• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

स्थानीय तहमा सक्दो छिटो सेवा दिने तयारी


  •   आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
  • दोधारा चाँदनी (कञ्चनपुर) । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा थुप्रै सरकारी कार्यालयमा तोडफोड र आगजनी भएपछि स्थानीय तहमा सेवा सञ्चालनबारे अन्योल छ । स्थानीय तहमा आगजनी र तोडफोड भएपछि सेवामा बाधा पुगेको छ ।

    Advertisement

    सरकारी कार्यालयका कम्प्युटरदेखि कागजात र फनिर्चर जलेर नष्ट भएपछि तत्काल सेवा प्रवाहमा समस्या देखिएको कृष्णपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

    “वडा कार्यालय र पालिकामा रहेका कम्प्युटरदेखि कागजात र फनिर्चर अधिकांश नष्ट भएका भएका छन्, केही शाखाको अलिकति मात्र बचेको छ”, उहाँले भन्नुभयो, “तत्काल सेवा दिन सकिने अवस्था छैन ।” उहाँले क्षतिको विवरण सङ्कलन र मुचुल्का उठाउने काम भइरहेको उल्लेख गर्दै सेवा प्रवाहमा अझै केही दिन लाग्ने बताउनुभयो । “अहिले सरसफाइमै बढी ध्यान दिएका छौँ, सक्दो छिटो सेवा दिने तयारीमा लागेका छौँ ।”

    कञ्चनपुरमा मात्र आन्दोलनकारीले ३० सरकारी कार्यालयमा आगजनी र तोडफोड गरेका छन् । केही कार्यालयमा सामान्य क्षति भएको छ भने कतिपय कार्यालय ध्वस्त भएका छन् । शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा नं १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का कार्यालयमा आगजानी र तोडफोड हुँदा पूर्ण रूपमा ध्वत भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले वडा कार्यालय पूर्ण क्षति भएका कारण तत्कालसेवा दिन कठिनाइ भइरहेको जानकारी दिनुभयो ।

    कञ्चनपुरमा सरकारी कार्यालयसँग नेताहरूका निजी घर, पार्टी कार्यालय र व्यावसायिक प्रतिष्ठानमा समेत आगजनी र तोडफोड भएपछि स्थानीय तहका कर्मचारी त्रसित छन् । दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले ढुक्क भएर सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

    “कार्यालयमा आगजनी र तोडफोड भएपछि कर्मचारी त्रसित बनेका छन्, सेवा प्रवाह गर्न तयारी गरिरहेका छौँ ।” आइतबारदेखि प्रशासनले निषेधाज्ञा कफ्र्यू हटाए पनि सेवा प्रवाह कसरी सञ्चालन गर्ने अन्योल छ । जिल्ला प्रशासन कार्यालयमा पनि आगजनी र तोडफोडका कारण सेवा प्रवाहमा समस्या भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले आगजनी र तोडफोडले विद्युत्, इन्टरनेट र नागरिकता प्रणालीमा क्षति पुगेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गेट, कञ्चनपुर कारागार, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र गुलरिया, सरकारी वकिल कार्यालय, शुक्लाफाँटा नगरपालिका कार्यालय र वडा नं १ देखि १२ सम्मका वडा कार्यालय, पुनर्वास र कृष्णपुर नगरपालिकाका कार्यालय र चार वडा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।

    त्यसैगरी, भीमदत्त नगरपालिका कार्यालय र बेलडाँडी गाउँपालिका कार्यालयमा तोडफोड र आगजनी गरी भौतिक संरचना, कागजपत्र, फर्निचर र अन्य सामग्रीमा नोक्सानी पुर्याइएको छ । तोडफोड र आगजनी हुँदा भौतिक संरचना, फर्निचर र सवारीसाधनमा ठूलो क्षति भएको छ । आन्दोलनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाली कांग्रेसका पार्टी कार्यालयमा समेत आगजनी र तोडफोड गरिएको छ ।

    त्यसैगरी, निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, पूर्वमन्त्री प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, उपप्रमुख निलम लेखक, पूर्वसांसद निरुदेवी पाल, प्रदेशसभा सदस्य मधु भारती, वेदकोट नगरपालिकाका प्रमुख भोजराज बोहरा, भीमदत्तका पूर्वनगरप्रमुख सुरेन्द्र विष्ट, जिसस प्रमुख दुर्गादत्त बोहरा, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझालगायतका घरमा आगजनी र तोडफोड गरिएको छ । प्रहरीका अनुसार होटल ओपेरा, सीएमजी क्यासिनो, विपीन पुस्तक पसल, रोयल सिलाइ सेन्टर र डायमन्ड क्यासिनोमा समेत तोडफोड, आगजनी र लुटपाट भएकोे छ ।

    आइतबार, भदौ २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.