।

    अधिकारीहरूले मुल्तानको जलालपुर, पिरवाला र अलिपुर तहसिललाई बर्षा ् डुबानका कारण अत्यधिक प्रभावित क्षेत्रका रूपमा घोषणा गरेका छन्। यद्यपि ती क्षेत्रहरूमा पनि बर्षाको प्रभाब रोकिने अनुमान गरिएको छ ।

    डनले प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै भनेको छ, “बाढी, पहिरो र डुबानका कारण विस्थापित हुनेको सङ्ख्या हालसालैको स्मृतिमा सबैभन्दा ठूलो देखिएको छ।

    सरकारले व्यापक राहत तथा उद्धार अभियान सञ्चालन गरेको छ, जसमा एक हजार ५०० भन्दा बढी उद्धार डुङ्गाहरू प्रयोग गरिएको छ ।

    चेनाब, रावी र सतलज नदीको तल्लो इलाकाबाट १२ हजार ४२७ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

    मुल्तान, मुजफ्फरगढ र रहिम यार खान जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन् र हजारौँ मानिसहरूलाई उद्धार गरिएको छ।

    केही सुधारका बाबजुद पनि मानवीय सङ्कट अझै गम्भीर रहेको बताइएको छ। करिब ४० हजार मानिसको बसोबास रहेको अलिपुर तहसिलको लाटी मारीको युनियन काउन्सिल पुरै डुबानमा परेको छ ।

    स्थानीय बासिन्दा सैयद कौसर शाहले डनसँग भन्नुभयो, “बाढीका कारण घर र बाली नष्ट भएको छ र ‘मानिसहरूलाई बाहिर निकाल्न निजी डुङ्गा भाडा लिएर उद्धार भइरहेको छ।”

    विस्थापितमध्ये अधिकांश अलिपुर शहरमा आफ्ना आफन्तहरूको घरमा बसिरहेका थिए, केही खुला आकाशमा नदी बिनारमा बाँधमा बसिरहेका छन् भने केहीलाई सरकारी राहत शिविरमा सारिएको छ ।

    बाढीपछि भाग्न खोज्दा दुई जनाको डुबेर मृत्यु भएको उहाँले बताउनुभयो।

    मुल्तान प्रहरीका सह आयुक्त वसीम हमिद सिन्धुले भन्नुभयो, “तीन दिनमा जलालपुर पिरवालाबाट एक लाख मानिसहरूलाई सुरक्षित स्थनमा लगिएको छ।”

    बहावलपुरमा एक पत्रकार सम्मेलनमा पिडिएमएका महानिर्देशक इरफान अलि काथियाले भन्नुभयो, पन्जनाद हेडवर्कले ‘उच्च बाढी’ को अवस्थाको सामना गरिरहेको भएपनि यस हप्ताको सुरुमा सात लाख क्यूसेक पुगेको पानीको सतह शनिबार पाँच लाख ७५ हजार क्यूसेकमा झरेको छ।

    उहाँले जलालपुर, पिरवाला र अलिपुर सहरलाई कुनै खतरा नरहेको र बहावलपुरमा पनि २४ घण्टाभित्र पानीको सतह घट्ने देखिएको बताउनुभयो ।

    डनका अनुसार २८ जिल्लाका चार हजार ४४७ गाउ तथा वस्तीहरू डुबानमा परेका छन् । सामूहिक मानवीय विस्थापनको साथसाथै करिब २१ लाख ९० हजार गाईवस्तुहरूलाई पनि उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।

    यसैबीच, बाढी पूर्वानुमान महाशाखाले शनिबार साँझसम्म चेनाब, रावी र सतलज नदीमा पानीको बहाव स्थिर भएको जनाएको छ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.