• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

१० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

सुनको मूल्य बढ्योः चाँदीको घट्यो

एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

ह्यारी केनलाई ब्यालन डी’ओर

नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

सरकारले दशैं अगाडि नै कर्मचारीको तलब–भत्ता र सामाजिक सुरक्षा भत्ता दिने


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • काठमाडौं । नेपाल सरकारले दशैं अगाडि नै कर्मचारीको तलब–भत्ता र सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

    Advertisement

    अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले २०८२ भदौ २९ गते देखि नै सो भुक्तानी लागु गर्न लागिएको बताउनुभएको हो ।

    उता, राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

    अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।

    सरकारको भुक्तानी सुचारु भएसँगै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने सबै कर्मचारीले दशैं अगाडि नै तलब–भत्ता पाउने भएका छन् ।

    ‘सरकारले नियमित प्रक्रियाबाट दिनुपर्ने आवश्यक भुक्तानीहरू अब क्रमशस् गर्छ,’ उनले भने । अहिले चालु आर्थिक वर्षको दोस्रो महिना चलिरहेको छ । यसबेला पूँजीगत तर्फको खर्च धेरै नहुँदा चालु खर्च मात्र धेरै हुन्छ ।

    सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको समेत उनले जानकारी दिए । सरकारको अनिवार्य दायित्व अन्तर्गत तलव भत्ता र सामाजिक सुरक्षाको भुक्तानी समेत हुनेछ । अन्य दायित्वको हकमा भने सरकारले प्राथमिकताका आधारमा भुक्तानी गर्ने उनी बताउँछन् ।

    उपत्यका भित्रका आन्तरिक राजस्व विभाग, भन्सार विभाग र अन्य आन्तरिक कार्यालय समेत सुरक्षित रहँदा अर्थले आफ्नो कामलाई छिट्टै सुचारु गर्न सकेको हो ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ । यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द
    गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप
    एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी
    १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा
    सुनको मूल्य बढ्योः चाँदीको घट्यो
    एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      खराब मौसमका कारण श्रीलङ्काका सबै विद्यालय बन्द

    • २.
      गाजामा नरसंहार जारी रहेको राष्ट्रसङ्घीय आयोगको आरोप

    • ३.
      एसपी खड्काद्वारा रास्वपा सभापतिलाई कानुनी कारबाहीको चेतावनी

    • ४.
      १० जना प्रस्तावित राजदूत एग्रिमोको प्रतीक्षामा

    • ५.
      सुनको मूल्य बढ्योः चाँदीको घट्यो

    • ६.
      एआई विस्तारसँगै झाङ चीनको सबैभन्दा धनी व्यक्ति

    • ७.
      नेतान्याहुको भविष्यबारे निर्णय गर्दै इजरायली मतदाता

    • ८.
      ह्यारी केनलाई ब्यालन डी’ओर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.