• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल


  •   शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
  • काठमाडौँ । ‘जेनजी’ आन्दोलनका क्रममा देशभर भएको जनधनको  क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन् ।

    Advertisement

    नेपाल उद्योग वाणिज्य महासङ्घले आज विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडबाट अपूरणीय क्षति भएकामा दुःख व्यक्त गरेको छ । महासङ्घले निर्वाध पेसा–व्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा माग गर्दै निजी क्षेत्रले बजारमा उपयोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रहसमेत गरेको छ ।

    “उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन् । यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासङ्घ भत्र्सना गर्दछ । साथै महासङ्घ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छ”, विज्ञप्तिमा भनिएको छ, “उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौ रुपैयाँ बराबरको क्षति भएको छ । यसबारे महासङ्घले थप विवरण सङ्कलन गरिरहेको भएता पनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ ।”

    देशको समुन्नतिका लागि अन्यौल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासङ्घले जनाएको छ । उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने उहाँको भनाइ छ । “नवनिर्माण एवं पुनःनिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्वाध सञ्चालन गर्न आवश्यक शान्तिसुरक्षाको व्यवस्थाका लागि महासङ्घ आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ,“निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ ।”

    निषेधाज्ञा एवं कर्फ्यूका समयमा अत्यावश्क सेवा तथा पेसाकर्मीको आवतजावत एवं औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि महासङ्घले आग्रह गरेको छ । यसैगरी, गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका उद्यमी व्यवसायीलाई अपिल गरिएको छ । अत्यावश्यक सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई पुनः सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि महासङ्घले आग्रह गरेको छ ।

    यस्तै, नेपाल चेम्बर अफ कमर्सले बिहीबार प्रेस विज्ञप्तिमार्फत आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको जनाउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ । भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयलाई सबै सरोकार भएकाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले अवश्यकता औँल्याएको छ ।

    “आन्दोलनका क्रममा भएको जनधनको क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्ने आवश्यकता छ”, विज्ञप्तिम उल्लेख छ,“आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकार भएका पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न हामी आह्वान गर्दछौँ । साथै, मुलुकको समग्र विकासमा सबै पक्षको सक्रिय सहभागिता पनि अपरिहार्य छ ।”

    यस्तै, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसमेत गम्भीर रूपमा प्रभावित भएको जनाएको छ । यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा सङ्कट ल्याएको र नागरिक असाधारण कठिनाइमा परेको पनि महासङ्घले जनाएको छ । यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने मागसमेत गरिएको छ ।

    शुक्रबार, भदौ २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.