• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

कतार आक्रमणपछि रुबियोको इजरायल भ्रमण, युद्धविराम प्रयासमा नयाँ तनाव


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • तेल अभिव । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार इजरायलको भ्रमण सुरु गर्नुभएको छ । कतारमा आक्रमण भएपछि हमाससँगको युद्धमा आफ्नो सहयोगीलाई ट्रम्प प्रशासनको अटल समर्थन व्यक्त गरेपछि इजरायलको व्यापक आलोचना भएको छ ।

    Advertisement

    यो भ्रमण राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार दोहामा हमास नेताहरूको बैठकमा इजरायलले गरेको अभूतपूर्व आक्रमणप्रति असन्तोष व्यक्त गरेपछि भएको हो ।

    यसले अमेरिकी सहयोगी कतारविरुद्ध इजरायलको पहिलो प्रत्यक्ष आक्रमणलाई चिह्नित गरेको छ र गाजामा युद्धविराम ल्याउने कूटनीतिक प्रयासहरूमा नयाँ तनाव थपेको छ ।

    शनिबार प्रस्थानअघि रुबियोले पत्रकारहरूसँग भन्नुभयो, “राष्ट्रपति ट्रम्प आक्रमणबारे खुसी हुनुहुन्नथ्यो, तर यसले इजरायलसँगको हाम्रो सम्बन्धमा कुनै परिवर्तन ल्याउँदैन ।”

    यद्यपि उहाँले यस घटनाले युद्धविराम प्रयासमा असर पार्ने भएकाले ‘यसबारे कुरा गर्नुपर्ने’ बताउनुभयो ।

    दोहामा भएको इजरायली आक्रमणले संयुक्त राज्य अमेरिकाद्वारा अघि सारिएको नयाँ युद्धविराम प्रस्तावबारे छलफल गर्न भेला भएका हमास नेताहरूलाई लक्षित गरेको थियो ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वरिष्ठ हमास अधिकारीहरूको हत्या युद्ध अन्त्य गर्न ‘मुख्य बाधा हटाउने कदम’ भएको भन्दै अपरेसनको बचाउ गर्नुभएको छ ।

    युद्धको बीचमा इजरायलले गाजा सहर नियन्त्रणमा लिन दबाब बढाएको छ । बासिन्दाहरूलाई खाली गर्न आदेश दिँदै हमास प्रयोग गरेको भन्दै धेरै अग्ला भवनहरू उडाइएका छन् ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार अगस्टको अन्त्यसम्म गाजा सहर र आसपास करिब १० लाख मानिस बसोबास गर्दै आएका थिए। खाद्य अभाव चर्किँदै जाँदा संयुक्त राष्ट्रसङ्घले इजरायली प्रतिबन्धलाई दोष दिँदै अनिकाल घोषणा गरेको छ ।

    पश्चिमी गाजाबाट दक्षिणतर्फ भागेका बासिन्दा बकरी दियाबले भन्नुभयो, “यहाँ पनि इजरायली आक्रमण जारी छ । आधारभूत सेवा र सुरक्षाविहीन अवस्थामा मानिसहरूलाई भिड गर्न बाध्य पारिएको छ ।”

    गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार बिहानदेखि इजरायली आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको जनाएको छ । तर मिडिया प्रतिबन्ध र पहुँच कठिनाइका कारण एएफपीले दाबीलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेन ।

    शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभाले इजरायली विरोधका बीच दुई–राज्य समाधानलाई समर्थन गर्दै मतदान ग¥यो । बेलायत, फ्रान्सलगायत पश्चिमी राष्ट्रहरू यस महिनाको संयुक्त राष्ट्रसङ्घीय बैठकमा प्यालेस्टिनी राज्यलाई मान्यता दिन तयार देखिएका छन् ।

    तर इजरायलले अझै आफ्नो सबैभन्दा शक्तिशाली सहयोगी र प्रमुख हतियार आपूर्तिकर्ता अमेरिकाको समर्थन कायम राखेको छ । रुबियोको भ्रमणअघि अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले प्रमुख कूटनीतिज्ञले ‘हमासको आतङ्कवादलाई पुरस्कृत गर्ने प्यालेस्टिनी राज्यलाई एकपक्षीय मान्यता दिने जस्ता इजरायल विरोधी कदमहरू विरुद्ध लड्ने प्रतिबद्धता देखाउने’ बताउनुभयो ।

    यसबीच, नेतान्याहु सरकारलाई गाजामा रहेका इजरायली बन्धकहरूको रिहाइको साटो युद्ध अन्त्य गर्न दबाब बढेको छ । बन्धक परिवारहरूको प्रमुख अभियान समूह होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमले शनिबार नेतान्याहुलाई बन्धक मुक्तिको ‘मुख्य बाधा’ भएको आरोप लगाएको छ ।

    सन् २०२३ अक्टोबरमा अपहरण गरिएका दुई सय ५१ मध्ये अझै ४७ जना गाजामा रहेका छन्, जसमा २५ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

    मिडल इस्ट इन्स्टिच्युटका वरिष्ठ फेलो ब्रायन काटुलिसले रुबियोले इजरायललाई युद्धविरामतर्फ धकेल्ने सम्भावना नगण्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “गाजामा युद्धविराम ल्याउनमा चिन्ताजनक निष्क्रियता देखिएको छ । प्रशासन आफ्नो आधार इभान्जेलिकल इसाईहरूलाई बढी सुन्दै गएको जस्तो देखिन्छ ।”

    जेरुसेलममा रुबियोले आइतबार प्रधानमन्त्री नेतान्याहुसँग भेटेर पश्चिमी पर्खाल भ्रमण गर्ने कार्यक्रम छ ।

    सन् २०२३ अक्टोबरमा हमासको इजरायलमाथिको आक्रमणबाट सुरु भएको युद्धमा आधिकारिक तथ्याङ्कअनुसार एक हजार दुई सय १९ जना मारिएका थिए, जसमा अधिकांश नागरिक थिए ।

    गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा हालसम्म कम्तीमा ६४ हजार आठ सय तीन जना मारिएका छन्, जसमा ठूलो सङ्ख्यामा नागरिक रहेका छन् ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.